Trending
Prev Story
Next Story

भन्सार छली भित्र्याइएका दुईवटा चारपाङ्ग्रे सवारी बरामद

Ekantipur •
November 04, 2026 • 07:01 AM
1
1 reads 0 reactions

पर्साका ग्रामीण तथा बजार क्षेत्रमा अवैध रूपमा चलाइएका सवारीसाधन खोज्ने क्रममा प्रहरीले दुवै गाडी फेला पारेको हो।

भन्सार छली भित्र्याइएका दुईवटा चारपाङ्ग्रे सवारी बरामद

पर्साका ग्रामीण तथा बजार क्षेत्रमा अवैध रूपमा चलाइएका सवारीसाधन खोज्ने क्रममा प्रहरीले दुवै गाडी फेला पारेको हो।

पर्सा — अवैध रूपमा भन्सार छली नेपाल भित्र्याइएका दुईवटा चारपाङ्ग्रे सवारीसाधन प्रहरीले वीरगन्जबाट बरामद गरेको छ ।

जिल्ला प्रहरी कार्यालय पर्साका अनुसार लामो समयदेखि भन्सार प्रक्रिया पूरा नगरी नेपाल भित्र्याइएका सवारीसाधन पर्साको ग्रामीण तथा बजार क्षेत्रमा अनधिकृत रूपमा सञ्चालन भइरहेको विशेष सूचनाका आधारमा प्रहरीले खोजी अभियान चलाएको थियो ।

सोही क्रममा मंगलबार दिउँसो करिब अढाइ बजे वीरगन्ज महानगरपालिका–१६ इनर्वागाउँस्थित सडकखण्डमा बेवारिसे अवस्थामा राखिएका भारतीय नम्बर प्लेटका बोलेरो गाडी र मारुती सुजुकी कार फेला परेका थिए ।

प्रहरीले ती सवारीसाधनमाथि हकदाबी गर्न सम्बन्धित व्यक्तिको खोजतलास गरे पनि कोही सम्पर्कमा नआएपछि दुवै सवारीसाधन नियन्त्रणमा लिएको जनाएको छ ।

बरामद दुवै सवारीसाधनको अनुमानित मूल्य २२ लाख रुपैयाँ कायम गरिएको छ । थप अनुसन्धान तथा आवश्यक कारबाहीका लागि प्रहरीले दुवै सवारीसाधन वीरगन्ज भन्सार कार्यालयमा बुझाएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता प्रहरी नायब उपरीक्षक चक्रबहादुर मल्लले जानकारी दिए ।

शंकर आचार्य कान्तिपुरका पर्सा संवाददाता हुन् ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 3 other independent news outlets reported on this story.

3 Publications
Onlinekhabar
5h ago
बल्खु–दक्षिणकाली–हेटौंडा सडकमा सवारीलाई तोकियो नयाँ समय

बल्खु–दक्षिणकाली–हेटौंडा सडकमा सवारीलाई तोकियो नयाँ समय

२७ कात्तिक, काठमाडौं । बल्खु–दक्षिणकाली हुँदै हेटौंडा जाने यात्रुवाहक भाडाका तथा सार्वजनिक सवारीसाधनका लागि नयाँ समयसीमा निर्धारण भएको छ । जिल्ला प्रशासन कार्यालय काठमाडौंका प्रमुख जिल्ला अधिकारी ईश्वर राज पौडेलले एक विज्ञप्ति जारी गर्दै नयाँ समयसीमाबारे …

#सवारीसाधन #सवारी
Compare →
Hamro Patro News
2d ago
इनरुवामा तीन सवारीसाधन ठोक्किँदा बालिकाको मृत्यु, पाँच जना घाइते

इनरुवामा तीन सवारीसाधन ठोक्किँदा बालिकाको मृत्यु, पाँच जना घाइते

इनरुवामा तीन सवारीसाधन ठोक्किँदा बालिकाको मृत्यु, पाँच जना घाइते सुनसरीको इनरुवास्थित बलाहामा मोटरसाइकल, स्कुटर र साइकल आपसमा ठोक्किँदा सात वर्षीया बालिकाको मृत्यु भएको हो । कार्तिक २५, २०८३ रास...

#सवारीसाधन #सवारी
Compare →
Nagarik News
2d ago
ठूलो आवाज निकालेर सर्वसाधारणलाई हैरानी दिने ५६ सवारीसाधन प्रहरी नियन्त्रणमा

ठूलो आवाज निकालेर सर्वसाधारणलाई हैरानी दिने ५६ सवारीसाधन प्रहरी नियन्त्रणमा

चाडपर्वका बेला सर्वसाधारणलाई सुरक्षित, शान्त र भयमुक्त वातावरणमा आवागमनको व्यवस्था मिलाउने उद्देश्यले प्रहरीले काठमाडौंका विभिन्न स्थानमा चेकजाँच तथा निगरानी गरेको थियो।

#सवारीसाधन #सवारी
Compare →

Related Stories

World News
Build #2611