Trending
Prev Story
Next Story

कञ्चनपुरको सामुदायिक वनमा मृत भेटियो बाघ

Onlinekhabar •
November 17, 2026 • 12:01 PM
10
10 reads 0 reactions

१ कञ्चनपुर, मंसिर । कञ्चनपुरको दोधारा चाँदनी नगरपालिका–२ स्थित मायापुरी सामुदायिक वनमा एउटा बाघ मृत अवस्थामा फेला परेको छ । मंगलबार दिउँसो वनमा घाँसदाउरा संकलन गर्न पुगेका स्थानीयले बाघ सडेको अवस्थामा मृत देखेपछि निकुञ्जलाई खबर गरेका …

कञ्चनपुरको सामुदायिक वनमा मृत भेटियो बाघ

१ कञ्चनपुर, मंसिर । कञ्चनपुरको दोधारा चाँदनी नगरपालिका–२ स्थित मायापुरी सामुदायिक वनमा एउटा बाघ मृत अवस्थामा फेला परेको छ ।

मंगलबार दिउँसो वनमा घाँसदाउरा संकलन गर्न पुगेका स्थानीयले बाघ सडेको अवस्थामा मृत देखेपछि निकुञ्जलाई खबर गरेका थिए ।

घटनाबारे जानकारी प्राप्त हुनासाथ शुक्लाफाँटा राष्ट्रिय निकुञ्जको प्राविधिक टोली घटनास्थल पुगेको छ । उक्त सामुदायिक वन निकुञ्जको मध्यवर्ती क्षेत्रमा पर्दछ ।

शुक्लाफाँटा राष्ट्रिय निकुञ्जका वरिष्ठ संरक्षण अधिकृत नुरेन्द्र अर्यालका अनुसार, घटनास्थलमा अहिले मुचुल्का संकलनको काम भइरहेको छ ।

मृत बाघलाई आवश्यक प्रक्रिया पूरा गरी पोस्टमार्टमका लागि निकुञ्जमा ल्याउने तयारी गरिएको उनले जानकारी दिए । बाघ के कारणले मरेको हो भन्ने विषय पोस्टमार्टमपछि मात्रै खुल्नेछ ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 3 other independent news outlets reported on this story.

3 Publications
Ekantipur
6h ago
दोधारा चाँदनीको मायापुरी सामुदायिक वनमा बाघ मृत भेटियो

दोधारा चाँदनीको मायापुरी सामुदायिक वनमा बाघ मृत भेटियो

दोधारा चाँदनी नगरपालिका–१ स्थित वनमा मंगलबार भेटिएको बाघको घाँटीमा घाउ देखिएपछि भाले बाघको आक्रमणको आशंका गरिएको छ।

#बाघ #वनमा #सामुदायिक
Compare →
Hamro Patro News
8h ago
प्रहरी क्वार्टरभित्र मृत फेला परे प्रहरी निरीक्षक

प्रहरी क्वार्टरभित्र मृत फेला परे प्रहरी निरीक्षक

गुल्मी । गुल्मीमा कार्यरत प्रहरी निरीक्षक पर्वतकुमार केसी आफ्नै निवासमा मृत फेला परेका छन् ।

#मृत
Compare →
Nagarik News
1d ago
कञ्चनपुरमा पाटेबाघ मृ’त फेला

कञ्चनपुरमा पाटेबाघ मृ’त फेला

दोधारा–चाँदनी नगरपालिका–२ स्थित मायापुरी मध्यवर्ती सामुदायिक वनमा आज पाटेबाघ मृत भेटिएको हो।

#मृत #कञ्चनपुर
Compare →

Related Stories

World News
Build #2612