Trending
Prev Story
Next Story

युरोपका अधिकांश देशका सुपरमार्केटमा साइबर आक्रमण, फ्रिजका खानेकुरा कुहिए

Ekantipur •
November 04, 2026 • 07:01 AM
1
1 reads 0 reactions

गत महिना फ्रान्समा यस्तै किसिमको आक्रमण भएको थियो । जसमा सयौँ सुपरमार्केटका कुलिङ युनिटहरू ह्याकरले नियन्त्रणमा लिँदा आगलागी र खाद्यान्नको क्षति भएको थियो

युरोपका अधिकांश देशका सुपरमार्केटमा साइबर आक्रमण, फ्रिजका खानेकुरा कुहिए

गत महिना फ्रान्समा यस्तै किसिमको आक्रमण भएको थियो । जसमा सयौँ सुपरमार्केटका कुलिङ युनिटहरू ह्याकरले नियन्त्रणमा लिँदा आगलागी र खाद्यान्नको क्षति भएको थियो

स्टकहोम — युरोपेली सुपरमार्केटहरूमा लक्षित गरेर सोमबार बिहान भएको एक नयाँ साइबर आक्रमणले स्विडेन, लक्जम्वर्ग,आयरल्यान्ड, बेल्जियमलगायत देशका पसलहरूलाई प्रभावित बनाएको छ ।

ह्याकरहरूले पसलहरूमा रहेका फ्रिज र फ्रिजरको तापक्रम अत्यधिक बढाएर लाखौँ रुपैयाँ बराबरको खाना नष्ट गर्न बाध्य पारेका छन् ।

स्टकहोमको एक स्टोरकी सेल्स म्यानेजर इन्ग्ला इन्ग्वालले भनिन्, ‘सबै कुरा नष्ट भयो । सोमबार बिहान २ बजेतिर भएको यो आक्रमणबाट हाम्रा फ्रिजरको तापक्रम ५० डिग्री सेल्सियससम्म पुग्यो ।’ यसले गर्दा स्टोरहरूले कुहिएका तथा बिग्रिएका खाद्यान्नहरू फ्याँक्नु परेको छ ।

गत महिना फ्रान्समा यस्तै किसिमको आक्रमण भएको थियो । जसमा सयौँ सुपरमार्केटका कुलिङ युनिटहरू ह्याकरले नियन्त्रणमा लिँदा आगलागी र खाद्यान्नको क्षति भएको थियो । यसपटकको घटनामा बेल्जियम र लक्जेम्बर्ग, स्विडेनका ठूला ग्रोसरी चेनहरू प्रभावित भएका छन् ।

यस आक्रमणको जिम्मेवारी हालसम्म कसैले लिएको छैन ।  रुस–युक्रेन युद्धपछिको सुरक्षा तनाव र हाइब्रिड खतराका कारण युरोपेली अधिकारीहरू चिन्तित बनेका छन् । बेल्जियमको साइबर सुरक्षा केन्द्रकी कात्रिएन एगर्सले एआईको प्रयोगमार्फत जुनसुकै आईटी प्रणाली पनि जोखिममा पर्न सक्ने चेतावनी दिएकी छन् ।

साइबर सुरक्षा अनुसन्धानकर्ता टम हेगेलले  खुद्रा व्यापार क्षेत्रलाई यस्तो आक्रमणको जोखिममा रहेको बताए । किनकि, रिफ्रिजरेसन कन्ट्रोलर र अन्य डिजिटल प्रणालीहरूको विशाल नेटवर्क यस्तो व्यापार क्षेत्रमा हुन्छ  ।

युरोपेली संघका कृषि आयुक्त क्रिस्टोफ हानसेनले यसलाई खाद्य आपूर्ति शृखंला ध्वस्त पार्ने गम्भीर प्रयास भन्दै कडा चेतावनी दिएका छन् ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 4 other independent news outlets reported on this story.

4 Publications
Nagarik News
3d ago
फ्रान्सका ७०० सुपरमार्केटको फ्रिजमा साइबर आक्रमण, इरानमाथि आरोप

फ्रान्सका ७०० सुपरमार्केटको फ्रिजमा साइबर आक्रमण, इरानमाथि आरोप

आक्रमणमा इरानको इस्लामिक रिभोलुसनरी गार्ड कोरसँग आबद्ध ‘शाहिद काभेह’ नामक साइबर समूह संलग्न रहेको फ्रान्सको राष्ट्रिय साइबर सुरक्षा निकायले निष्कर्ष निकालेको हो।

#आक्रमण #सुपरमार्केट #साइबर
Compare →
Hamro Patro News
3d ago
सुपरमार्केट फ्रिजहरूमा इरानले साइबर आक्रमण गरेको फ्रान्सको आरोप

सुपरमार्केट फ्रिजहरूमा इरानले साइबर आक्रमण गरेको फ्रान्सको आरोप

सुपरमार्केट फ्रिजहरूमा इरानले साइबर आक्रमण गरेको फ्रान्सको आरोप आक्रमणकारीहरूले साइबर आकरमणमार्फत रेफ्रिजरेटरको तापक्रम अत्यधिक बढाउँदा कम्तीमा १५ ठाउँमा आगलागी भएको थियो भने करोडौँ युरो बराबरको म...

#आक्रमण #सुपरमार्केट #साइबर
Compare →
Onlinekhabar
3d ago
फ्रान्सको आरोप- इरानले सुपरमार्केटका फ्रिज र फ्रिजर ह्याक गर्‍यो

फ्रान्सको आरोप- इरानले सुपरमार्केटका फ्रिज र फ्रिजर ह्याक गर्‍यो

२४ कात्तिक, काठमाडौं । फ्रान्सले साइबर आक्रमणका लागि इरानलाई कडा कारबाही गर्ने र प्रतिबन्ध लगाउने चेतावनी दिएको छ। फ्रान्सका विदेशमन्त्री जिन-नोएल ब्यारोले इरानी सेनाको एक साइबर युनिटले गत अक्टोबरमा देशका ७०० सुपरमार्केटलाई निसाना बनाएको आरोप …

#सुपरमार्केट #साइबर #फ्रान्स
Compare →
Arthasansar
14h ago
इरानमाथि फेरि आक्रमण गर्न पछि नहट्ने ट्रम्पको चेतावनी

इरानमाथि फेरि आक्रमण गर्न पछि नहट्ने ट्रम्पको चेतावनी

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानको अवस्था आफूले अपेक्षा गरेअनुसार अघि नबढे पुनः सैन्य कारबाही गर्न नहिचकिचाउने चेतावनी दिएका छन् ।...

#आक्रमण
Compare →

Related Stories

World News
Build #2611