Trending
Prev Story
Next Story

अमेरिकासँग कुरा नमिले चीनसँग सहकार्य हुनसक्छ : कार्नी

Ekantipur •
November 16, 2026 • 05:32 AM
3
3 reads 0 reactions

गत जनवरीमा क्यानाडाले चिनियाँ विद्युतीय सवारीसाधनमा लाग्ने भन्सार शुल्क १०० प्रतिशतबाट घटाएर ६.१ प्रतिशत कायम गरेको थियो

अमेरिकासँग कुरा नमिले चीनसँग सहकार्य हुनसक्छ : कार्नी

गत जनवरीमा क्यानाडाले चिनियाँ विद्युतीय सवारीसाधनमा लाग्ने भन्सार शुल्क १०० प्रतिशतबाट घटाएर ६.१ प्रतिशत कायम गरेको थियो

नो पेन्ह — अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँगको व्यापार वार्ताबाट क्यानाडाको अटो उद्योगको संरक्षण सुनिश्चित नभए चीनसहित अन्य मुलुकका सवारीसाधन निर्माता कम्पनीसँग सहकार्य गर्न सकिने प्रधानमन्त्री मार्क कार्नीले बताएका छन् ।

सोमबार कम्बोडियामा पत्रकारहरूसँग कुरा गर्दै उनले अमेरिकासँगको वार्ता आफ्नो प्राथमिकता भए पनि त्यसको परिणामले युरोपेली, चिनियाँ वा जापानी कम्पनीसँग सहकार्य गर्ने विकल्प तय गर्ने बताए।

अमेरिकी व्यापार नीतिका कारण क्यानाडा, अमेरिका र मेक्सिकोबीचको एकीकृत अटो उद्योग प्रभावित भएको उनको भनाइ छ।

कार्नीका अनुसार क्यानाडामा हुने चिनियाँ लगानी आयातित पार्टपुर्जा जोडेर सवारीसाधन बनाउनेमा मात्र सीमित हुनु हुँदैन। क्यानाडामै उत्पादन केन्द्र, रोजगारी, उचित श्रम मापदण्ड र स्वदेशी आपूर्ति शृङ्खलाको विकास हुनुपर्नेमा उनले जोड दिए।

विद्युतीय सवारीसाधन (इभी) मा प्रयोग हुने क्यानाडाका महत्त्वपूर्ण खनिजलाई पनि उत्पादनमा समेट्नुपर्ने उनको भनाइ छ। गत जनवरीमा क्यानाडाले चिनियाँ विद्युतीय सवारीसाधनमा लाग्ने भन्सार शुल्क १०० प्रतिशतबाट घटाएर ६.१ प्रतिशत कायम गरेको थियो।

सुरुमा वार्षिक ४९ हजार सवारीसाधन आयात गर्न दिने सहमतिअनुसार चीनले पनि क्यानाडाली क्यानोला लगायतका कृषि उत्पादनमा कर घटाउने प्रतिबद्धता जनाएको थियो। उक्त सम्झौताबाट चिनियाँ लगानी भित्र्याउन र रोजगारी सिर्जना गर्न सकिने कार्नीको अपेक्षा छ।

तर, ओन्टारियोका मुख्यमन्त्री डग फोर्डले चिनियाँ विद्युतीय सवारीसाधनलाई प्रवेश दिँदा क्यानाडाली रोजगारी र अमेरिकी बजारमा पहुँच जोखिममा पर्न सक्ने भन्दै सम्झौताको आलोचना गरेका छन्।

अमेरिकी कम्पनी फोर्ड, जनरल मोटर्स र स्टेलान्टिसका कारखाना तीनवटै मुलुकमा छन् र तिनको उत्पादन सीमापार आपूर्ति शृङ्खलामा निर्भर छ।

