Trending
Prev Story
Next Story

हेटौंडा-काठमाडौं वैकल्पिक सडकमा राति गाडी चलाउन रोक

Ekantipur •
November 16, 2026 • 06:02 AM
3
3 reads 0 reactions

भैंसेदेखि देउरालीसम्मको सडक घुमाउरो, साँघुरो, ओरालो, भिरालो र अँध्यारो भएकाले सवारी दुर्घटना न्यूनीकरण गर्न राति सवारी सञ्चालनमा रोक लगाउनुपरेको सुरक्षा समितिले जनाएको छ।

हेटौंडा-काठमाडौं वैकल्पिक सडकमा राति गाडी चलाउन रोक

भैंसेदेखि देउरालीसम्मको सडक घुमाउरो, साँघुरो, ओरालो, भिरालो र अँध्यारो भएकाले सवारी दुर्घटना न्यूनीकरण गर्न राति सवारी सञ्चालनमा रोक लगाउनुपरेको सुरक्षा समितिले जनाएको छ।

हेटौंडा — हेटौंडा–काठमाडौं आउजाउ गर्ने छोटो दूरीको वैकल्पिक मार्ग हेटौंडा–भीमफेदी–कुलेखानी–फाखेल वा सिस्नेरी सडकमा चल्ने सार्वजनिक सवारीसाधनको समय निर्धारण गरिएको छ।

हेटौंडामा सोमबार बसेको जिल्ला सुरक्षा समितिको बैठकले उक्त सडकमा राति सवारीसाधन चलाउँदा दुर्घटना बढेको भन्दै दुर्घटना न्यूनीकरणका लागि सोमबारदेखि समय निर्धारण गरेको हो।

अब हेटौंडाबाट बिहान साढे ५ बजे र भैंसे प्रहरी चेकपोस्टबाट साँझ ६ बजेसम्म सवारीसाधन पार भइसक्नुपर्नेछ। ६ बजेपछि सवारीसाधन भैंसेमै रोकिनेछन्। बिहान ५ बजेपछि मात्र उक्त मार्ग भएर राजधानी जाने सवारीसाधनलाई अगाडि बढ्न दिइने व्यवस्था गरिएको मकवानपुरका प्रमुख जिल्ला अधिकारी वसन्त अधिकारीले जानकारी दिए।

‘उक्त रुटमा राति सवारीसाधन सञ्चालन गर्दा भीमफेदीदेखि देउरालीसम्मको सडकमा धेरै दुर्घटना भएर धनजनको क्षति भएकाले दुर्घटना न्यूनीकरण गर्न गाडी चलाउने समय निर्धारण गरिएको हो,’ उनले भने।

भैंसेदेखि देउरालीसम्मको सडक घुमाउरो, साँघुरो, ओरालो, भिरालो र अँध्यारो भएकाले सवारी दुर्घटना न्यूनीकरण गर्न राति सवारी सञ्चालनमा रोक लगाउनुपरेको सुरक्षा समितिले जनाएको छ।

बिहीबार उक्त सडकखण्डअन्तर्गत भीमफेदी गाउँपालिका–६ चिसापानीगढीमा यात्रुवाहक विद्युतीय माइक्रोबस दुर्घटना हुँदा १४ जनाको मृत्यु भएको थियो। उक्त गाडी काठमाडौंवाट राति हेटौंडातर्फ आउँदै थियो। दुर्घटनापछि काठमाडौं जिल्ला प्रशासन कार्यालयले फर्पिङ चेकपोस्टबाट बेलुका ८ बजेपछि सार्वजनिक सवारीसाधनलाई हेटौंडातर्फ आउन रोक लगाएको छ।

हेटौंडामा बसेको सुरक्षा समितिको बैठकले यात्रुवाहक सवारीसाधनको उक्त रुटमा पर्ने चेकपोस्टमा राम्रोसँग जाँच गर्ने व्यवस्था मिलाउन पनि निर्देशन दिएको छ।

प्रताप विष्ट कान्तिपुरको हेटौडा संवाददाता हुन् । उनी स्थानिय राजनीतिक र सामाजिक मुद्धाबारे रिपोर्टिङ/टिप्पणी लेख्छन् ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 3 other independent news outlets reported on this story.

3 Publications
Hamro Patro News
2d ago
काठमाडौं–हेटौँडा सडकमा राति सवारी चलाउन रोक

काठमाडौं–हेटौँडा सडकमा राति सवारी चलाउन रोक

काठमाडौं । दक्षिणकाली हुँदै जाने काठमाडौं–हेटौँडा सडक खण्डमा रातिको समयमा सार्वजनिक सवारी सञ्चालनमा रोक लगाइएको छ । जिल्ला प्रशासन कार्यालय काठमाडौंले सूचना जारी गर्दै बल्खु–दक्षिणकाली हुँदै हेटौँ...

#सवारी #रोक #काठमाडौं
Compare →
Onlinekhabar
17h ago
रारा जाने सडकमा पर्यटक सवार गाडी दुर्घटना, तीन जनाको मृत्यु

रारा जाने सडकमा पर्यटक सवार गाडी दुर्घटना, तीन जनाको मृत्यु

२९ कात्तिक, सुर्खेत । मुगुको छायानाथ रारा नगरपालिका–७ टिप्ला गाउँस्थित रारा जाने सडकमा पर्यटक सवार स्कोरपियो दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन् । रारा ताल जाने पर्यटक बोकेर जाँदै …

#दुर्घटना #सडकमा #गाडी
Compare →
Nagarik News
2d ago
हायस दुर्घटनापछि काठमाडौं–हेटौँडा सडकमा कडाइ, राति ८ बजेभित्र फर्पिङ पुग्नुपर्ने

हायस दुर्घटनापछि काठमाडौं–हेटौँडा सडकमा कडाइ, राति ८ बजेभित्र फर्पिङ पुग्नुपर्ने

काठमाडौं प्रशासनले काठमाडौं–हेटौँडा सडकखण्डमा यात्रुवाहक सवारीसाधन सञ्चालनमा कडाइ गरेको छ।

#काठमाडौं #सडकमा #राति
Compare →

Related Stories

National (Nepal)
Build #2612