Trending
Prev Story
Next Story

वित्तीय अपराध नियन्त्रणमा प्रविधिमैत्री अनुसन्धान आवश्यक : प्रहरी महानिरीक्षक केसी

Nagarik News •
November 17, 2026 • 08:06 AM
2
2 reads 0 reactions

केसीले वित्तीय अपराध नियन्त्रण तथा अनुसन्धानलाई प्रभावकारी बनाउन आधुनिक प्रविधि र वैज्ञानिक अनुसन्धान पद्धतिको प्रयोगलाई प्राथमिकता दिनुपर्ने बताएका छन्।

वित्तीय अपराध नियन्त्रणमा प्रविधिमैत्री अनुसन्धान आवश्यक : प्रहरी महानिरीक्षक केसी

प्रहरी महानिरीक्षक डा मनोजकुमार केसीले वित्तीय अपराध नियन्त्रण तथा अनुसन्धानलाई प्रभावकारी बनाउन आधुनिक प्रविधि र वैज्ञानिक अनुसन्धान पद्धतिको प्रयोगलाई प्राथमिकता दिनुपर्ने बताएका छन्।

प्रहरी प्रधान कार्यालय, अपराध अनुसन्धान विभागको ७१ औँ स्थापना दिवसको अवसरमा आज आयोजित एकदिवसीय कार्यशाला गोष्ठीको उद्घाटन गर्दै उनले वित्तीय अपराध नियन्त्रणमा आधुनिक प्रविधि र वैज्ञानिक अनुसन्धानमा जोड दिनुपर्ने बताएका हुन्।

उनले वित्तीय अपराध अनुसन्धानलाई परिणाममुखी बनाउन सरकारी निकाय, नियामक संस्था, बैंक तथा वित्तीय संस्था, दूरसञ्चार सेवा प्रदायक र अन्य सरोकारवाला निकायबीच समन्वय र सहकार्य आवश्यक रहेको उल्लेख गरे।

अपराध अनुसन्धानलाई प्रभावकारी बनाउन सम्बन्धित निकायबीच सूचनाको सहज, समयमै र प्रभावकारी आदानप्रदान गर्ने प्रणाली सुदृढ बनाउनुपर्नेमा पनि उनले जोड दिए।

‘आधुनिक प्रविधि र वैज्ञानिक अनुसन्धानः वित्तीय अपराध रोकथाम नेपाल प्रहरीको मूल अभियान’ भन्ने नाराका साथ आयोजित कार्यशालाको मुख्य विषय ‘वित्तीय अपराध अनुसन्धानः प्रमाण सङ्कलनदेखि फैसलासम्म’ रहेको छ।

कार्यशालामा प्रहरी अतिरिक्त महानिरीक्षक, प्रहरी नायब महानिरीक्षक, अपराध अनुसन्धानकर्ता, अभियोजनकर्ता, वित्तीय नियामक निकाय, बैंक तथा वित्तीय संस्था र दूरसञ्चार सेवा प्रदायकका प्रतिनिधिलगायत सरोकारवालाको सहभागिता रहेको छ।

सोही अवसरमा प्रहरी महानिरीक्षक डा केसीले ‘नेपाल प्रहरीले अनुसन्धान गरेका चर्चित घटनाको सङ्ग्रह–भाग ३’ पुस्तक लोकार्पण गरे।

कार्यशालाले वित्तीय अपराध अनुसन्धानका विद्यमान चुनौतीको वस्तुनिष्ठ विश्लेषण गर्नुका साथै प्रमाण सङ्कलन, विश्लेषण, अभियोजन र न्यायिक निरूपणसम्मका प्रक्रियालाई थप प्रभावकारी बनाउने उपाय पहिचान गर्न सहयोग पुग्ने प्रहरी प्रधान कार्यालयले जनाएको छ।

प्रकाशित: १ मंसिर २०८३ १३:५१ मंगलबार

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 4 other independent news outlets reported on this story.

4 Publications
Hamro Patro News
4h ago
वित्तीय अपराधका चुनौती सामना गर्न आधुनिक प्रविधि र वैज्ञानिक अनुसन्धानमा आईजीपीको जोड

वित्तीय अपराधका चुनौती सामना गर्न आधुनिक प्रविधि र वैज्ञानिक अनुसन्धानमा आईजीपीको जोड

काठमाडौं । प्रहरी महानिरीक्षक डा. मनोजकुमार केसीले वित्तीय अपराधको बदलिँदो स्वरूप, अनुसन्धानमा प्रविधिको बढ्दो प्रयोग तथा यसबाट सिर्जित चुनौतीहरूलाई सम्बोधन गर्न आधुनिक प्रविधि र वैज्ञानिक अनुसन्धा...

#अनुसन्धान #वित्तीय #अपराध
Compare →
Onlinekhabar
3h ago
आधुनिक प्रविधि र वैज्ञानिक अनुसन्धान अपरिहार्य छ : आईजीपी केसी

आधुनिक प्रविधि र वैज्ञानिक अनुसन्धान अपरिहार्य छ : आईजीपी केसी

१ मंसिर, काठमाडौं । अपराध अनुसन्धानमा आधुनिक प्रविधि र वैज्ञानिक अनुसन्धान अपरिहार्य रहेको प्रहरी महानिरीक्षक (आईजीपी) डा. मनोज केसीले बताएका छन् । अपराध अनुसन्धान विभागको ७१औं स्थापना दिवसको अवसरमा आयोजित एक दिवसीय कार्यशाला गोष्ठीको उद्घाट गर्दै …

#अनुसन्धान #अपराध #केसी
Compare →
Arthasansar
22h ago
निर्जीवन बीमा कम्पनीको वित्तीय अवस्था : खुद नाफा १ अर्ब बढीले ऋणात्मक, कुन कम्पनीको नाफा घाटा कति ?

निर्जीवन बीमा कम्पनीको वित्तीय अवस्था : खुद नाफा १ अर्ब बढीले ऋणात्मक, कुन कम्पनीको नाफा घाटा कति ?

चालु आर्थिक वर्षको  पहिलो त्रैमासिकसम्मको अवधिमा निर्जीवन बीमा कम्पनीहरुको वित्तीय अवस्था निकै कमजोर बन्न पुगेको छ । कम्पनीहरुले सार्वजनिक गरेको...

#वित्तीय
Compare →
Ekantipur
1d ago
‘बाटुलो जून’ आदर्श प्रेमकथा हो : भुवन केसी

‘बाटुलो जून’ आदर्श प्रेमकथा हो : भुवन केसी

अभिनेता तथा निर्देशक भुवन केसीको नयाँ फिल्म ‘बाटुलो जून’ यतिबेला प्रदर्शनरत छ । केसीले यो फिल्मले पुरानो समयको प्रेम, ग्रामीण जीवन, सामाजिक विविधता र परिवारभित्रको भावनात्मक सम्बन्धलाई कथाको केन्द्रमा राखेको बताए ।

#केसी
Compare →

Related Stories

Technology
Build #2612