वीरेन्द्रनगर : कर्णाली राजमार्गमा रात्रिकालिन यातायात सेवा सञ्चालनमा लगाइएको रोक प्रहरीले कडाइका साथ लागू गरेको छ । सरकारले विगतदेखि नै सवारी दुर्घटनालाई ध्यानमा राखेर कर्णाली राजमार्गमा राति यातायात सेवा बन्द गरेको भएपनि व्यवसायीहरूले लुकिचोरी राति यातायात सञ्चालन गर्न थालेपछि प्रहरीले कडाइ गरेको हो ।
यो राजमार्गमा राति ८ बजेपछि अत्यावश्यक बाहेकका सबै किसिमका यातायातका साधनहरु गुड्न पूर्णरुपमा रोक लगाइएको छ । तर,व्यवसायीहरूले मनोमानी रुपमा सवारी चलाउन थालेपछि आइतबार नेपाल राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय सुर्खेतले सुर्खेतस्थित विभिन्न यातायात व्यवसायी समितिका प्रतिनिधिहरूलाई छलफलमा बोलाएर कर्णाली राजमार्गमा राति यातायात संचालन रोक्न आग्रह गरेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् ( annapurnapost.com )