Trending
Prev Story
Next Story

सल्यानमा सामुदायिक वनबाट पाँच थान भरुवा बन्दुक बरामद

Ekantipur •
November 04, 2026 • 07:01 AM
1
1 reads 0 reactions

बन्गाड कुपिण्डे–७ स्थित सिम्तीगैरा सामुदायिक वनमा सूचनाका आधारमा गरिएको खोजीमा पाँच थान बन्दुक भेटिएका हुन्।

सल्यानमा सामुदायिक वनबाट पाँच थान भरुवा बन्दुक बरामद

बन्गाड कुपिण्डे–७ स्थित सिम्तीगैरा सामुदायिक वनमा सूचनाका आधारमा गरिएको खोजीमा पाँच थान बन्दुक भेटिएका हुन्।

सल्यान — सल्यानमा सामुदायिक वनमा लुकाएर राखेका पाँच थान भरुवा बन्दुक प्रहरीले बरामद गरेको छ । बन्गाड कुपिण्डे नगरपालिका-७ लेकसंग्रही स्थित सिम्तीगैरा सामुदायिक वनमा बेवारिसे अवस्थामा रहेको भरुवा बन्दुक बरामद गरेको हो ।

जिल्ला प्रहरी कार्यालय सल्यानका सूचना अधिकारी प्रहरी निरीक्षक ईश्वरी रोकायका अनुसार सूचनाको आधारमा सिम्ती गैरा सामुदायिक वनमा पाँच थान भरुवा बन्दुक बरामद गरेको हो ।

नियन्त्रणमा लिएको भरुवा बन्दुक इप्रका देवस्थलमा राखिएको उनले जानकारी गराए । जंगली जनावर चोरीसिकार गर्नेले भरुवा बन्दुक जंगलमा लुकाई राखेको हुनसक्ने उनको भनाइ छ । विगतमा पनि पटक पटक गरी सामुदायिक वनमा लुकाई राखेको भरुवा बन्दुक बरामद हुँदै आएको उनले बताए ।

विप्लव महर्जन कान्तिपुरका सल्यान संवाददाता हुन् ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 1 other independent news outlet reported on this story.

1 Publication
Hamro Patro News
1d ago
बेवारिसे अवस्थामा भरुवा बन्दुक र छर्रा बरामद

बेवारिसे अवस्थामा भरुवा बन्दुक र छर्रा बरामद

भोजपुर । भोजपुरको आमचोक गाउँपालिका–९ बोखिमटरस्थित दूधकोशी सामुदायिक वनमा बेवारिसे अवस्थामा भरुवा बन्दुक र छर्रा फेला परेका छन्। जिल्ला प्रहरी कार्यालय भोजपुरद्वारा जारी प्रेस विज्ञप्तिअनुसार बुधबा...

#बन्दुक #भरुवा #बरामद
Compare →

Related Stories

World News
Build #2611