Trending
Prev Story
Next Story

लुम्बिनी प्लेअफमा, कर्णाली फेरि पराजित

Ekantipur •
November 12, 2026 • 03:02 PM
1
1 reads 0 reactions

जितपछि लुम्बिनीपछि शीर्ष स्थानमा मात्र उक्लिएन, प्लेअफमा पनि स्थान सुरक्षित गर्यो । लुम्बिनीको ६ खेलमा ९ अंक पुगेको छ । काठमान्डु गोर्खाज र सुदूरपश्चिम रोयल्स ८–८ अंकसहित क्रमशः दोस्रो र तेस्रो स्थानमा छ । यस पराजयले कर्णालीको प्लेअफमा पुग्ने सम्भावना झनै कठिन बनेको छ ।

लुम्बिनी प्लेअफमा, कर्णाली फेरि पराजित

जितपछि लुम्बिनीपछि शीर्ष स्थानमा मात्र उक्लिएन, प्लेअफमा पनि स्थान सुरक्षित गर्यो । लुम्बिनीको ६ खेलमा ९ अंक पुगेको छ । काठमान्डु गोर्खाज र सुदूरपश्चिम रोयल्स ८–८ अंकसहित क्रमशः दोस्रो र तेस्रो स्थानमा छ । यस पराजयले कर्णालीको प्लेअफमा पुग्ने सम्भावना झनै कठिन बनेको छ ।

काठमाडौँ — कप्तान परिवर्तन गरे पनि कर्णाली याक्सको नेपाल प्रिमियर लिग (एनपीएल) ३ को व्यथा उस्तै रहयो । सोमपाल कामीको स्थानमा दक्षिण अफ्रिकाका स्टार ब्याटर डेबिड मिलरले कर्णालीको नेतृत्व गरे पनि टोली बिहीबार च्याम्पियन लुम्बिनी लायन्ससँग ४ विकेटले पराजित भयो ।

कर्णालीले पहिलो दुई खेल जितेर प्रतियोगितामा प्रभावशाली सुरुआत गरेको थियो । तर त्यसपछिको तीन खेलमा पराजित भएपछि टोलीको प्लेअफ यात्रा कठिन बनेको पृष्ठभुमिबाट लुम्बिनीविरुद्धको खेलमा कप्तान परिवर्तन गर्ने निर्णय गरेको थियो । तर टस जितेर ब्याटिङ रोजेको कर्णाली त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदान कीर्तिपुरमा १९.२ मात्र टिक्न सक्यो । डार्सी शर्टले ४६ रन बनाएपछि लुम्बिनीले १६.४ ओभरमै पुरा गर्यो । कर्णालीको यो लगातार चौथो हार हो । ओपनर शर्टले ३४ बल खेली ६ चौका र १ छक्कासाथ ४६ रन बनाए ।

आसिफ शेख र कप्तान रोहित पौडेल १–१, सन्दीप जोरा ४ रनमै आउट भए । निरोशान डिकवेलाले १६ रन बनाए । उनले १३ बल खेली २ चौका प्रहार गरे । सामिम हुसैन ५ रनमै आउट भए । दीलिप नाथ २८ र रुबेन ट्रम्पलमन २ रन बनाई अविजित रहे । दीलिपले २७ बल खेली ४ चौका प्रहार गरे । कर्णालीका मार्क वाटले ४ ओभरमा १ मेडन राख्दै १२ रन खर्चेर ४ विकेट लिए । त्यस्तै पवन सर्राफ र हुसैन तलातले १–१ विकेट लिए ।

तस्बिर : हेमन्त श्रेष्ठ , अंगद ढकाल

यस जितपछि लुम्बिनीपछि शीर्ष स्थानमा मात्र उक्लिएन, प्लेअफमा पनि स्थान सुरक्षित गर्यो । लुम्बिनीको ६ खेलमा ९ अंक पुगेको छ । काठमान्डु गोर्खाज र सुदूरपश्चिम रोयल्स ८–८ अंकसहित क्रमशः दोस्रो र तेस्रो स्थानमा छ । यस पराजयले कर्णालीको प्लेअफमा पुग्ने सम्भावना झनै कठिन बनेको छ ।

