Trending
Prev Story
Next Story

अमेरिकाका दुबै सदनमा डेमोक्रेटिक पार्टीको बहुमत आउने प्रक्षेपण

Ekantipur •
November 04, 2026 • 07:01 AM
1
1 reads 0 reactions

मंगलबार सम्पन्न यस निर्वाचनमा महँगी, इरान युद्ध र सरकारी भ्रष्टाचारप्रति मतदाताहरूले देखाएको गहिरो असन्तुष्टि प्रष्ट रूपमा झल्किएको छ

अमेरिकाका दुबै सदनमा डेमोक्रेटिक पार्टीको बहुमत आउने प्रक्षेपण

मंगलबार सम्पन्न यस निर्वाचनमा महँगी, इरान युद्ध र सरकारी भ्रष्टाचारप्रति मतदाताहरूले देखाएको गहिरो असन्तुष्टि प्रष्ट रूपमा झल्किएको छ

काठमाडौँ — अमेरिकामा सम्पन्न मध्यावधि निर्वाचनमा डेमोक्र्याट पार्टीले ठूलो सफलता हासिल गरेको छ। मतगणना जारी रहदाँ डेमोक्रेटिक पार्टीले तल्लो सदन (हाउस अफ रिप्रेजेन्टेटिभ्स) र माथिल्लो सदन (सिनेट) दुबैमा बहुमत ल्याउने प्रक्षेपण अमेरिकी सञ्चारमाध्यमहरुले गरेका छन् ।

बहुमत स्थानमा रिपब्लिकन उम्मेदवारको दाँजोमा डेमोक्रेटहरुले ठूलो मतान्तरले अग्रता लिइरहेका छन् ।

मंगलबार सम्पन्न यस निर्वाचनमा महँगी, इरान युद्ध र सरकारी भ्रष्टाचारप्रति मतदाताहरूले देखाएको गहिरो असन्तुष्टि प्रष्ट रूपमा झल्किएको छ।

दुई वर्षअघि मात्रै राष्ट्रपति डोनल्ड ट्रम्पले भारी मतान्तरले जितेका राज्यहरू (टेक्सासदेखि आयोवा र न्यु ह्याम्पशायरसम्म) मा यसपटक डेमोक्र्याटहरूले रिपब्लिकनहरूलाई पराजित गरेका छन्।

निर्वाचनमा कडा प्रतिस्पर्धा गर्न माहिर मानिने मेन  राज्यकी रिपब्लिकन सेनेटर सुसान कोलिन्ससमेत डेमोक्र्याट उम्मेदवार ट्रोय ज्याक्सनसँग पराजित भएकी छिन्।

गत महिनाभर आफ्नो पक्षमा जनमत तयार पार्न राष्ट्रपति ट्रम्पले देशैभर र्‍यालीहरू निकालेका थिए । तर, पनि उनी यो चुनावी हारलाई रोक्न पूर्ण रूपमा असफल भए । देशैभरबाट आएका यी परिणामहरू ट्रम्पका लागि एक ठूलो राजनीतिक धक्का साबित भएका छन्।

संसद्‍मा बहुमत गुम्दा उनलाई आफ्ना नीतिहरु पारित गर्न कठिन हुनेछ । ट्रम्पले हार स्विकार्दै डेमोक्रेटिक सांसद्‍हरुसँग सहकार्य गरेर अघि बढ्ने बताएका छन् ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 3 other independent news outlets reported on this story.

3 Publications
Hamro Patro News
1d ago
अमेरिकाको मिसिसिपीबाट पहिलो अश्वेत सिनेटर निर्वाचित, ७९ वर्षपछि डेमोक्रेटिक पार्टीको पुनरागमन

अमेरिकाको मिसिसिपीबाट पहिलो अश्वेत सिनेटर निर्वाचित, ७९ वर्षपछि डेमोक्रेटिक पार्टीको पुनरागमन

अमेरिकाको मिसिसिपी राज्यबाट डेमोक्रेटिक उम्मेदवार स्कट कोलोम अमेरिकी सिनेटर निर्वाचित भएका छन् । उनी रिपब्लिकन सिनेटर सिन्डी हाइड–स्मिथलाई पराजित गर्दै अमेरिकी गृहयुद्धपछिको पुनर्निर्माणकालयता राज्...

#अमेरिका #डेमोक्रेटिक #पार्टीको
Compare →
Bizshala
4d ago
दुवै सदन गुमेपछि ट्रम्पको स्वीकारोक्ति ‘आप्रवासी निकाल्ने कडाइले मलाई घाटा भयो’

दुवै सदन गुमेपछि ट्रम्पको स्वीकारोक्ति ‘आप्रवासी निकाल्ने कडाइले मलाई घाटा भयो’

काठमाण्डौ । अमेरिकी संसद्का दुवै सदनमा रिपब्लिकन पार्टीले नियन्त्रण गुमाएपछि राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्नो...

#सदन
Compare →
Arthasansar
1d ago
मिसिसिपीमा डेमोक्रेटिक पार्टीको ऐतिहासिक जित, १४० वर्षपछि अश्वेत नेता विजयी

मिसिसिपीमा डेमोक्रेटिक पार्टीको ऐतिहासिक जित, १४० वर्षपछि अश्वेत नेता विजयी

अमेरिकी राज्य मिसिसिपीमा भएको सिनेट निर्वाचनमा डेमोक्रेटिक पार्टीका स्कट कोलोम विजयी भएका छन् । दशकौँदेखि रिपब्लिकन पार्टीको बलियो पकड रहेको यस...

#डेमोक्रेटिक #पार्टीको
Compare →

Related Stories

World News
Build #2611