गुल्मीको भाडगाउँमा ३७ वर्षीया महिला भीरमा अड्किएको अवस्थामा मृत फेला परेकी छन् । बुधबार बिहान भीरमा अड्किएको अवस्थामा मृत फेला परेकी हुन् ।
गुल्मी — गुल्मीको भाडगाउँमा ३७ वर्षीया महिला भीरमा अड्किएको अवस्थामा मृत फेला परेकी छन् । बुधबार बिहान भीरमा अड्किएको अवस्थामा मृत फेला परेकी हुन् ।
जिल्लाको रेसुंगा नगरपालिका-३ मा धुर्कोट गाउँपालिका-६ घर भई हाल तम्घास बस्दै आएकी तारा बस्नेत मृत फेला परेको जिल्ला प्रहरी कार्यालय गुल्मीका सुचना अधिकारी प्रहरी नायब उपरीक्षक वीरेन्द्रवीर विश्वकर्माले जानकारी दिए । उनको शवको अवस्था हेर्दा सडकबाट खसेर भीरमा अड्किएको देखिन्छ ।
घटनास्थलमा नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनाको टोली खटिएको छ । उनको शव निकालेपछि शव पोष्टमार्टमका लागि ल्याइनेछ ।