कप्तान मात्र होइन कर्णालीले ओपनिङ ब्याटिङमा पनि परिवर्तन गरेको थियो । तर प्रतियोगितामा पहिलो खेल खेलिरहेका दीपेन्द्र राउत चार बलमात्र टिक्न सके । उनलाई अभिशेष गौतमले बोल्ड गरिदिए । अर्का ओपनर आरिफुल इस्लाम र दीपक डुम्रे समान ४ रनमा आउट भए । अभिशेषले दीपकलाई पनि आउट गरेका थिए भने किशोर महतोको बलमा रोहितले सानदार क्याच लिएर आरिफुललाई पेभेलियन फर्काए ।

मिलर आफै चौथो नम्बरमा ब्याटिङ गर्न आए । तर उनी पनि लुम्बिनीको उत्कृष्ट फिल्डिङको शिकार भए । आफ्नो पहिलो ओभर लिएर आएका शेर मल्लले मिलरलाई ट्रम्पलमनबाट सानदार क्याच गराए ।  छैटौं नम्बरमा ब्याटिङ गर्न आएका सोमपालले सर्वाधिक २८ रन बनाए । उनले १८ बल खेली ४ चौका र १ छक्का प्रहार गरे । शर्टको बलमा उनी पनि लङ अनमा आसिफ शेखबाट सुन्दर क्याचमा आउट भए । पवनलाई १२ रनमा शर्टले बोल्ड गरे । तलातले २४ रन बनाए । उनले २२ बल खेली २ चौका र १ छक्का प्रहार गरे ।

वाट २, गुलशन झा १३ र नन्दन यादव ३ रनमै आउट भए । अभिशेषले ४ ओभरमा २१, रोहितले ३ ओभरमा १२, शर्टले ४ ओभरमा १३ र किशोर महतोले २.२ ओभरमा ६ रन खर्चेर २–२ विकेट लिए । एक विकेट ट्रम्पलमनको नाममा रह्यो ।

विनोद पाण्डे कान्तिपुरका खेलकुद ब्यूरो प्रमुख हुन् ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 4 other independent news outlets reported on this story.

4 Publications
Hamro Patro News
1d ago
कर्णालीलाई पराजित गर्दै लुम्बिनी प्लेअफमा

कर्णालीलाई पराजित गर्दै लुम्बिनी प्लेअफमा

काठमाडौं - लुम्बिनी लायन्स राजधानीमा जारी तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल)को प्लेअफ पुग्ने पहिलो टोली बनेको छ। आज सम्पन्न दोस्रो खेलमा कर्णाली याक्सलाई ४ विकेटले पराजित गर्दै लुम्बिनी ए...

#कर्णाली #प्लेअफ #लुम्बिनी
Compare →
Arthasansar
1d ago
एनपीएल सिजन ३ : लुम्बिनी प्लेअफ पुग्ने पहिलो टिम, कर्णालीको चौथो हार

एनपीएल सिजन ३ : लुम्बिनी प्लेअफ पुग्ने पहिलो टिम, कर्णालीको चौथो हार

साविक विजेता लुम्बिनी लायन्स नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणमा प्लेअफ पुग्ने पहिलो टिम बनेको छ । बिहीबार भएको...

#कर्णाली #प्लेअफ #लुम्बिनी
Compare →
Onlinekhabar
1d ago
लुम्बिनी बन्यो प्लेअफ पुग्ने पहिलो टिम, कर्णालीको लगातार चौथो हार

लुम्बिनी बन्यो प्लेअफ पुग्ने पहिलो टिम, कर्णालीको लगातार चौथो हार

काठमाडौं । साविक विजेता लुम्बिनी लायन्स नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणमा प्लेअफ पुग्ने पहिलो टिम बनेको छ । बिहीबार भएको लो स्कोरिङ खेलमा कर्णाली याक्सलाई ४ विकेटले पराजित गर्दै लुम्बिनीले एक खेल बाँकी छँदै …

#कर्णाली #प्लेअफ #लुम्बिनी
Compare →
Nagarik News
1d ago
कर्णालीलाई ४ विकेटले हराउँदै लुम्बिनी लायन्स प्लेअफमा

कर्णालीलाई ४ विकेटले हराउँदै लुम्बिनी लायन्स प्लेअफमा

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा सम्पन्न खेलमा कर्णाली याक्सलाई ४ विकेटले पराजित गर्दै लुम्बिनी लायन्स नेपाल प्रिमियर लिग (एनपीएल) को प्लेअफमा प्रवेश गरेको छ।

#कर्णाली #प्लेअफ #लुम्बिनी
Compare →

Related Stories

Sports
Build #2611