Trending
Prev Story
Next Story

कुकुर तिहारको अवसरमा नेपाल पर्यटन बोर्डको ‘रिल प्रतियोगिता’, विजेताले १ लाख पाउने

Ekantipur •
November 04, 2026 • 07:01 AM
1
1 reads 0 reactions

मानिस र कुकुरबीचको सम्बन्ध, भक्ति र स्नेहलाई प्रवर्द्धन गर्ने उद्देश्यका साथ बोर्डले यस प्रतियोगिताको आयोजना गरेको हो ।

कुकुर तिहारको अवसरमा नेपाल पर्यटन बोर्डको ‘रिल प्रतियोगिता’, विजेताले १ लाख पाउने

मानिस र कुकुरबीचको सम्बन्ध, भक्ति र स्नेहलाई प्रवर्द्धन गर्ने उद्देश्यका साथ बोर्डले यस प्रतियोगिताको आयोजना गरेको हो ।

काठमाडौँ — नेपाल पर्यटन बोर्डले कुकुर तिहारको अवसर पारेर विशेष ‘रिल प्रतियोगिता’को घोषणा गरेको छ । मानिस र कुकुरबीचको सम्बन्ध, भक्ति र स्नेहलाई प्रवर्द्धन गर्ने उद्देश्यका साथ बोर्डले यस प्रतियोगिताको आयोजना गरेको हो ।

‘सम्बन्धको उत्सव मनाऔं, खुसी बाँडौं र रु १,००,००० जितौं’ भन्ने नाराका साथ सुरु भएको यस प्रतियोगितामा सहभागीहरूले आफ्ना चारखुट्टे साथीहरूसँगको अगाध माया, वफादारी र सहकार्यलाई सिर्जनात्मक ढङ्गले भिडियोमार्फत् प्रस्तुत गर्नुपर्नेछ ।

परम्परागत टीका, सयपत्रीको मालादेखि कुकुरहरूसँग बिताइने दैनिक जीवनका सुन्दर पलहरूलाई समेटेर सिर्जनात्मक कथा वा भिडियो तयार पारी प्रतियोगितामा सहभागी हुन सकिनेछ ।

रिल भिडियो अङ्ग्रेजी भाषामा हुनुपर्नेछ बताइएको छ ।

सहभागीहरूको भिडियो पूर्ण रूपमा मौलिक र कुकुर तिहारको भावनालाई सिर्जनात्मक रूपमा प्रस्तुत गरेको हुनुपर्ने नियम छ ।

‘सहभागीहरूले तोकिएको ह्यासट्याग र नेपाल पर्यटन बोर्डको आधिकारिक पेजलाई ट्याग गरी आफ्नै सामाजिक सञ्जालमा भिडियो सार्वजनिक गर्नुपर्नेछ,’ बोर्डले जारी गरेको सूचनामा उल्लेख छ ।

भिडियो नोभेम्बर २१ सम्म पठाउनुपर्ने उल्लेख गरिएको छ ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 1 other independent news outlet reported on this story.

1 Publication
Hamro Patro News
15h ago
संस्कृतिको प्रतीक छठ

संस्कृतिको प्रतीक छठ

तिहार सकिएको केही दिनपछि मनाइने छठ श्रद्धा, भक्ति र उत्साहका साथ मनाइन्छ । तराईमा छठको विशेष धार्मिक तथा सांस्कृतिक महत्व रहेको छ । अचेल पहाडतिर पनि छठ मनाउने गरिएको पाइन्छ । छठमा मुख्यतः सूर्यदेवत...

#साथ #भक्ति
Compare →

Related Stories

National (Nepal)
Build #2611