Trending
Prev Story
Next Story

‘आवारा पागल दीवाना २’ बन्ने पक्का, सुनील शेट्टीले गरे खुलासा

Onlinekhabar •
November 13, 2026 • 08:31 AM
1
1 reads 0 reactions

सन् २००२ मा प्रदर्शनमा आएको बलिउड फिल्म ‘आवारा पागल दीवाना’ को दोस्रो भाग बन्ने भएको छ । फिल्मको सिक्वेलको प्रतीक्षामा रहेका दर्शकका लागि अभिनेता सुनील शेट्टीले खुसीको खबर दिएका छन् । फिल्मको काम अघि बढिरहेको …

‘आवारा पागल दीवाना २’ बन्ने पक्का, सुनील शेट्टीले गरे खुलासा

सन् २००२ मा प्रदर्शनमा आएको बलिउड फिल्म ‘आवारा पागल दीवाना’ को दोस्रो भाग बन्ने भएको छ । फिल्मको सिक्वेलको प्रतीक्षामा रहेका दर्शकका लागि अभिनेता सुनील शेट्टीले खुसीको खबर दिएका छन् । फिल्मको काम अघि बढिरहेको र छायांकन पनि चाँडै सुरु हुने जानकारी उनले दिएका छन् ।

सुनील शेट्टीले हालै ‘बलिउड हंगामा’ सँगको कुराकानीमा फिल्मको दोस्रो भागबारे जानकारी दिएका हुन् । उनले भनेका छन्, ‘फिल्मको सिक्वेल बन्न लागेको छ । यसबारे काम भइरहेको छ ।’

कुराकानीका क्रममा उनलाई फिल्मको छायांकन आगामी वर्ष सुरु हुन सक्छ कि भनेर प्रश्न गरिएको थियो । जवाफमा उनले त्यसो हुन सक्ने जवाफ दिएका छन् ।

आफ्ना पछिल्ला कामबाट खुसी छन् सुनील

यसै कुराकानीमा सुनीलले सन् २०२६ मा आफूले गरेका कामबारे पनि चर्चा गरेका छन् । उनले फिल्म ‘बोर्डर २’ मा पनि काम गरेको बताए । उक्त फिल्ममा आफू एउटा दृश्यमा मात्र देखिए पनि त्यसलाई सफलताका रूपमा लिएको उनको भनाइ छ ।

‘म त्यसमा एउटा दृश्यमा मात्र थिएँ’ उनले भने, ‘तर, यसलाई म सफलता मान्छु । किनकि अन्ततः यो हाम्रो फ्रेन्चाइज बनेको छ । अहिले काम अघि बढिरहेको तरिकाबाट म निकै खुसी छु ।’

त्यस्तै, उनले ‘इन्डियाज सुपर फाउन्डर्स’ को पहिलो सिजन सफल भएकोमा पनि खुसी व्यक्त गरेका छन् ।

दर्शकले रुचाएका थिए ‘आवारा पागल दीवाना’

सन् २००२ मा प्रदर्शनमा आएको ‘आवारा पागल दीवाना’ को निर्माण फिरोज नाडियाडवालाले गरेका थिए । एक्सन र कमेडीको मिश्रण रहेको यो फिल्ममा सुनील शेट्टीसँगै अक्षय कुमार, आफताब शिवदासानी, परेश रावल, अमृता अरोरा, आरती छाबडिया, प्रीति झंगियानी, सुप्रिया पिलगाउँकर, ओम पुरी, जोनी लिभर र राहुल देवले अभिनय गरेका थिए ।

चर्चित कलाकारहरूको जमघट रहेको फिल्ममा दर्शकले भरपूर कमेडी र एक्सन हेर्न पाएका थिए । प्रदर्शनको २४ वर्षपछि यसको दोस्रो भाग बन्न लागेको हो ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 1 other independent news outlet reported on this story.

1 Publication
Hamro Patro News
3d ago
पार्टी एकताको जिम्मेवारी गगन र विश्वप्रकाशकै काँधमा छ : डा. सुनील शर्मा

पार्टी एकताको जिम्मेवारी गगन र विश्वप्रकाशकै काँधमा छ : डा. सुनील शर्मा

झापा। नेपाली कांग्रेसका नेता डा. सुनील शर्माले पार्टीभित्र देखिएको मतभेद अन्त्य गरी एकताबद्ध भएर अघि बढ्न पार्टी सभापति गगन थापा र वरिष्ठ उपसभापति विश्वप्रकाश शर्मालाई आग्रह गरेका छन्। मंगलबार झाप...

#सुनील
Compare →

Related Stories

World News
Build #2611