Trending
Prev Story
Next Story

प्रोटोन ई.मास ५ बन्यो मलेसियाको सर्वाधिक बिक्री हुने ईभी

Ekantipur •
November 16, 2026 • 01:02 PM
3
3 reads 0 reactions

अक्टोबरमा प्रोटोन ई.मास ५ का २,२६२ वटा सवारी दर्ता भएका छन्, जसले मलेसियाको कुल ईभी बजारको ४९.३ प्रतिशत हिस्सा ओगटेको कम्पनीले जारी गरेकाे विज्ञप्तिमा उल्लेख छ।

प्रोटोन ई.मास ५ बन्यो मलेसियाको सर्वाधिक बिक्री हुने ईभी

अक्टोबरमा प्रोटोन ई.मास ५ का २,२६२ वटा सवारी दर्ता भएका छन्, जसले मलेसियाको कुल ईभी बजारको ४९.३ प्रतिशत हिस्सा ओगटेको कम्पनीले जारी गरेकाे विज्ञप्तिमा उल्लेख छ।

काठमाडौँ — मलेसियाको विद्युतीय सवारी बजारमा प्रोटोन ई.मास ५ ले अक्टोबर २०२६ मा उल्लेखनीय सफलता हासिल गरेको छ। समग्र ईभी दर्तामा गिरावट आए पनि यस मोडलले सर्वाधिक दर्ता हुने विद्युतीय सवारीको स्थान हासिल गर्दै बजारमा आफ्नो अग्रता कायम गरेको कम्पनीले जनाएकाे छ।

अक्टोबरमा प्रोटोन ई.मास ५ का २,२६२ वटा सवारी दर्ता भएका छन्, जसले मलेसियाको कुल ईभी बजारको ४९.३ प्रतिशत हिस्सा ओगटेको कम्पनीले जारी गरेकाे विज्ञप्तिमा उल्लेख छ।

उक्त महिनामा मलेसियामा कुल ४,५९२ वटा विद्युतीय सवारी दर्ता भएका थिए, जुन सेप्टेम्बरको तुलनामा २३.८ प्रतिशतले कम र गत फेब्रुअरीयताकै सबैभन्दा न्यून मासिक दर्ता हो। यसैगरी, प्रोटोन ई.मास ७ का ५५४ वटा सवारी दर्ता भएका छन्। यी दुई मोडलको संयुक्त दर्ता कुल ईभी दर्ताको ६१.३ प्रतिशत रहेको कम्पनीकाे भनाइ छ।

अक्टोबरमा हाइब्रिड सवारीको दर्ता संख्या ५,०२३ पुगेको छ, जुन यस वर्ष दोस्रो पटक पूर्ण विद्युतीय सवारीको दर्ताभन्दा बढी रहेकाे विज्ञप्तिमा उल्लेख  छ ।

मलेसियामा ई.मास ५ ले हासिल गरेको यो सफलताले प्रोटोनको विद्युतीय सवारीप्रतिको बढ्दो बजार उपस्थितिलाई प्रतिबिम्बित गर्छ।

नेपालमा शंकर ग्रुपअन्तर्गतको जगदम्बा मोटर्स प्रालिले प्रोटोनको आधिकारिक वितरकका रूपमा यसका विद्युतीय सवारी नेपाली उपभोक्तामाझ उपलब्ध गराउँदै आएको छ ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 4 other independent news outlets reported on this story.

4 Publications
Nagarik News
5h ago
प्रोटोन ई.मास ५ बन्यो मलेसियाको सर्वाधिक बिक्री हुने ईभी, ओगट्यो झण्डै आधा बजार

प्रोटोन ई.मास ५ बन्यो मलेसियाको सर्वाधिक बिक्री हुने ईभी, ओगट्यो झण्डै आधा बजार

अक्टोबर महिनामा प्रोटोन ई.मास ५ का २,२६२ वटा सवारी दर्ता भएका छन्, जसले मलेसियाको कुल ईभी बजारको ४९.३ प्रतिशत हिस्सा ओगटेको छ।

#प्रोटोन #मास #मलेसिया
Compare →
Bizshala
1d ago
मलेसियाको ईभी बजारमा प्रोटोन ई.मास ५ को दबदबा, एक्लैले कब्जा गर्‍यो झण्डै आधा बजार

मलेसियाको ईभी बजारमा प्रोटोन ई.मास ५ को दबदबा, एक्लैले कब्जा गर्‍यो झण्डै आधा बजार

काठमाण्डौ । मलेसियाको विद्युतीय सवारीसाधन (ईभी) बजारमा प्रोटोन ई.मास ५ ले शानदार प्रदर्शन गरेको छ। समग्र ईभी बजारमा...

#प्रोटोन #मास #मलेसिया
Compare →
Onlinekhabar
3d ago
प्रोटोन ई.मास ५ दुई अन्तर्राष्ट्रिय अवार्डबाट सम्मानित

प्रोटोन ई.मास ५ दुई अन्तर्राष्ट्रिय अवार्डबाट सम्मानित

२७ कात्तिक, काठमाडौं । प्रोटोन ‘ई.मास ५’ ले मलेसियामा आयोजित कारलिस्ट डट एमवाई पिपल्स एन्ड एडिटर्स च्वाइस अवार्ड्स २०२६ मा दुई प्रतिष्ठित अवार्ड जित्दै आफ्नो विद्युतीय सवारी यात्रामा अर्को महत्त्वपूर्ण उपलब्धि हासिल गरेको छ । ई.मास …

#प्रोटोन #मास #मलेसिया
Compare →
Hamro Patro News
4d ago
भीमफेदी ईभी दुर्घटनाका ११ मृतक र ६ घाइतेको पहिचान खुल्यो

भीमफेदी ईभी दुर्घटनाका ११ मृतक र ६ घाइतेको पहिचान खुल्यो

२६ कात्तिक, हेटौंडा । मकवानपुरको भीमफेदी गाउँपालिकास्थित चिसापानी गढीमा आज बिहान भएको ईभी हाइस दुर्घटनामा मृत्यु भएका ११ जनाकै पहिचान खुलेको छ । दुर्घटनामा परेको मधेश प्रदेश ०३–००१ ज ०८८० नम्बरको ...

#ईभी
Compare →

Related Stories

Business & Economy
Build #2612