Trending
Prev Story
Next Story

आजदेखि उपत्यकामा स्वस्थ मासुमा छाप लगाउन थालियो

Nagarik News •
November 17, 2026 • 08:21 AM
2
2 reads 0 reactions

कृषि, वन तथा पर्यावरण मन्त्रालयले पशु बधशाला तथा मासु जाँच ऐनको कार्यान्वयन सुरु गरेको छ।

आजदेखि उपत्यकामा स्वस्थ मासुमा छाप लगाउन थालियो

कृषि, वन तथा पर्यावरण मन्त्रालयले पशु बधशाला तथा मासु जाँच ऐनको कार्यान्वयन सुरु गरेको छ।

आम उपभोक्ताको स्वास्थ्यसँग प्रत्यक्ष जोडिएको मासुजन्य खाद्य पदार्थको स्वच्छता, गुणस्तर र सुरक्षा सुनिश्चित गर्ने उद्देश्यले मन्त्रालयले ऐन कार्यान्वयनलाई प्राथमिकताका साथ अघि बढाएको हो।

आजदेखि काठमाडौं उपत्यकाका तीन जिल्लाका विभिन्न स्थानमा पशु बधशाला तथा मासु जाँच ऐन कार्यान्वयनमा ल्याइएको हो। पहिलो चरणमा काठमाडौं उपत्यकाबाट स्वस्थ मासुमा छाप लगाउने कार्य सुरु गरिएको छ।

कृषि, वन तथा पर्यावरण मन्त्री गिता चौधरीले पशु बधशाला तथा मासु जाँच ऐन, २०५५ को संशोधन गरी कार्यान्वयनमा ल्याएकी हुन्। मन्त्री चौधरीले मासुको स्वच्छता र गुणस्तर केवल खाद्य पदार्थको विषय मात्र नभइ नागरिकको जीवन र स्वास्थ्यसँग प्रत्यक्ष जोडिएको महत्वपूर्ण विषय भएको बताइन्।

उनले भनिन्, 'नागरिकले उपभोग गर्ने मासु स्वच्छ, स्वस्थ र गुणस्तरीय हुनुपर्छ। यो विषय आम नागरिकको जीवन र प्रत्यक्ष स्वास्थ्यसँग जोडिएको छ। त्यसैले पशु बधशाला तथा मासु जाँच ऐनलाई प्रभावकारी रूपमा कार्यान्वयनमा ल्याइएको हो। यसको कार्यान्वयनलाई सुरुवातमा मात्र सीमित नराखी निरन्तरता दिने हाम्रो योजना छ।'

कुखुरा, राँगा र खसीको मासु परीक्षण गरी स्वस्थ मासुमा छाप लगाउने कार्यबाट यसको सुरुवात गरिएको हो।

ऐनको प्रभावकारी कार्यान्वयनका लागि सम्बन्धित स्थानीय तहले नियमित अनुगमन तथा निरीक्षण गर्ने छन्। यसबाट मासुको स्वच्छता र गुणस्तर कायम गर्न तथा उपभोक्ताको स्वास्थ्य सुरक्षामा सहयोग पुग्ने अपेक्षा गरिएको छ।

प्रकाशित: १ मंसिर २०८३ १४:०६ मंगलबार

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 4 other independent news outlets reported on this story.

4 Publications
Hamro Patro News
1h ago
उपत्यकामा स्वस्थ मासुमा छाप लगाउन थालियो

उपत्यकामा स्वस्थ मासुमा छाप लगाउन थालियो

काठमाडौं । काठमाडौं उपत्यकामा स्वस्थ मासुमा छाप लगाउने कार्य सुरु गरिएको छ । उपभोक्ताले स्वच्छ, सुरक्षित र गुणस्तरीय मासु उपभोग गर्न पाउने व्यवस्था सुनिश्चित गर्ने उद्देश्यले कृषि, वन तथा पर्यावरण...

#मासु #उपत्यका #स्वस्थ
Compare →
Onlinekhabar
7h ago
अब छाप हेरेर मात्रै मासु किन्नुहोला, उपत्यकामा आजदेखि ‘मासु जाँच ऐन’ लागु

अब छाप हेरेर मात्रै मासु किन्नुहोला, उपत्यकामा आजदेखि ‘मासु जाँच ऐन’ लागु

१ मंसिर, काठमाडौं । आज १ मंसिरदेखि काठमाडौं उपत्यकाका तीन वटै जिल्ला (काठमाडौं, ललितपुर र भक्तपुर) का सम्पूर्ण स्थानीय तहमा ‘पशु वधशाला तथा मासु जाँच ऐन २०५५’ औपचारिक रूपमा लागु भएको छ । उपभोक्तालाई स्वच्छ, स्वस्थ …

#मासु #आजदेखि #उपत्यका
Compare →
Ekantipur
54m ago
मासु जाँच ऐन लागू, उपत्यकामा एकै दिन ४३ हजार किलो परीक्षण

मासु जाँच ऐन लागू, उपत्यकामा एकै दिन ४३ हजार किलो परीक्षण

वधशालामा पशु वध गर्नुअघि स्वास्थ्य परीक्षण र वधपछि पनि मासु परीक्षण गरेर उपभोगयोग्य छाप लगाई बिक्री गर्ने व्यवस्था छ ।

#मासु #पशु #उपत्यका
Compare →
Bizshala
5h ago
काठमाडौं उपत्यकामा आजदेखि पशु वधशाला तथा मासु जाँच ऐन लागू

काठमाडौं उपत्यकामा आजदेखि पशु वधशाला तथा मासु जाँच ऐन लागू

काठमाडौं । काठमाडौं उपत्यकाका तीनवटै जिल्ला काठमाडौं, ललितपुर र भक्तपुरका सबै स्थानीय तहमा आजदेखि ‘पशु वधशाला तथा मासु...

#मासु #आजदेखि #उपत्यका
Compare →

Related Stories

Health & Wellness
Build #2612