राष्ट्रपति ट्रम्पले क्यानाडाबाट उत्पादन अमेरिका सार्न अटो कम्पनीहरूलाई निरन्तर दबाब दिँदै आएका छन्। हालै स्टेलान्टिसले जीप कम्पासको उत्पादन ओन्टारियोबाट इलिनोइस सार्ने निर्णय गरेपछि क्यानाडाले कम्पनीविरुद्ध मुद्दा हाल्ने चेतावनी दिएको छ।

यसै साता चीनको शेन्जेनमा राष्ट्रपति सी जिनपिङसँग हुने भेटमा पनि चिनियाँ अटो उद्योगबारे विस्तृत छलफल हुने अपेक्षा गरिएको छ।

कार्नीले यसअघि शनिबार ट्रम्प र अमेरिकी उच्च अधिकारीहरूसँग व्यापार सम्झौताबारे केही प्रगति भए पनि अझै केही मतभेद बाँकी रहेको बताएका थिए।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 5 other independent news outlets reported on this story.

5 Publications
Nagarik News
1h ago
अमेरिकासँग कुरा नमिले चीनसँग सहकार्य गर्ने कार्नीको सङ्केत

अमेरिकासँग कुरा नमिले चीनसँग सहकार्य गर्ने कार्नीको सङ्केत

विद्युतीय सवारीसाधनमा प्रयोग हुने क्यानाडाका महत्त्वपूर्ण खनिजलाई पनि उत्पादनमा समेट्नुपर्ने उनले बताए।

#क्यानाडा #सहकार्य #सवारीसाधन
Compare →
Bizshala
3h ago
अमेरिकामा फेरि हजारौँ उडान रद्द, के हो कारण ?

अमेरिकामा फेरि हजारौँ उडान रद्द, के हो कारण ?

काठमाडौं । अमेरिकामा देशभरका उडान रोक्ने निर्णय गरिएको दुई दिन बितिसक्दा पनि हवाई यातायात सेवा सामान्य अवस्थामा फर्किन...

#अमेरिका
Compare →
Onlinekhabar
4h ago
अमेरिकामा हवाई सेवा अझै अस्तव्यस्त, आइतबार मात्रै १० हजार बढी उडान प्रभावित

अमेरिकामा हवाई सेवा अझै अस्तव्यस्त, आइतबार मात्रै १० हजार बढी उडान प्रभावित

३० कात्तिक, काठमाडौं । अमेरिकामा शुक्रबार देशभरका विमानको उडान रोक्नुपरेको प्राविधिक समस्याको असर तेस्रो दिनसम्म पनि कायम रहेको छ । आइतबार मात्रै १० हजारभन्दा बढी उडान रद्द तथा ढिलाइ हुँदा हजारौँ यात्रु प्रभावित भएका छन् …

#अमेरिका
Compare →
Hamro Patro News
9h ago
अमेरिकामा हवाई उडान अझै प्रभावित, दुई दिनमा हजारौँ उडान रद्द र ढिलाइ

अमेरिकामा हवाई उडान अझै प्रभावित, दुई दिनमा हजारौँ उडान रद्द र ढिलाइ

काठमाडौं : अमेरिकामा हवाई यातायात प्रणालीमा आएको प्राविधिक समस्याका कारण दुई दिन बितिसक्दा पनि हजारौँ उडान प्रभावित भएका छन् । आइतबार मात्रै अमेरिकाभर ५ हजारभन्दा बढी उडान ढिलाइ भएका छन् भने २ हजार...

#अमेरिका
Compare →
Arthasansar
19h ago
अमेरिकाको मियामी विमानस्थलमा दुई विमान ठाेक्कीएर दुर्घटना

अमेरिकाको मियामी विमानस्थलमा दुई विमान ठाेक्कीएर दुर्घटना

अमेरिकाको मियामी अन्तर्राष्ट्रिय विमानस्थलमा शनिबार राति दुईवटा विमान आपसमा ठोक्किँदा दुई जना सामान्य घाइते भएका छन्। ट्याक्सीवेमा गुडिरहेका बेला कोपा...

#अमेरिका
Compare →

Related Stories

World News
Build #2612