Trending
Prev Story
Next Story

आधुनिक प्रविधि र वैज्ञानिक अनुसन्धान अपरिहार्य छ : आईजीपी केसी

Onlinekhabar •
November 17, 2026 • 06:01 AM
3
3 reads 0 reactions

१ मंसिर, काठमाडौं । अपराध अनुसन्धानमा आधुनिक प्रविधि र वैज्ञानिक अनुसन्धान अपरिहार्य रहेको प्रहरी महानिरीक्षक (आईजीपी) डा. मनोज केसीले बताएका छन् । अपराध अनुसन्धान विभागको ७१औं स्थापना दिवसको अवसरमा आयोजित एक दिवसीय कार्यशाला गोष्ठीको उद्घाट गर्दै …

आधुनिक प्रविधि र वैज्ञानिक अनुसन्धान अपरिहार्य छ : आईजीपी केसी

१ मंसिर, काठमाडौं । अपराध अनुसन्धानमा आधुनिक प्रविधि र वैज्ञानिक अनुसन्धान अपरिहार्य रहेको प्रहरी महानिरीक्षक (आईजीपी) डा. मनोज केसीले बताएका छन् ।

अपराध अनुसन्धान विभागको ७१औं स्थापना दिवसको अवसरमा आयोजित एक दिवसीय कार्यशाला गोष्ठीको उद्घाट गर्दै आईजीपी केसीले भने, ‘ वित्तीय अपराधको बदलिँदो स्वरूप, अनुसन्धानमा प्रविधिको बढ्दो प्रयोग तथा यसबाट सिर्जित चुनौतीहरूलाई सम्बोधन गर्न आधुनिक प्रविधि र वैज्ञानिक अनुसन्धान पद्धतिको अवलम्बन अपरिहार्य रहेको छ ।’

‘आधुनिक प्रविधि र वैज्ञानिक अनुसन्धान: वित्तीय अपराध रोकथाम नेपाल प्रहरीको मूल अभियान’ भन्ने नाराका साथ आयोजित उक्त कार्यशालाको मुख्य विषयवस्तु ‘वित्तीय अपराध अनुसन्धान: प्रमाण सङ्कलनदेखि फैसलासम्म’ रहेको छ ।

कार्यक्रममा एआईजीहरू, डीआईजीहरू, अपराध अनुसन्धानकर्ता, अभियोजनकर्ता, वित्तीय नियामक निकायका प्रतिनिधि, बैंक तथा वित्तीय संस्था एवं दूरसञ्चार सेवा प्रदायक संस्थाका प्रतिनिधिहरूलगायत विभिन्न सरोकारवाला निकायका पदाधिकारीहरूको उपस्थिति रहेको थियो ।

कार्यशालाबाट वित्तीय अपराध अनुसन्धानका विद्यमान चुनौतीहरूको वस्तुनिष्ठ विश्लेषण हुनुका साथै प्रमाण संकलन, विश्लेषण, अभियोजन तथा न्यायिक निरूपणसम्मका प्रक्रियालाई थप प्रभावकारी बनाउने उपायहरू पहिचान हुने विश्वास आईजीपी कार्कीले व्यक्त गरे ।

वित्तीय अपराध नियन्त्रण तथा अनुसन्धानलाई परिणाममुखी बनाउन सम्बन्धित सरकारी निकाय, नियामक संस्था, बैंक तथा वित्तीय संस्था, दूरसञ्चार सेवा प्रदायक र अन्य सरोकारवाला निकायबीचको समन्वय, सहकार्य र सूचनाको प्रभावकारी आदानप्रदानलाई थप सुदृढ बनाउनुपर्नेमा जोड दिए ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 3 other independent news outlets reported on this story.

3 Publications
Hamro Patro News
1h ago
वित्तीय अपराधका चुनौती सामना गर्न आधुनिक प्रविधि र वैज्ञानिक अनुसन्धानमा आईजीपीको जोड

वित्तीय अपराधका चुनौती सामना गर्न आधुनिक प्रविधि र वैज्ञानिक अनुसन्धानमा आईजीपीको जोड

काठमाडौं । प्रहरी महानिरीक्षक डा. मनोजकुमार केसीले वित्तीय अपराधको बदलिँदो स्वरूप, अनुसन्धानमा प्रविधिको बढ्दो प्रयोग तथा यसबाट सिर्जित चुनौतीहरूलाई सम्बोधन गर्न आधुनिक प्रविधि र वैज्ञानिक अनुसन्धा...

#अनुसन्धान #अपराध #आधुनिक
Compare →
Nagarik News
4d ago
अनुसन्धान तथा नवप्रवर्तन केन्द्र स्थापनाका लागि विज्ञसँग सुझाव माग्दै मन्त्री पुन

अनुसन्धान तथा नवप्रवर्तन केन्द्र स्थापनाका लागि विज्ञसँग सुझाव माग्दै मन्त्री पुन

विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनले विभिन्न विषयमा अनुसन्धान तथा नवप्रवर्तन केन्द्र स्थापना र सञ्चालनका लागि विज्ञ वैज्ञानिक तथा अनुसन्धानकर्तासँग सुझाव मागेका छन्।

#अनुसन्धान
Compare →
Ekantipur
1w ago
एनभिडियाका सीईओमाथि अनुसन्धान

एनभिडियाका सीईओमाथि अनुसन्धान

राष्ट्रिय सुरक्षा वा गोप्य सूचना चुहावटको प्रमाण नदेखिए पनि चीनसँगको कारोबारबारे अमेरिकी सांसदहरूले सीईओसँग जवाफ मागेका छन्।

#अनुसन्धान
Compare →

Related Stories

Technology
Build #2612