Trending
Prev Story
Next Story

कर्णालीलाई ४ विकेटले हराउँदै लुम्बिनी लायन्स प्लेअफमा

Nagarik News •
November 12, 2026 • 02:30 PM
1
1 reads 0 reactions

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा सम्पन्न खेलमा कर्णाली याक्सलाई ४ विकेटले पराजित गर्दै लुम्बिनी लायन्स नेपाल प्रिमियर लिग (एनपीएल) को प्लेअफमा प्रवेश गरेको छ।

कर्णालीलाई ४ विकेटले हराउँदै लुम्बिनी लायन्स प्लेअफमा

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा सम्पन्न खेलमा कर्णाली याक्सलाई ४ विकेटले पराजित गर्दै लुम्बिनी लायन्स नेपाल प्रिमियर लिग (एनपीएल) को प्लेअफमा प्रवेश गरेको छ।

कर्णालीले प्रस्तुत गरेको १०६ रनको लक्ष्य लुम्बिनीले २० बल बाँकी छँदा १६.४ ओभरमा ६ विकेट गुमाएर पूरा गर्‍यो।

यो जितसँगै ६ खेलबाट ९ अंक जोडेको लुम्बिनी अंक तालिकाको शीर्ष स्थानमा उक्लिँदै प्लेअफमा स्थान सुरक्षित गर्न सफल भएको छ।

९ अंक जोडेको लुम्बिनी शीर्ष चारमा रहने निश्चित भएको हो। उता छैटौं खेलमा चौथो पराजय व्यहोरेको कर्णाली याक्स ४ अंकसहित तालिकाको सातौं स्थानमा रहँदा उसको प्लेअफ सम्भावना निकै कमजोर बनेको छ।

सानो लक्ष्य पछ्याएको लुम्बिनीले सुरुवातमै दबाब सामना गर्‍यो। १९ रन जोड्दा ३ विकेट गुमाइसकेको स्थितिमा ओपनर डार्सी सर्ट र विकेटकिपर ब्याटर निरोशन डिकवेलाले चौथो विकेटका लागि ४१ रनको साझेदारी गरे। सर्टले ३४ बलमा ६ चौका र १ छक्का प्रहार गर्दै सर्वाधिक ४६ रन बनाए। डिकवेलाले १६ रन जोडे।

मध्यक्रममा डार्सी सर्ट र शमिम हुसेन आउट भएपछि दिलिप नाथले संयमित ब्याटिङ गर्दै टोलीलाई जितसम्म डोहोर्‍याए। दिलिपले २७ बलमा ४ चौकाको मद्दतले अविजित २८ रन बनाए।

रुबेन ट्रम्पलम्यान २ रनमा अविजित रहे। यसअघि ओपनर आसिफ शेख र कप्तान रोहित पौडेल समान १-१ रन तथा सन्दीप जोरा ४ रनमै आउट भएका थिए।

कर्णालीका स्पिनर मार्क वाटले उत्कृष्ट बलिङ गर्दै ४ ओभरमा १ मेडनसहित मात्र १२ रन खर्चेर ४ विकेट लिए पनि टोलीलाई जिताउन सकेनन्। पवन सर्राफ र हुसेन तलतले १-१ विकेट हात पारे।

यसअघि टस जितेर पहिले ब्याटिङ रोजेको कर्णाली १९.२ ओभरमा १०५ रनमै समेटिएको थियो। कर्णालीका लागि सोमपाल कामीले २८ र हुसेन तलतले २४ रन बनाउनुबाहेक अन्य ब्याटर क्रिजमा टिक्न सकेनन्।

कप्तान डेभिड मिलर व्यक्तिगत ५ रनमै पेभेलियन फर्किएका थिए। लुम्बिनीका लागि कसिलो बलिङ गरेका कप्तान रोहित पौडेल, डार्सी सर्ट, किशोर महतो र अभिषेक गौतमले समान २-२ विकेट लिएका थिए।

त्यस्तै रुबेन ट्रम्पलम्यान र शेर मल्लले १-१ विकेट लिएका थिए।

प्रकाशित: २६ कार्तिक २०८३ २०:१५ बिहीबार

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 4 other independent news outlets reported on this story.

4 Publications
Hamro Patro News
1h ago
चितवन प्लेअफ नजिक, जनकपुर र कर्णाली बाहिरियो

चितवन प्लेअफ नजिक, जनकपुर र कर्णाली बाहिरियो

काठमाडौँ । चितवन राइनोजसँग चार विकेटले पराजित भएपछि जनकपुर बोल्ट्स र कर्णाली याक्स नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको प्लेअफ दौडबाट बाहिरिएका छन् । शुक्रबारको दोस्रो खेलमा जनकपुरले दिएको ८९ रनक...

#एनपीएल #प्रिमियर-लिग #प्लेअफ
Compare →
Arthasansar
2h ago
चितवनकाे जितले जनकपुर र कर्णाली समूह चरणबाटै बाहिरिए, चितवनकाे प्लेअफ सम्भावना बलियाे

चितवनकाे जितले जनकपुर र कर्णाली समूह चरणबाटै बाहिरिए, चितवनकाे प्लेअफ सम्भावना बलियाे

नेपाल प्रिमियर लिग ९एनपीएल० मा शुक्रबारको लो स्कोरिङ खेलमा चितवन राइनोजले जनकपुर बोल्ट्सलाई विकेटले पराजित गर्दै प्लेअफ होडलाई बलियो बनाएको...

#एनपीएल #प्रिमियर-लिग #प्लेअफ
Compare →
Onlinekhabar
6h ago
लो स्कोरिङ खेलमा काठमान्डुलाई हराउँदै सुदूरपश्चिम प्लेअफमा

लो स्कोरिङ खेलमा काठमान्डुलाई हराउँदै सुदूरपश्चिम प्लेअफमा

२७ कात्तिक, काठमाडौं । कप्तान दीपेन्द्र सिंह ऐरीको अर्धशतक अनी बलरहरुको उत्कृष्ट प्रदर्शनमा सुदूरपश्मिच रोएल्सले नेपाल प्रिमियर लिग (एनपीएल) मा काठमान्डु गोर्खाजलाई पराजित गर्दै प्लेअफमा स्थान पक्का गरेको छ । सुदूरपश्चिमले लिग चरणको आफ्नो अन्तिम खेलमा …

#एनपीएल #प्रिमियर-लिग #प्लेअफ
Compare →
Ekantipur
6h ago
काठमान्डुमाथिको रोमाञ्चक विजयले सुदूरपश्चिम क्वालिफायर नजिक

काठमान्डुमाथिको रोमाञ्चक विजयले सुदूरपश्चिम क्वालिफायर नजिक

सुदूरपश्चिम रोयल्सले नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा शुक्रबार काठमान्डु गोर्खाजमाथी ७ रनको रोमाञ्चक विजय हात पारेको छ । पहिलो ३ मध्येको २ खेल हारेको सुदूरपश्चिमले त्यसपछिको सबै चार खेल जितेर क्वालिफायरलाई दाबेदारी पेस गरेको हो ।

#एनपीएल #प्रिमियर-लिग
Compare →

Related Stories

Sports
Build #2611