Trending
Prev Story
Next Story

अर्घाखाँचीमा गोठमा आगलागी हुँदा एक महिला घाइते

Onlinekhabar •
November 17, 2026 • 06:31 AM
1
1 reads 0 reactions

१ मंसिर, अर्घाखाँची । अर्घाखाँचीको सन्धिखर्क नगरपालिका–१२ सल्लीकोटमा गोठमा आगलागी हुँदा एक महिला घाइते भएकी छन् । मंगलबार बिहान करिब ८ बजे स्थानीय ६३ वर्षीया टोमकला बस्यालको टिनले छाएको कच्ची गोठमा अचानक आगलागी भएको हो । …

अर्घाखाँचीमा गोठमा आगलागी हुँदा एक महिला घाइते

१ मंसिर, अर्घाखाँची । अर्घाखाँचीको सन्धिखर्क नगरपालिका–१२ सल्लीकोटमा गोठमा आगलागी हुँदा एक महिला घाइते भएकी छन् ।

मंगलबार बिहान करिब ८ बजे स्थानीय ६३ वर्षीया टोमकला बस्यालको टिनले छाएको कच्ची गोठमा अचानक आगलागी भएको हो ।

आगलागीका बेला गोठमा बाँधिएको भैँसी फुकाउने क्रममा बस्यालको अनुहार र दायाँ हात जलेको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका सूचना अधिकारी प्रहरी निरिक्षक जीवन लामिछानेले बताए ।

घाइते बस्याललाई तत्काल उद्धार गरी उपचारका लागि जिल्ला अस्पताल सन्धिखर्क पठाइएको थियो ।

सन्धिखर्कमा सामान्य उपचार पछि थप उपचारका लागि भैरहवा मेडिकल कलेजमा रिफर गरिएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी लामिछानेले जानकारी दिएका छन् ।

आगलागीको खबर प्राप्त हुनासाथ प्रहरी चौकी अर्घा तथा जिल्ला प्रहरी कार्यालयबाट प्रहरी टोली घटनास्थल पुगेको थियो ।

गोठमा लागेको आगो नियन्त्रणमा लिन दमकल, प्रहरी र स्थानीयवासी परिचालित भएका थिए ।

आगलागीको कारण खुल्न सकेको छैन भने गोठ तथा त्यहाँ रहेका सामग्रीमा भएको क्षतिको विवरणसमेत आउन बाँकी रहेको प्रहरीले जनाएको छ ।

आगलागीबाट भएको क्षतिको थप विवरण संकलन भइरहेको प्रहरीको भनाइ छ ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 3 other independent news outlets reported on this story.

3 Publications
Ekantipur
48m ago
अर्घाखाँचीमा गाेठमा आगलागी हुँदा महिला घाइते

अर्घाखाँचीमा गाेठमा आगलागी हुँदा महिला घाइते

टिनकाे छानाे भएको कच्ची गाेठमा आगालागी हुँदा उनी घाइते भएकी हुन् । अर्घाखाँची अस्पताल उनको उपचार भइरहेको छ ।

#अर्घाखाँची #घाइते #आगलागी
Compare →
Hamro Patro News
13h ago
काठमाडौँको गुहेश्वरीस्थित महादेव होटलमा आगलागी

काठमाडौँको गुहेश्वरीस्थित महादेव होटलमा आगलागी

काठमाडौँ । काठमाडौँको गुहेश्वरीस्थित महादेव होटलमा आगलागी भएको छ । सोमबार राति १०ः३० बजेबाट आगलागी सुरु भएको हो । आगलागी नियन्त्रणका लागि नेपाली सेना र नेपाल प्रहरीका दमकल घटनास्थलमा पुगिसकेका छन्...

#आगलागी
Compare →
Nagarik News
19h ago
२४ घण्टामा ६ सवारी दुर्घटना: ११ जनाको मृ’त्यु, ५ घाइते

२४ घण्टामा ६ सवारी दुर्घटना: ११ जनाको मृ’त्यु, ५ घाइते

देशका पाँच जिल्लामा भएका छुट्टाछुट्टै सवारी दुर्घटनामा ११ जनाको मृत्यु भएको छ भने ५ जना घाइते भएका छन्।

#घाइते
Compare →

Related Stories

Health & Wellness
Build #2612