Trending
Prev Story
Next Story

मंसिर ९ देखि लैङ्गिक हिंसाविरुद्ध १६ दिने अभियान

Onlinekhabar •
November 17, 2026 • 06:31 AM
6
6 reads 0 reactions

१ मंसिर, काठमाडौं । लैङ्गिक हिंसाविरुद्ध जनचेतना अभिवृद्धि, पीडितको संरक्षण र न्यायमा पहुँच सुनिश्चित गर्ने उद्देश्यले यस वर्ष पनि लैङ्गिक हिंसाविरुद्धको १६ दिने अभियान सञ्चालन हुने भएको छ । हरेक वर्ष नोभेम्बर २५ देखि डिसेम्बर १० …

मंसिर ९ देखि लैङ्गिक हिंसाविरुद्ध १६ दिने अभियान

१ मंसिर, काठमाडौं । लैङ्गिक हिंसाविरुद्ध जनचेतना अभिवृद्धि, पीडितको संरक्षण र न्यायमा पहुँच सुनिश्चित गर्ने उद्देश्यले यस वर्ष पनि लैङ्गिक हिंसाविरुद्धको १६ दिने अभियान सञ्चालन हुने भएको छ ।

हरेक वर्ष नोभेम्बर २५ देखि डिसेम्बर १० सम्म सञ्चालन हुने अन्तर्राष्ट्रिय अभियान यस वर्ष सन् २०२६ नोभेम्बर २५ देखि डिसेम्बर १० अर्थात् २०८३ मंसिर ९ देखि २४ गतेसम्म सञ्चालन हुनेछ ।

यस वर्षको अन्तर्राष्ट्रिय नारा ‘UNiTE to End Violence Against Women and Girls: Ensure justice, protect survivors, end impunity’ रहेको छ । यसको नेपाली भावार्थ महिलाहरू तथा बालिकाविरुद्ध हुने हिंसा अन्त्यका लागि एकजुट हुँदै न्याय सुनिश्चित गर्ने, पीडितको संरक्षण गर्ने र दण्डहीनताको अन्त्य गर्ने भन्ने छ ।

त्यसैगरी, नेपालमा यस वर्षको राष्ट्रिय नारा ‘लैङ्गिक हिंसा अन्त्यका लागि ऐक्यबद्धता : पीडितको संरक्षण, दण्डहीनताको अन्त्य र न्यायको सुनिश्चितता’ तय गरिएको छ ।

अभियानले महिला तथा बालिकामाथि हुने सबै प्रकारका लैङ्गिक हिंसाविरुद्ध सामूहिक प्रतिबद्धता र ऐक्यबद्धता अभिवृद्धि गर्ने लक्ष्य राखेको छ । साथै, हिंसापीडित तथा प्रभावितको सुरक्षा, सम्मान र न्याय सुनिश्चित गर्नुपर्ने आवश्यकतालाई प्राथमिकता दिएको छ ।

लैङ्गिक हिंसा अन्त्यका लागि राज्यका निकाय, नागरिक समाज, समुदाय तथा सबै सरोकारवालाको साझा प्रयास, जिम्मेवारी र सक्रिय सहभागिता आवश्यक रहेको सन्देश अभियानले प्रवाह गर्नेछ ।

अभियानका क्रममा लैङ्गिक हिंसाविरुद्ध जनचेतना फैलाउने, पीडितको संरक्षण सुनिश्चित गर्ने तथा हिंसाका घटनामा दण्डहीनताको अन्त्य गरी न्यायमा पहुँच स्थापित गर्ने विषयमा जोड दिइनेछ ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 5 other independent news outlets reported on this story.

5 Publications
Nagarik News
1d ago
लैङ्गिक हिंसा अन्त्यका लागि मंसिर ९ गतेदेखि १६ दिने अभियान सञ्चालन हुँदै

लैङ्गिक हिंसा अन्त्यका लागि मंसिर ९ गतेदेखि १६ दिने अभियान सञ्चालन हुँदै

हिंसाका घटनामा दण्डहीनताको अन्त्य गर्दै न्यायमा पहुँच स्थापित गर्ने उद्देश्यसहित यस वर्ष पनि लैङ्गिक हिंसाविरुद्धको १६ दिने अभियान सञ्चालन हुने भएको छ।

#लैङ्गिक #हिंसाविरुद्ध #अभियान
Compare →
Hamro Patro News
1d ago
बजाजको ‘गेम अफ पावर’ अफर मंसिर ४ गतेसम्म मात्रै

बजाजको ‘गेम अफ पावर’ अफर मंसिर ४ गतेसम्म मात्रै

काठमाडौं । बजाज नेपालको ‘बजाज गेम अफ पावर – खेल्ने हो ?’ अभियानको अवधि मंसिर ४ गते समाप्त हुने भएको छ । एक लाख रुपैयाँसम्मको पक्का पुरस्कार, रोमाञ्चक खेल गतिविधि तथा नेपालका चर्चित खेलाडीहरूसँग भेट...

#मंसिर #अभियान
Compare →
Bizshala
5h ago
अभियान इन्भेस्टमेन्ट ग्रुपले १० प्रतिशत बोनस र १० प्रतिशत नगद लाभांश दिने

अभियान इन्भेस्टमेन्ट ग्रुपले १० प्रतिशत बोनस र १० प्रतिशत नगद लाभांश दिने

काठमाडौँ । अभियान इन्भेस्टमेन्ट ग्रुप अफ नेपाल लिमिटेडले सेयरधनीलाई १० प्रतिशत सेयर लाभांश र १० प्रतिशत नगद लाभांश...

#अभियान #दिने
Compare →
Arthasansar
1h ago
‘सिटिजन्स सुपर ५०’ को इकाईमा आजदेखि आवेदन खुला

‘सिटिजन्स सुपर ५०’ को इकाईमा आजदेखि आवेदन खुला

सिटिजन्स क्यापिटल लिमिटेडले सिटिजन्स म्युचुअल फण्ड अन्तर्गत आज (मंसिर २ गते) देखि सिटिजन्स सुपर ५० निष्काशन तथा बिक्री खुला गरेको...

#मंसिर #देखि
Compare →
Ekantipur
4h ago
सन् २०२७ देखि पर्वतीय जलवायु कार्यक्रम सञ्चालन गर्न नेपालको प्रस्ताव

सन् २०२७ देखि पर्वतीय जलवायु कार्यक्रम सञ्चालन गर्न नेपालको प्रस्ताव

नेपालले सन् २०२७ देखि कार्यक्रम सुरु गर्न, कार्यान्वयन विधि स्पष्ट पार्न र पर्वतीय जलवायु वित्तका विशेष सूचक निर्धारण गर्न प्रस्ताव गर्नेछ।

#देखि
Compare →

Related Stories

Technology
Build #2612