Trending
Prev Story
Next Story

चाडपर्व नजिकिँदा लगातार घटीरहेको पुँजी बजार - दशैँअघि सुधारको सम्भावना कति ?

Arthasansar •
October 08, 2026 • 05:37 PM
1
1 reads 0 reactions

२०८३ सालको दशैँ आउन अब धेरै समय छैन । आगामी आइतबार घटस्थापना हो । घटस्थापना पछि दशैँ विधिवत रुपमा सुरु...

चाडपर्व नजिकिँदा लगातार घटीरहेको पुँजी बजार - दशैँअघि सुधारको सम्भावना कति ?

२०८३ सालको दशैँ आउन अब धेरै समय छैन । आगामी आइतबार घटस्थापना हो । घटस्थापना पछि दशैँ विधिवत रुपमा सुरु हुन्छ । विधिवत रुपमा दशैँ सुरु भए पनि सरकारी कार्यालयहरु अर्को हप्ताको शुक्रबारसम्म खुल्ने छ । यो अनुसार दशैँ अघि सेयर बजार केही घटना घटेर सार्वजनिक बिदा नभएको अवस्थामा ५ दिन खुल्ने छ ।

दशैँको समयमा सेयर बजार सधैका बर्षहरुमा घट्ने नै गरेको छ । लगानीकर्ताहरु पनि दशैँ अघि सेयर बजारमा ठूलो वृद्धि हुने सम्भावना नरहेको बताउँछन् । बजार अहिले निकै तल्लो विन्दुमा नै रहेको छ । विगत दुई हप्ता देखि नेपालको सेयर बजार २५०० को विन्दुमा रहेको छ । नियामकीय निकाय नेपाल धितोपत्र बोर्डले पुँजी बजारको सुधारका लागि धेरै कामहरु गरेको जस्तो देखिएको समयमा पनि बजार भने बढ्न सकिरहेको छैन । दशैँ आउने धेरै समय नभएकाले बजारले यो अवस्थाबाट माथि उठ्ने अवस्था नरहेको नेपाल इन्भेष्टर फोरमका निर्वतमान अध्यक्ष छोटेलाल रौनियारको भनाइ छ । उनले बजार सफा हुनै लाग्दा ५ प्रतिशतको र १५ दिन व्यवस्थाका कारणले बजारमा संकुचन आएको बताए । उनका अनुसार अहिलेकै गतिमा बजार बढ्ने अवस्था नदेखिएको उनको भनाइ छ । एक करोड कित्ता सेयर भएको कम्पनीको १ लाख कित्ता सेयर खरिद गरेको व्यक्ति पनि आधारभूत हुने र उसले सेयर बिक्री गर्नका लागि फेरि १५ दिनको सूचना निकाल्नु पर्ने व्यवस्थाले लगानीकर्ता आतङकित भएको बताए । अहिले ठूला लगानीकर्ताहरुले सेयर किन्नै छाडेको पनि उनको भनाइ छ । ‘बजार सफा हुने चरणमा थियो । तर, ५ प्रतिशत र १५ दिने व्यवस्थाले थप समस्या भयो । अहिले ठूला लगानीकर्ताहरुले सेयर नै किन रहेका छैनन्,’ उनले भने ।

अहिलेकाे अवस्थामा बजारमा ठूलो वृद्धिको सम्भावना नरहेको नेपाल सेयर बजार लगानीकर्ता संघका महासचिव रविन कँडेलको भनाइ छ । उनले अहिले पनि राम्रा कम्पनीको सेयर मूल्य नघटेको भन्दै कमजोर अवस्थाका कम्पनीको हिस्सा धेरै भएकाले बजार घटेको बताए । ‘फण्डामेन्टल राम्रा भएका कम्पनीहरुको मूल्य अहिले पनि घटेको अवस्था छैन । कमजोर कम्पनीको मूल्य घट्यो । उनीहरुको नै हिस्सा पनि धेरै भएकाले बजार घटेको हो,’ उनले भने । फाइनान्स र हाइड्रोपावरका कारणले अहिले बजार घटी रहेको उनको भनाइ छ  ।

त्यस्तै अर्का लगानीकर्ता ऋषिराज भेटवालले नियामकीय नेतृत्वमा रहेका व्यक्तिहरुले जथाभावि बोल्दा बजारले गति लिन नसकेको बताए । उनले अहिलेको अवस्थामा दशैँमा पनि बजार साइटवेजमा नै रहने देखिएको सुनाए । चाडपर्व र मसान्तको दबाबका कारणले बजार साइडवेजमा नै रहन्छ जस्तो लाग्छ,’ उनले भने । अहिले बजार घट्नुको चुरो कुराका विषयमा छलफल नै नभएको उनी बताउँछन् । लगानीकर्तासँग भेट्दा एउटा कुरा गर्ने अनि सार्वजनिक समारोहमा गएर अर्को कुरा गरिदिने गर्नाले बजार घटेको उनको भनाइ छ । ‘सामान्य समाचारले नै घट्ने हाम्रो बजारका विषयमा संवेदनशील भएर बोल्नु पर्ने भए पनि नियामकीय नेतृत्वमा भएकाहरुले त्यसो नगर्दा पनि बजार संकुचनमा गयो,’ उनले भने । लगानीकर्तामा अझै पनि विश्वासको वातावरण बन्न नसकेको उनी सुनाउँछन् ।

सरकार बनेको ६ महिना भन्दा बढी भइसक्यो । स्थिर सरकार आए पछि धेरै आशा गरिरहेका लगानीकर्ताहरु निराश भइरहेको अवस्थामा सरकारले पनि यस विषयमा ध्यान दिनु पर्ने आवश्यकता देखिन्छ । ८० लाख भन्दा बढी लगानीकर्ता सहभागि भएको ४५ खर्ब माथिको पुँजीकरण भएको क्षेत्रलाई सरकारले पनि अति नै संवेदनशील रुपमा हेर्नुपर्ने हुन्छ । राष्ट्र बैंकबाट रिटायर्ड भएर आएका अध्यक्षले राष्ट्र बैंकको जस्तै दिन दिनै सर्कुलर जारी गर्ने कारणले गर्दा पनि बजारमा असर परेको लगानीकर्ताहरुको भनाइ छ । पुँजी बजारका विषयमा छिटोछिटो सर्कुलर जारी गर्ने र अनावश्यक बोल्ने भन्दा पनि सहजता अपनाएर बोल्नुपर्ने पनि लगानीकर्ताहरुले बताउने गरेका छन् ।

Prev Swipe Story Next

Related Stories

Business & Economy
Build #2612