काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का रवि लामिछाने शुक्रबार निजी भ्रमणका लागि भारत प्रस्थान गर्ने भएका छन्। लामिछानको निजी सचिवालयका अनुसार, उनी धनगढी हुँदै भारत जाने छन्।
लामिछानेले भारतको उत्तराखण्ड, नैनीतालस्थित कैँचीधाम र आसामको गुवाहाटीस्थित कामाख्या मन्दिरमा सपरिवार पूजाआजा गर्ने कार्यक्रम रहेको उनको सचिवालयले जानकारी दिएको छ। तीन दिने धार्मिक तथा पारिवारिक भ्रमण पूरा गरेर रवि लामिछाने स्वदेश फर्किने छन्।
Read full story at source ( annapurnapost.com )