Trending
Prev Story
Next Story

कोप–३१ मा राष्ट्रसंघ प्रमुखसँग नेपालको बाढीपछिको पुनर्निर्माण र जलवायु वित्तबारे छलफल

Ekantipur •
November 12, 2026 • 03:02 PM
1
1 reads 0 reactions

कोप–३१ को साइडलाइनमा राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेससँगको भेटमा परराष्ट्रमन्त्री शिशिर खनालले भोटेकोशी विपद्पछिको पुनर्निर्माण, जलवायु वित्त वृद्धि र बहुपक्षीय सहकार्य सुदृढ गर्ने विषय उठाएका छन् ।

कोप–३१ मा राष्ट्रसंघ प्रमुखसँग नेपालको बाढीपछिको पुनर्निर्माण र जलवायु वित्तबारे छलफल

कोप–३१ को साइडलाइनमा राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेससँगको भेटमा परराष्ट्रमन्त्री शिशिर खनालले भोटेकोशी विपद्पछिको पुनर्निर्माण, जलवायु वित्त वृद्धि र बहुपक्षीय सहकार्य सुदृढ गर्ने विषय उठाएका छन् ।

परराष्ट्रमन्त्री शिशिर खनालले टर्किएको अन्ताल्यामा जारी जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसंघीय सम्मेलन (कोप–३१) को साइडलाइनमा संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेससँग भेट गरी नेपालमा विपद्पछिको पुनर्स्थापना तथा पुनर्निर्माणका आवश्यकता, विश्वव्यापी जलवायु वित्तमा वृद्धि र बहुपक्षीय सहकार्य सुदृढ गर्नुपर्ने विषय उठाएका छन् ।

नेपालले जलवायु जोखिममा रहेका पर्वतीय मुलुकका संवेदनशीलतालाई अन्तर्राष्ट्रिय स्तरमा थप मान्यता दिलाउन र विपद्पछिको पुनरुत्थानका लागि स्रोत जुटाउन प्रयास गरिरहेका बेला यो भेट भएको हो ।

गत १० भदौमा भोटेकोशी बाढीले रसुवा, नुवाकोट, धादिङलगायत जिल्लाका बस्तीमा ठूलो क्षति पुर्‍याएको थियो । संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रम (यूएनडीपी) का अनुसार ५ असोजसम्म उक्त विपद्‌मा १ हजार ४ सय ५१ जनाको मृत्यु भएको र ५ हजार ७ सय ४५ जना बेपत्ता भएका थिए । विपद्पछिको पुनर्स्थापना र पुनर्निर्माणका लागि ४ अर्ब ७० करोड अमेरिकी डलर लाग्ने अनुमान गरिएको छ ।

भेटका क्रममा मन्त्री खनालले हालै नेपालको मध्य हिमाली क्षेत्रमा ठूलो क्षति पुर्‍याएको जलवायुजन्य भोटेकोशी बाढीपछि समवेदना र ऐक्यबद्धता व्यक्त गरेकोमा गुटेरेसलाई धन्यवाद दिए ।

खनालले बहुपक्षीयता, विश्व शान्ति, मानव मर्यादा र दिगो विकासमा संयुक्त राष्ट्रसंघका महासचिवले पुर्‍याएको योगदानको पनि प्रशंसा गरे ।

गुटेरेसले भने संयुक्त राष्ट्रसंघीय शान्ति मिसनमा सेना तथा प्रहरी पठाउने प्रमुख मुलुकमध्ये एकका रूपमा नेपालले अन्तर्राष्ट्रिय शान्ति र स्थायित्वमा पुर्‍याएको योगदानको प्रशंसा गरेका थिए ।

परराष्ट्र मन्त्रालयका अनुसार भेटमा नेपालका पुनर्स्थापना तथा पुनर्निर्माण प्रयास, विश्व शासन प्रणालीमा सुधार, बहुप्रकोप पूर्वसूचना प्रणाली, जलवायु वित्तमा वृद्धि र जलवायु कार्यका विषयमा छलफल भएको थियो ।

भेटमा क्षेत्रीय तथा विश्वव्यापी मुद्दाका साथै जलवायु परिवर्तनको सामना गर्न अन्तर्राष्ट्रिय सहकार्य र बहुपक्षीय प्रयासलाई थप प्रभावकारी बनाउने आवश्यकताबारे पनि छलफल भएको थियो ।

