Trending
Prev Story
Next Story

संयुक्त राष्ट्रसंघका महासचिव र परराष्ट्रमन्त्रीबीच भेटवार्ता

Onlinekhabar •
November 12, 2026 • 04:01 PM
1
1 reads 0 reactions

२६ कात्तिक, काठमाडौं । परराष्ट्रमन्त्री शिशिर खनालले संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेससँग भेटवार्ता गरेका छन् । टर्कीए अन्ताल्यामा जारी संयुक्त राष्ट्रसंघीय जलवायु परिवर्तनसम्बन्धी पक्ष राष्ट्रहरूको ३१औँ सम्मेलन (कोप–३१) का अवसरमा उनीहरूबीच द्विपक्षीय भेटवार्ता भएको हो । भेटका …

संयुक्त राष्ट्रसंघका महासचिव र परराष्ट्रमन्त्रीबीच भेटवार्ता

२६ कात्तिक, काठमाडौं । परराष्ट्रमन्त्री शिशिर खनालले संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेससँग भेटवार्ता गरेका छन् ।

टर्कीए अन्ताल्यामा जारी संयुक्त राष्ट्रसंघीय जलवायु परिवर्तनसम्बन्धी पक्ष राष्ट्रहरूको ३१औँ सम्मेलन (कोप–३१) का अवसरमा उनीहरूबीच द्विपक्षीय भेटवार्ता भएको हो ।

भेटका क्रममा परराष्ट्रमन्त्री खनालले हालैको जलवायुजन्य भोटेकोशी बाढीपछि नेपालप्रति समवेदना र ऐक्यबद्धता व्यक्त गरेकामा महासचिव गुटेरेसप्रति आभार व्यक्त गरे ।

उनले संयुक्त राष्ट्रसंघको नेतृत्व गर्दै बहुपक्षीयता, विश्व शान्ति, मानवीय गरिमा र दिगो विकासका लागि महासचिवले पुर्‍याएको योगदानको प्रशंसा गरे ।

महासचिव गुटेरेसले संयुक्त राष्ट्रसंघीय शान्ति स्थापना मिसनमा सेना तथा प्रहरी पठाउने प्रमुख राष्ट्रका रूपमा नेपालले विश्व शान्ति र स्थायित्वमा पु¥याउँदै आएको महत्त्वपूर्ण योगदानको सराहना व्यक्त गरे ।

भेटमा दुवै पक्षबीच नेपालको पुनस्र्थापना तथा पुनर्निर्माण प्रयास, विश्वव्यापी शासन प्रणालीमा सुधारको आवश्यकता, बहुप्रकोप पूर्वसूचना प्रणाली, जलवायु वित्तमा वृद्धि तथा जलवायु कार्यका विषयमा समेत विचार आदानप्रदान भएको थियो ।

उक्त भेटमा क्षेत्रीय तथा विश्वव्यापी महत्त्वका विषयमा छलफल हुनुका साथै जलवायु परिवर्तनका चुनौती सम्बोधन गर्न अन्तर्राष्ट्रिय सहकार्य र बहुपक्षीय प्रयासलाई थप प्रभावकारी बनाउने विषयमा समेत कुराकानी भएको थियो ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 3 other independent news outlets reported on this story.

3 Publications
Nagarik News
1d ago
परराष्ट्रमन्त्री खनालले संयुक्त राष्ट्रसंघका महासचिव गुटेरेसबीच भेटवार्ता

परराष्ट्रमन्त्री खनालले संयुक्त राष्ट्रसंघका महासचिव गुटेरेसबीच भेटवार्ता

टर्कीएको अन्ताल्यामा जारी संयुक्त राष्ट्रसंघीय जलवायु परिवर्तनसम्बन्धी पक्ष राष्ट्रहरूको ३१औँ सम्मेलन (कोप–३१) का क्रममा मन्त्री खनाल र महासचिव गुटेरेसबीच द्विपक्षीय भेटवार्ता भएको हो।

#जलवायु #संयुक्त #भेटवार्ता
Compare →
Hamro Patro News
1d ago
परराष्ट्रमन्त्री खनाल र संयुक्त राष्ट्रका महासचिव गुटेरेसबीच भेटवार्ता

परराष्ट्रमन्त्री खनाल र संयुक्त राष्ट्रका महासचिव गुटेरेसबीच भेटवार्ता

काठमाडौं : परराष्ट्रमन्त्री शिशिर खनालले संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेससँग भेटवार्ता गरेका छन्। संयुक्त राष्ट्रसंघीय जलवायु परिवर्तनसम्बन्धी पक्ष राष्ट्रहरूको ३१औँ सम्मेलन (कोप-३१) ...

#जलवायु #संयुक्त #भेटवार्ता
Compare →
Ekantipur
1d ago
कोप–३१ मा राष्ट्रसंघ प्रमुखसँग नेपालको बाढीपछिको पुनर्निर्माण र जलवायु वित्तबारे छलफल

कोप–३१ मा राष्ट्रसंघ प्रमुखसँग नेपालको बाढीपछिको पुनर्निर्माण र जलवायु वित्तबारे छलफल

कोप–३१ को साइडलाइनमा राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेससँगको भेटमा परराष्ट्रमन्त्री शिशिर खनालले भोटेकोशी विपद्पछिको पुनर्निर्माण, जलवायु वित्त वृद्धि र बहुपक्षीय सहकार्य सुदृढ गर्ने विषय उठाएका छन् ।

#जलवायु #राष्ट्रसंघ
Compare →

Related Stories

World News
Build #2611