Trending
Prev Story
Next Story

परराष्ट्रमन्त्री शिशिर खनालसँग भारतीय विदेश सचिव मिस्रीकाे भेटवार्ता

Ekantipur •
November 04, 2026 • 07:01 AM
1
1 reads 0 reactions

भेटमा नेपाल–भारत सम्बन्ध र दुई देशबीचको बहुआयामिक साझेदारीलाई थप सुदृढ बनाउने विषयमा छलफल भएको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

परराष्ट्रमन्त्री शिशिर खनालसँग भारतीय विदेश सचिव मिस्रीकाे भेटवार्ता

भेटमा नेपाल–भारत सम्बन्ध र दुई देशबीचको बहुआयामिक साझेदारीलाई थप सुदृढ बनाउने विषयमा छलफल भएको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

काठमाडौँ — भारतीय विदेश सचिव विक्रम मिस्रीले बुधबार परराष्ट्रमन्त्री शिशिर खनालसँग भेटवार्ता गरेका छन् । दुईदिने नेपाल भ्रमणका क्रममा काठमाडौं आएका मिस्रीले परराष्ट्र मन्त्रालयमा पुगेर मन्त्री खनालसँग शिष्टाचार भेट गरेका हुन् ।

भेटमा नेपाल–भारत सम्बन्ध र दुई देशबीचको बहुआयामिक साझेदारीलाई थप सुदृढ बनाउने विषयमा छलफल भएको परराष्ट्र मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार दुई देशबीच लामो समयदेखि कायम मित्रवत् सम्बन्धलाई थप प्रगाढ बनाउने विषयमा पनि कुराकानी भएको थियो ।

आफ्ना नेपाली समकक्षी अमृतबहादुर राईको निमन्त्रणामा बुधबार बिहान काठमाडौं आइपुगेका मिस्रीले बिहीबार राईसँग प्रतिनिधिमण्डलस्तरीय वार्ता गर्ने कार्यक्रम छ । वार्तामा नेपाल–भारत सम्बन्धका समग्र पक्षको समीक्षा हुनुका साथै आपसी हितका क्षेत्रीय तथा अन्तर्राष्ट्रिय विषयमा विचार आदानप्रदान हुनेछ ।

मिस्रीको भ्रमणलाई प्रधानमन्त्री बालेन्द्र शाहको यसै महिनाको अन्त्यतिर हुन सक्ने भारत भ्रमणको तयारीका दृष्टिले पनि महत्त्वपूर्ण मानिएको छ । भ्रमणका क्रममा दुई देशबीचको सहकार्य विस्तारका विषयसँगै प्रधानमन्त्रीको भारत भ्रमणको तयारीबारे पनि छलफल हुने अपेक्षा गरिएको छ ।

अनिल गिरी काठमाडौं पाेस्टका संवाददाता हुन् । उनी परराष्ट्र मामिलामा रिपोर्टिङ/टिप्पणी लेख्छन् ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 3 other independent news outlets reported on this story.

3 Publications
Nagarik News
1d ago
परराष्ट्रमन्त्री खनालले संयुक्त राष्ट्रसंघका महासचिव गुटेरेसबीच भेटवार्ता

परराष्ट्रमन्त्री खनालले संयुक्त राष्ट्रसंघका महासचिव गुटेरेसबीच भेटवार्ता

टर्कीएको अन्ताल्यामा जारी संयुक्त राष्ट्रसंघीय जलवायु परिवर्तनसम्बन्धी पक्ष राष्ट्रहरूको ३१औँ सम्मेलन (कोप–३१) का क्रममा मन्त्री खनाल र महासचिव गुटेरेसबीच द्विपक्षीय भेटवार्ता भएको हो।

#परराष्ट्रमन्त्री #खनाल #सचिव
Compare →
Hamro Patro News
1d ago
संयुक्त राष्ट्रसङ्घका महासचिव गुटेरेससँग परराष्ट्रमन्त्री खनालको भेटवार्ता

संयुक्त राष्ट्रसङ्घका महासचिव गुटेरेससँग परराष्ट्रमन्त्री खनालको भेटवार्ता

टर्की । परराष्ट्रमन्त्री शिशिर खनालले संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेससँग भेटवार्ता गरेका छन् । संयुक्त राष्ट्रसङ्घीय जलवायु परिवर्तनसम्बन्धी पक्ष राष्ट्रहरूको ३१औँ सम्मेलन (कोप–३१) ...

#परराष्ट्रमन्त्री #खनाल #सचिव
Compare →
Onlinekhabar
1d ago
संयुक्त राष्ट्रसंघका महासचिव र परराष्ट्रमन्त्रीबीच भेटवार्ता

संयुक्त राष्ट्रसंघका महासचिव र परराष्ट्रमन्त्रीबीच भेटवार्ता

२६ कात्तिक, काठमाडौं । परराष्ट्रमन्त्री शिशिर खनालले संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेससँग भेटवार्ता गरेका छन् । टर्कीए अन्ताल्यामा जारी संयुक्त राष्ट्रसंघीय जलवायु परिवर्तनसम्बन्धी पक्ष राष्ट्रहरूको ३१औँ सम्मेलन (कोप–३१) का अवसरमा उनीहरूबीच द्विपक्षीय भेटवार्ता भएको हो । भेटका …

#परराष्ट्रमन्त्री #सचिव #भेटवार्ता
Compare →

Related Stories

Politics & Governance
Build #2611