Trending
Prev Story
Next Story

पशुपतिमा गैरहिन्दू प्रवेश गरेको घटना: इटहरीबाट पक्राउ परे प्रियंका र ओसीम अन्सारी

Arthasansar •
October 07, 2026 • 10:58 AM
1
1 reads 0 reactions

पशुपतिनाथको मुख्य मन्दिरमा प्रवेश गरी भिडियो बनाएको घटनामा जोडिएका इटहरीकी प्रियंका परियार र ओसीम अन्सारीलाई प्रहरीले पक्राउ गरेको छ। पशुपति...

पशुपतिमा गैरहिन्दू प्रवेश गरेको घटना: इटहरीबाट पक्राउ परे प्रियंका र ओसीम अन्सारी

पशुपतिनाथको मुख्य मन्दिरमा प्रवेश गरी भिडियो बनाएको घटनामा जोडिएका इटहरीकी प्रियंका परियार र ओसीम अन्सारीलाई प्रहरीले पक्राउ गरेको छ। पशुपति क्षेत्र विकास कोषको जाहेरीका आधारमा इटहरीबाट पक्राउ परेका उनीहरुलाई थप अनुसन्धानका लागि प्रहरी वृत्त, गौशाला पठाइएको छ।

पशुपति मन्दिरमा गैरहिन्दु प्रवेश गरेको विषय सामाजिक सञ्जालमा चर्चामा आएपछि उनीहरुलाई पक्राउ गरिएको हो ।

अन्सारी र परियारले प्रेम विवाह गरेका थिए । प्रेम विवाह गरेका उनीहरु केही दिनअघि पशुपतिनाथ मन्दिरमा गएर भिडियो बनाएका थिए । उक्त भिडियोमा अन्सारीले मुस्लिम समुदायले लगाउने टोपी लगाएको देखिएको थियो। सोही भिडियो सामाजिक सञ्जालमा भाइरल भएपछि यस विषयले ठूलै चर्चा पायो। संसद बैठकमा समेत यस विषयले प्रवेश पायो। प्रतिनिधिसभा बैठकमा सांसद खुस्वु ओलीले यस घटनाबारे प्रश्न उठाएपछि सुरक्षा निकाय र प्रशासनले यसलाई गम्भीर रूपमा लिएको थियो। संसदमा नै प्रश्न उठेपछि पुशपति नाथ दर्शन गरेर घर आएका उनीहरुलाई पक्राउ गरिएको हो ।

परियारले श्रीमान् अन्सारीलाई पशुपतिनाथ लगेको बताउँदै पशुपतिनाथ आफ्नो आस्थाको केन्द्र भएको उल्लेख गरेकी छन् । आफ्नो धार्मिक आस्थाको केन्द्रमा श्रीमानलाई सँगै लिएर जानुलाई अन्य उद्देश्यबाट नबुझ्नसमेत उनले प्रहरीसँग आग्रह गरेकी छन् । अन्सारी इटहरीमा व्यापार व्यवसाय गर्दै आएका छन् । उनी इटहरी–८ का स्थायी बासिन्दा हुन् ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 5 other independent news outlets reported on this story.

5 Publications
Ekantipur
3h ago
११५ अन्तर्राष्ट्रिय वक्तालाई भारत प्रवेशमा रोक

११५ अन्तर्राष्ट्रिय वक्तालाई भारत प्रवेशमा रोक

नर्वेकी पत्रकार हेले लिङले बुधबार भारत प्रस्थान गर्नुअघि आफ्नो भिसा रद्द गरिएको बताएकी छन् । उनलाई सम्मेलनमा सञ्चारमाध्यम र प्रेस स्वतन्त्रताका विषयमा बोल्न आमन्त्रण गरिएको थियो ।

#प्रवेश
Compare →
Nagarik News
5h ago
भारतमा लोकतन्त्र सम्मेलन : मोदीलाई प्रश्न गर्ने नर्वेली पत्रकारसहित ११५ विदेशीले पाएनन् प्रवेश

भारतमा लोकतन्त्र सम्मेलन : मोदीलाई प्रश्न गर्ने नर्वेली पत्रकारसहित ११५ विदेशीले पाएनन् प्रवेश

यो निर्णय गृह मन्त्रालयको निर्देशनमा भएको हुन सक्ने थरुरले बताएका छन्। उनले सामाजिक सञ्जाल एक्समा लेखेका छन्, ‘सरकारले कुन कानुनी प्रावधानअन्तर्गत यस्तो कठोर कदम चालेको हो भन्ने स्पष्ट छैन।’

#प्रवेश
Compare →
Onlinekhabar
13h ago
च्यासलदेखि स्वयम्भूसम्म : ओझेलमा परेको किरात राजाको मूर्ति

च्यासलदेखि स्वयम्भूसम्म : ओझेलमा परेको किरात राजाको मूर्ति

काठमाडौँ उपत्यकामा मध्यकालको सभ्यता भव्य मन्दिर, कलात्मक टुँडाल र लालदरबारहरूमा स्पष्ट देखिन्छ। यहाँ त्योभन्दा अघिका लिच्छविकालीन मन्दिरहरू (चाँगुनारायण, पशुपति आदि) पनि छन्। इतिहासअनुसार, लिच्छविभन्दा अघि यहाँ किरातको शासन थियो। तर, उनीहरूद्वारा तयार गरिएका कुनै शिलालेख, …

#मन्दिर #परे
Compare →
Hamro Patro News
2d ago
नेपथ्यको इटहरीमा ऐतिहासिक प्रस्तुति, अमृत गुरुङले दिए सामाजिक सद्भावको सन्देश

नेपथ्यको इटहरीमा ऐतिहासिक प्रस्तुति, अमृत गुरुङले दिए सामाजिक सद्भावको सन्देश

काठमाडौं । नेपाली सांगीतिक क्षेत्रमा लोकप्रिय ब्यान्ड नेपथ्यले इटहरीमा भव्य प्रस्तुति दिएको छ। ठूलो संख्यामा दर्शक उपस्थित भएको कार्यक्रममा ब्यान्डका मुख्य गायक अमृत गुरुङले संगीतसँगै सामाजिक सद्भा...

#इटहरी
Compare →
Bizshala
3d ago
इटहरीमा अनौठो घटना: १५ मिनेटको अन्तरमा दम्पतीको निधन

इटहरीमा अनौठो घटना: १५ मिनेटको अन्तरमा दम्पतीको निधन

सुनसरी । तिहारका बेला इटहरी उपमहानगरपालिका–७ का रामु चौधरी र उनकी पत्नी कञ्चन चौधरीको करिब १५ मिनेटको अन्तरमा निधन भएको...

#इटहरी
Compare →

Related Stories

Business & Economy
Build #2611