Trending
Prev Story
Next Story

महेश भन्छन्- भक्तपुर नदेखेकाले घण्टी बजाएर जिते, बालेन दोस्रो लेन्डुप दोर्जे हुन्

Nagarik News •
November 09, 2026 • 02:02 PM
1
1 reads 0 reactions

नेकपा एमालेका सचिव महेश बस्नेतले प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) र भक्तपुर-२ बाट निर्वाचित राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद राजिव खत्रीमाथि राजनीतिक प्रहार गरेका छन्।

महेश भन्छन्- भक्तपुर नदेखेकाले घण्टी बजाएर जिते, बालेन दोस्रो लेन्डुप दोर्जे हुन्

नेकपा एमालेका सचिव महेश बस्नेतले प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) र भक्तपुर-२ बाट निर्वाचित राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद राजिव खत्रीमाथि राजनीतिक प्रहार गरेका छन्।

उनले प्रधानमन्त्री बालेनलाई ‘लेन्डुप दोर्जेको पार्ट-२’ को भने। साथै, सांसद खत्रीले कहिल्यै भक्तपुर नटेकेको आरोप लगाए।

तिहार, नेपाल संवत् ११४७ न्हूदँ तथा छठ पर्वको अवसरमा एमाले भक्तपुर जिल्ला कमिटीद्वारा आयोजित शुभकामना आदानप्रदान तथा तुच्चा कार्यक्रमलाई सम्बोधन गर्दै सचिव बस्नेतले यस्तो अभिव्यक्ति दिएका हुन्।

भक्तपुर-२ मा आफूलाई पराजित गरेका रास्वपा सांसद राजिव खत्रीप्रति लक्षित गर्दै बस्नेतले भने, ‘कहिले भक्तपुर नटेकेको, कहिले भक्तपुर नदेखेको, भक्तपुरको कतै ठाउँ थाहा नभएको, घण्टी बजाउँदै जितेको एउटा लाउकेले चुनाव जितेर गयो।’

आफूहरूले बनाएको सडकको भत्किएको पिच टाल्ने हैसियतसमेत नभएको र ३०० मिटर पुल वा सामान्य कामका लागि १ लाख रुपैयाँ बजेट ल्याउन नसक्ने व्यक्ति सांसद बनेको आरोप उनले लगाए।

सांसद खत्रीका कारण भक्तपुरवासीको प्रतिष्ठा र बजेट घटेको दाबी गर्दै बस्नेतले भने, ‘हिजो करोडौं बजेट माग्ने भक्तपुरवासीको आज १० लाख बजेट माग्ने हैसियत छैन। यस्ता नक्कली स्याल र भेडाको छाला ओढेका ब्वाँसाहरूको पर्दाफास गर्नैपर्छ।’

त्यसैगरी प्रधानमन्त्री बालेनप्रति आक्रोश पोख्दै बस्नेतले देशको राष्ट्रियता संकटमा परेको दाबी गरे। ‘लेन्डुप दोर्जेको पार्ट-२ का रूपमा आएका बालेनहरूले जसरी सिक्किमलाई भारतको अंग बनाए, त्यसैगरी नेपाललाई कुनै देशको अंग बनाउने हुन् कि भन्ने चिन्ता लाग्न थालेको छ,’ उनले भने, ‘कतै देश नै ध्वस्त हुने र हामी नेपाली नागरिक हौं भन्न नसक्ने अवस्था आउने हो कि भन्ने संशय पैदा भएको छ।’

नेपाली जनताले खोजेको विकास र समृद्धिको वास्तविक संवाहक नेकपा एमाले र पार्टी अध्यक्ष केपी शर्मा ओली मात्र भएको दाबी गर्दै उनले एक वर्षयता जनताले भोगेको दुःखको समीक्षा सुरु भइसकेको बताए।

राष्ट्रिय विभूति शंखधर साख्वाको कसम खाँदै बस्नेतले अध्यक्ष ओलीको नेतृत्वमा एमालेले राष्ट्रियताको रक्षा र समृद्धिको अभियानलाई दृढताका साथ अगाडि बढाउने प्रतिबद्धता जनाए।

प्रकाशित: २३ कार्तिक २०८३ १९:४७ सोमबार

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 4 other independent news outlets reported on this story.

4 Publications
Hamro Patro News
10h ago
बालेन सरकार पाँच वर्ष चल्छ, रास्वपा कुनै हालतमा फुट्दैन : सांसद जोशी

बालेन सरकार पाँच वर्ष चल्छ, रास्वपा कुनै हालतमा फुट्दैन : सांसद जोशी

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद एवं नेता जगतप्रसाद जोशीले वर्तमान बालेन नेतृत्वको सरकार पूरा पाँच वर्ष चल्ने दाबी गरेका छन् । रिपोर्टर्स क्लब नेपालद्वारा आयोजित साक्षात्कार...

#बालेन-शाह #सांसद #बालेन
Compare →
Onlinekhabar
3d ago
नेपाल संवतलाई नेपाली नोटमा अंकित गर्ने सरकारको प्रतिबद्धता स्वागतयोग्य : सांसद रञ्जित

नेपाल संवतलाई नेपाली नोटमा अंकित गर्ने सरकारको प्रतिबद्धता स्वागतयोग्य : सांसद रञ्जित

२४ कात्तिक, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का भक्तपुर क्षेत्र नम्बर १ का सांसद रुकेश रञ्जितले नेपाल संवतलाई नेपाली नोटमा समेत अङ्कित गर्ने सरकारको प्रतिबद्धता स्वागतयोग्य रहेको बताएका छन् । मंगलबार भक्तपुरमा राष्ट्रिय विभूति शङ्खधर …

#भक्तपुर #सांसद
Compare →
Arthasansar
2d ago
भाइटीकाले दाजुभाइ-दिदीबहिनीबीचको आत्मीयता प्रगाढ बनाउँछ - प्रधानमन्त्री बालेन

भाइटीकाले दाजुभाइ-दिदीबहिनीबीचको आत्मीयता प्रगाढ बनाउँछ - प्रधानमन्त्री बालेन

प्रधानमन्त्री वालेन्द्र शाहले भाइटीकाले दाजुभाइ तथा दिदीबहिनीबीचको प्रेम, विश्वास, आपसी सम्मान र आत्मीयतालाई अझ प्रगाढ बनाउन प्रेरणा दिने बताएका छन्...

#बालेन-शाह #बालेन
Compare →
Ekantipur
3d ago
प्रधानमन्त्री बालेन शाहद्वारा नेपाल संवत् ११४७ र म्हः पूजाको शुभकामना

प्रधानमन्त्री बालेन शाहद्वारा नेपाल संवत् ११४७ र म्हः पूजाको शुभकामना

सामाजिक सञ्जालमार्फत शुभकामना सन्देश जारी गर्दै उनले राष्ट्रिय विभूति शङ्खधर साख्वाःले देशभरका जनतालाई ऋणमुक्त गराएर सुरु गरेको नेपाल संवत् नेपालको मौलिक समयचक्र र पहिचान भएको उल्लेख गरेका छन्।

#बालेन-शाह #बालेन
Compare →

Related Stories

Politics & Governance
Build #2611