कोप–३१ मा नेपालले पर्वतीय क्षेत्र र जलवायु परिवर्तनसम्बन्धी छुट्टै कार्ययोजना बनाउन जोड दिँदै आएको छ । बढ्दो तापक्रम, हिमनदी पग्लिने क्रम र जलवायुजन्य विपद्का कारण हिमालयलगायत पर्वतीय पारिस्थितिक प्रणाली असमानुपातिक जोखिममा रहेको नेपालको तर्क छ । तर, कोप–३१ को औपचारिक वार्तामा पर्वतीय क्षेत्रलाई छुट्टै एजेन्डाका रूपमा समावेश गर्ने नेपालको प्रस्तावले प्रमुख वार्ता समूहहरूको पर्याप्त समर्थन पाउन सकेन ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 4 other independent news outlets reported on this story.

4 Publications
Hamro Patro News
1d ago
कोप–३१ मा राष्ट्रसंघ प्रमुखसँग नेपालको बाढीपछिको पुनर्निर्माण र जलवायु वित्तबारे छलफल

कोप–३१ मा राष्ट्रसंघ प्रमुखसँग नेपालको बाढीपछिको पुनर्निर्माण र जलवायु वित्तबारे छलफल

कोप–३१ मा राष्ट्रसंघ प्रमुखसँग नेपालको बाढीपछिको पुनर्निर्माण र जलवायु वित्तबारे छलफल कोप–३१ को साइडलाइनमा राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेससँगको भेटमा परराष्ट्रमन्त्री शिशिर खनालले भोटेकोशी ...

#जलवायु #कोप #राष्ट्रसंघ
Compare →
Bizshala
12h ago
कोप–३१ मा नेपालको हिमाली एजेन्डामा चुनौती, जलवायु संकटका पाँच मुद्दामा विश्वको साथ जुटाउन कठिन

कोप–३१ मा नेपालको हिमाली एजेन्डामा चुनौती, जलवायु संकटका पाँच मुद्दामा विश्वको साथ जुटाउन कठिन

काठमाण्डौ । जलवायु परिवर्तनको सबैभन्दा बढी मार खेपिरहेका मुलुकमध्ये एक नेपालले अन्तर्राष्ट्रिय जलवायु सम्मेलन...

#जलवायु #कोप
Compare →
Nagarik News
20h ago
हिमाली क्षेत्रमा जलवायु जोखिम बढ्दै गएको भन्दै परराष्ट्रमन्त्री खनालद्वारा राष्ट्रसंघको ध्यानाकर्षण

हिमाली क्षेत्रमा जलवायु जोखिम बढ्दै गएको भन्दै परराष्ट्रमन्त्री खनालद्वारा राष्ट्रसंघको ध्यानाकर्षण

परराष्ट्रमन्त्री शिशिर खनालले हिमाली क्षेत्रमा जलवायु परिवर्तनका जोखिम तीव्र रूपमा बढ्दै गएको भन्दै संयुक्त राष्ट्रसंघको ध्यानाकर्षण गराएका छन्।

#जलवायु #राष्ट्रसंघ
Compare →
Onlinekhabar
1d ago
कोप-३१ : नेपालको बाढीपहिरोको सन्दर्भ जोडेर खोजियो जलवायु प्रतिबद्धता कार्यान्वयन

कोप-३१ : नेपालको बाढीपहिरोको सन्दर्भ जोडेर खोजियो जलवायु प्रतिबद्धता कार्यान्वयन

२६ कात्तिक, अन्ताल्या (टर्किए) । जलवायु सङ्कट न्यूनीकरणका लागि विश्वव्यापी प्रतिबद्धतालाई व्यवहारमै कार्यान्वयन गर्नुपर्नेमा राष्ट्रसंघीय जलवायु सम्मेलन (कोप–३१) का उच्च अधिकारीहरूले जोड दिएका छन्। स्वच्छ ऊर्जाको विस्तार, जलवायु वित्तमा सहज पहुँच र विपद् उत्थानशीलता अभिवृद्धिलाई …

#जलवायु #कोप
Compare →

Related Stories

Science & Climate
Build #2612