Trending
Prev Story
Next Story

एनभिडियाका सीईओमाथि अनुसन्धान

Ekantipur •
November 09, 2026 • 07:32 AM
1
1 reads 0 reactions

राष्ट्रिय सुरक्षा वा गोप्य सूचना चुहावटको प्रमाण नदेखिए पनि चीनसँगको कारोबारबारे अमेरिकी सांसदहरूले सीईओसँग जवाफ मागेका छन्।

एनभिडियाका सीईओमाथि अनुसन्धान

राष्ट्रिय सुरक्षा वा गोप्य सूचना चुहावटको प्रमाण नदेखिए पनि चीनसँगको कारोबारबारे अमेरिकी सांसदहरूले सीईओसँग जवाफ मागेका छन्।

काठमाडौँ — अमेरिकी चिप निर्माता कम्पनी एनभिडियाले प्रमुख कार्यकारी अधिकृत (सीईओ) जेनसेन हुआङमाथि अनुसन्धान थालेको छ । चिनियाँ गुप्तचर निकायका लागि काम गरेको आरोप लागेकी महिलासँग अन्तरंग सम्बन्ध रहेको हुआङले स्वीकार गरेपछि कम्पनीको सञ्चालक समितिले अनुसन्धान अघि बढाएको अलजजिरा ले उल्लेख गरेकाे छ ।

आइतबार जारी विज्ञप्तिमा कम्पनीले स्वतन्त्र सञ्चालकहरूको समितिले बाह्य कानुनी सल्लाहकारको सहयोगमा अनुसन्धान गर्ने जनाएको छ । राष्ट्रिय सुरक्षा वा कम्पनीका गोप्य सूचना चुहिएको कुनै आधार नरहेको जनाउँदै समितिले उपलब्ध सबै सूचनाको अध्ययन गर्ने बताएको छ । अनुसन्धान अवधिमा पनि हुआङले नै कम्पनीको नेतृत्व गर्नेछन् ।

गत अक्टोबर २९ मा न्युयोर्क टाइम्सले एलिस हुआङ वा हुआङ ले नामकी चिनियाँ महिलाले एनभिडियाको प्रविधिबारे सूचना प्राप्त गर्ने उद्देश्यले जेनसेनसँग निकट सम्बन्ध बनाउन खोजेको समाचार प्रकाशित गरेको थियो । उनी चिनियाँ गुप्तचर निकायका लागि काम गरेको आशंका गरिएको छ । तर, वासिङ्टनस्थित चिनियाँ दूतावासले जासुसीको आरोप अस्वीकार गरेको छ ।

न्युयोर्क टाइम्सका अनुसार एलिस कार्यरत मेगास्पिड एनभिडियाको ठूलो खरिदकर्ता हो । उक्त कम्पनीले एनभिडियाबाट करिब ४ अर्ब ८० करोड डलरका उपकरण खरिद गरेको थियो । एलिससँग पारिवारिक सम्बन्ध नरहेको जेनसेनले स्पष्ट पारेका छन् ।

विवाद सार्वजनिक भएपछि अमेरिकी संसद्‌मा दुवै दलका सांसदले एनभिडियाको चीनसँगको कारोबार र राष्ट्रिय सुरक्षामा पर्न सक्ने असरबारे प्रश्न उठाएका छन् । डेमोक्र्याटिक सिनेटर एलिजाबेथ वारेनले एनभिडिया र उसका सीईओले संसद्‌लाई जवाफ दिनुपर्ने बताएकी छन् । रिपब्लिकन सांसदहरूले पनि नोभेम्बर १८ मा संसद्‌मा उपस्थित भएर बयान दिन हुआङलाई आग्रह गरेका छन् ।

यसैबीच, हुआङले आइतबार कर्मचारीलाई पठाएको इमेलमा पत्नीप्रति बेइमानी गरेको स्वीकार गरेका छन् । उनले आफ्नो सम्बन्धका कारण पत्नी र सन्तानलाई चोट पुगेको भन्दै त्यसको कुनै बहाना नरहेको बताएका छन् ।

चीन र अमेरिकाबीच कृत्रिम बौद्धिकता (एआई) लगायतका प्रविधिमा प्रभुत्व जमाउने प्रतिस्पर्धा चलिरहेका बेला यो विवाद सार्वजनिक भएको हो । एआई प्रविधिको विस्तारसँगै एनभिडियाका चिपको माग बढेको छ । ओपनएआई, एन्थ्रोपिक, मेटा र गुगलजस्ता कम्पनीले विकास गरेका ठूला भाषा मोडलका लागि एनभिडियाले चिप उत्पादन गर्दै आएको छ ।

अमेरिकाले चीनको प्रविधि र सैन्य क्षमता विस्तार हुन सक्ने आशंकामा उन्नत चिप निर्यातमा प्रतिबन्ध लगाउँदै आएको छ । सन् २०२५ मा दोस्रोपटक राष्ट्रपति बनेका डोनाल्ड ट्रम्पसँग पनि हुआङले निकट रहेर काम गर्दै आएका छन् ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 2 other independent news outlets reported on this story.

2 Publications
Hamro Patro News
3h ago
नेपालमै ड्रोन, इलेक्ट्रोनिक्स र बायोमेडिकल अनुसन्धान केन्द्र खोल्दै सरकार

नेपालमै ड्रोन, इलेक्ट्रोनिक्स र बायोमेडिकल अनुसन्धान केन्द्र खोल्दै सरकार

काठमाडौँ । सरकारले विज्ञान, प्रविधि, अनुसन्धान तथा नवप्रवर्तनको क्षेत्रलाई प्रोत्साहन गर्ने उद्देश्यले विभिन्न प्राविधिक क्षेत्रमा विशिष्टीकृत अनुसन्धान तथा नवप्रवर्तन केन्द्र स्थापना गर्न अवधारणाप...

#अनुसन्धान
Compare →
Nagarik News
14h ago
अनुसन्धान तथा नवप्रवर्तन केन्द्र स्थापनाका लागि विज्ञसँग सुझाव माग्दै मन्त्री पुन

अनुसन्धान तथा नवप्रवर्तन केन्द्र स्थापनाका लागि विज्ञसँग सुझाव माग्दै मन्त्री पुन

विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनले विभिन्न विषयमा अनुसन्धान तथा नवप्रवर्तन केन्द्र स्थापना र सञ्चालनका लागि विज्ञ वैज्ञानिक तथा अनुसन्धानकर्तासँग सुझाव मागेका छन्।

#अनुसन्धान
Compare →

Related Stories

Technology
Build #2611