Trending
Prev Story
Next Story

महिलाको तल्लो पेट अचानक किन बढ्छ ? हुनसक्छन् यी कारण

Onlinekhabar •
November 16, 2026 • 10:01 AM
4
4 reads 0 reactions

महिलाको तल्लो पेट अचानक ठूलो देखिनु सधैँ तौल बढेकै कारण हुँदैन । महिनावारीका बेला हुने हार्मोनल परिवर्तन, ग्यास्ट्रिक, कब्जियतदेखि पाठेघरमा फाइब्राइड वा अण्डाशयमा सिस्ट पलाउँदासम्मले पेटको तल्लो भाग फुल्न सक्छ । कहिलेकाहीँ यो अण्डाशयको क्यान्सरको संकेत …

महिलाको तल्लो पेट अचानक किन बढ्छ ? हुनसक्छन् यी कारण

महिलाको तल्लो पेट अचानक ठूलो देखिनु सधैँ तौल बढेकै कारण हुँदैन । महिनावारीका बेला हुने हार्मोनल परिवर्तन, ग्यास्ट्रिक, कब्जियतदेखि पाठेघरमा फाइब्राइड वा अण्डाशयमा सिस्ट पलाउँदासम्मले पेटको तल्लो भाग फुल्न सक्छ ।

कहिलेकाहीँ यो अण्डाशयको क्यान्सरको संकेत पनि हुन सक्छ ।

महिलामा पेटको तल्लो भाग अर्थात् नाइटोमुनिको क्षेत्र केही समयदेखि ठूलो देखिने वा अचानक फुल्ने समस्या हुन सक्छ । कतिपयले यसलाई मोटोपन ठान्छन् भने कतिपयले सामान्य ग्यास्ट्रिकको समस्या सम्झेर बेवास्ता गर्छन् ।

तर, पेटको तल्लो भाग बढ्नुको कारण सधैँ बोसो जम्नु वा तौल बढ्नु मात्र हुँदैन । शरीरमा हुने हार्मोनल परिवर्तनदेखि प्रजनन् अंगमा देखिने विभिन्न समस्याले पनि यस्तो हुन सक्छ ।

त्यसैले, पेटको तल्लो भाग किन फुलिरहेको छ भन्ने कुरा बुझ्नु महत्त्वपूर्ण हुन्छ ।

के कारणले महिलाको तल्लो पेट अचानक ठूलो देखिन्छ ?

महिनावारी हुनुअघि र महिनावारीका बेला महिलाको शरीरमा एस्ट्रोजेन र प्रोजेस्टेरोन हार्मोनको स्तरमा उतारचढाव हुन्छ । यस्तो परिवर्तनले शरीरमा पानी जम्मा हुने प्रक्रिया अर्थात् ‘वाटर रिटेन्सन’ गराउन सक्छ ।

जसका कारण पेटको तल्लो भाग फुलेको वा भारी भएको महसुस हुन्छ ।

हार्मोनल परिवर्तनले पाचन प्रक्रियामा समेत असर पार्न सक्छ । त्यसैले, महिनावारीको आसपास पेट फुल्ने, ग्यास हुने वा पेट भारी महसुस हुने समस्या देखिन सक्छ ।

२. अण्डाशयमा सिस्ट वा पाठेघरमा फाइब्राइड

महिलाको तल्लो पेट ठूलो देखिनुको अर्को कारण अण्डाशयमा सिस्ट वा पाठेघरमा फाइब्राइड हुनु हो ।

अण्डाशयमा तरल पदार्थ भरिएको थैलीजस्तो संरचना बन्नुलाई ‘ओभेरियन सिस्ट’ भनिन्छ । अधिकांश सिस्ट हानिकारक हुँदैनन् र आफैँ हराउन पनि सक्छन् ।

तर, सिस्टको आकार ठूलो भएमा पेट फुल्ने, तल्लो पेटमा भारीपन हुने र असहज महसुस हुने समस्या हुन सक्छ ।

त्यस्तै, पाठेघरमा बन्ने क्यान्सररहित गाँठोलाई फाइब्राइड भनिन्छ । यसको आकार ठूलो भएमा पेटको तल्लो भाग बाहिर निस्किएजस्तो देखिन सक्छ ।

यसका साथै अत्यधिक महिनावारी हुने, अनियमित रक्तस्राव हुने र पेल्भिक क्षेत्रमा दबाब महसुस हुने समस्या पनि देखिन सक्छ ।

३. ग्यास्ट्रिक, कब्जियत र पाचनसम्बन्धी समस्या

पेटमा अत्यधिक ग्यास जम्मा हुनु, कब्जियत हुनु वा केही खानेकुरा पचाउन नसक्नुले पनि तल्लो पेट फुल्न सक्छ ।

