भक्तपुर । नेवार समुदायमा दाजुभाइ तथा दिदीबहिनीबिचको प्रेम, सद्भाव र आत्मीयताको प्रतीकका रूपमा मनाइने किजापूजा (भाइटीका) मंगलबार भक्तपुरलगायत नेवार समुदायको बसोबास रहेका विभिन्न स्थानमा हर्षोल्लासका साथ मनाइएको छ ।
स्वन्ति नखाःअन्तर्गत लक्ष्मीपूजा, म्हःपूजा र किजापूजा क्रमशः कात्तिक २२, २३ र २४ गते मनाउने निर्णयअनुसार मंगलबार किजापूजा मनाइएको हो । तिथिका विषयमा विभिन्न पात्रोमा फरक–फरक मिति सार्वजनिक भएपछि भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिको अध्यक्षतामा तलेजुका पुजारी, ज्योतिष, कर्माचार्य, नवदुर्गा देवगण तथा जात्रा व्यवस्थापन समितिका पदाधिकारीलगायत सरोकारवालाको बैठकले पर्व मनाउने मिति निर्धारण गरेको थियो ।
Read full story at source ( ratopati.com )