छिटोछिटो खाना खाने, प्रशोधित खानेकुरा बढी खाने, पर्याप्त पानी नपिउने र खानामा रेसादार खानेकुराको कमी हुँदा पाचनसम्बन्धी समस्या हुन सक्छ ।

यस्तो अवस्थामा पेट कहिले बढी फुल्ने त कहिले सामान्य अवस्थामा फर्किने हुन्छ । विशेषगरी बिहानको तुलनामा साँझ पेट बढी फुलेको महसुस हुन सक्छ ।

इन्डोमेट्रियोसिस महिलामा देखिने प्रजनन स्वास्थ्यसम्बन्धी समस्या हो । यस अवस्थामा पाठेघरको भित्री तहमा हुने तन्तुजस्तै तन्तु पाठेघरबाहिरका अन्य भागमा पनि बढ्न थाल्छन् ।

यसले तल्लो पेट तथा पेल्भिक क्षेत्रमा दुखाइ, महिनावारी हुँदा अत्यधिक पीडा र पेट फुल्ने समस्या निम्त्याउन सक्छ । कतिपय महिलामा यस्तो समस्याका कारण पेट असामान्य रूपमा फुलेको देखिन्छ । यसलाई ‘इन्डो बेली’ पनि भनिन्छ ।

यस्ता लक्षण बारम्बार देखिएमा स्त्रीरोग विशेषज्ञसँग परामर्श लिनुपर्छ ।

यससम्बन्धि केहि अध्ययन पनि भएका छन्  । सन् २०१२ मा आइएसआरएन अब्स्टेट्रिक्स एन्ड गाइनोकोलोजीमा प्रकाशित एक अध्ययनले पेट फुल्ने समस्याका विभिन्न कारण औँल्याएको छ ।

अध्ययनअनुसार पेटको मांसपेशी र डायाफ्रामबीचको तालमेल बिग्रिनु, आन्द्रामा तरल पदार्थ जम्मा हुनु, कब्जियत र आन्द्राको गति सुस्त हुनु पेट फुल्ने कारण हुन सक्छन् ।

त्यस्तै, महिनावारीअघि हुने हार्मोनल परिवर्तन, पेट वरिपरि बोसो जम्नु र पेटका मांसपेशी कमजोर हुनुले पनि पेट बाहिर निस्किएको जस्तो देखिन सक्छ ।

पेट फुल्नु सामान्य समस्या पनि हुन सक्छ । तर, तल्लो पेट अचानक ठूलो देखिन थालेको छ वा लामो समयसम्म फुलिरहन्छ भने त्यसलाई सामान्य ठानेर बेवास्ता गर्नु हुँदैन ।

विशेषगरी पेट फुल्नेसँगै निम्न लक्षण देखिएमा चिकित्सकसँग परामर्श लिनुपर्छ :

– पेल्भिक अर्थात् तल्लो पेटमा लगातार दुखाइ वा भारीपन हुनु ।

– थोरै खाना खाँदा पनि पेट भरिएको महसुस हुनु ।

– महिनावारीबाहेक अन्य समयमा योनीबाट रक्तस्राव हुनु ।

यी लक्षण अण्डाशयको क्यान्सरसहित अन्य स्वास्थ्य समस्यामा पनि देखिन सक्छन् । तर, यस्ता लक्षण हुँदैमा क्यान्सर नै भएको भन्ने हुँदैन ।

पेट फुल्नुको कारण पत्ता लगाउन चिकित्सकले लक्षण र स्वास्थ्य अवस्थाका आधारमा पेल्भिक परीक्षण, अल्ट्रासाउन्ड तथा आवश्यक अन्य जाँच गर्न सल्लाह दिन सक्छन् ।

त्यसैले, पेटको तल्लो भाग अचानक बढ्दै गएको छ भने त्यसलाई मोटोपन वा ग्यास्ट्रिकको समस्या मात्रै ठानेर बस्नु हुँदैन ।

विशेषगरी समस्या निरन्तर रहिरहेमा वा अन्य असामान्य लक्षण पनि देखिएमा समयमै स्त्रीरोग विशेषज्ञसँग परामर्श लिनुपर्छ ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 1 other independent news outlet reported on this story.

1 Publication
Hamro Patro News
1d ago
स्पेसएक्सको स्टारसिप रकेटको तल्लो भाग समुद्रमा विस्फोट

स्पेसएक्सको स्टारसिप रकेटको तल्लो भाग समुद्रमा विस्फोट

स्पेसएक्सले आफ्नो विशाल 'स्टारसिप' रकेटको माथिल्लो भाग पृथ्वीमा फर्कने क्रममा त्यसलाई समात्ने (क्याच गर्ने) प्रयास गर्ने कि नगर्ने भन्नेबारे पछि निर्णय गर्ने भएको छ। शुक्रबार रकेटको तल्लो भाग (बुस...

#तल्लो #भाग
Compare →

Related Stories

Business & Economy
Build #2612