Trending
Prev Story
Next Story

डेटिङ एपमा प्रेम : बिहेका लागि पुगिन् ६१ वर्षीया महिला, उमेर थाहा पाएपछि भागे प्रेमी!

Nagarik News •
November 16, 2026 • 04:17 AM
3
3 reads 0 reactions

यसैबिच, विवाहको कुरा अगाडि बढ्दा महिलाको उमेर करिब ६१ वर्ष भएको थाहा पाएपछि युवकले विवाह गर्न अस्वीकार गरे।

डेटिङ एपमा प्रेम : बिहेका लागि पुगिन् ६१ वर्षीया महिला, उमेर थाहा पाएपछि भागे प्रेमी!

डेटिङ एपमार्फत चिनजान भएपछि प्रेममा परेकी एक क्यानेडियन महिला विवाह गर्ने सपना बोकेर आफ्नो देश छाडेर भारत पुगिन्।

तर, प्रेमीलाई प्रत्यक्ष भेटेपछि उनको उमेर विवाहका लागि बाधक बन्यो। ६१ वर्षीया महिलासँग विवाह गर्न युवकले अस्वीकार गरेपछि विवाद भएको हो। अन्ततः महिलाले क्यानेडियन दूतावासमा सम्पर्क गरिन्। दूतावासको जानकारीपछि प्रहरीले हस्तक्षेप गरेर महिलालाई सुरक्षित स्थानमा पुर्‍याएको छ।

भारतीय सञ्चारमाध्यम का अनुसार घटना भारतको राजस्थानस्थित बेहरोर जिल्लाको नीमरानामा भएको हो।

क्यानडाबाट राजस्थान पुगेकी महिलाले डेटिङ एपमार्फत चिनजान भएका युवकसँग विवाह गर्ने योजना बनाएकी थिइन्। तर, प्रत्यक्ष भेट भएपछि महिलाको उमेर थाहा पाएका युवकले विवाह गर्न अस्वीकार गरे। त्यसपछि दुवैबिच विवाद भयो।

महिलाले घटनाबारे क्यानेडियन दूतावासलाई जानकारी गराइन्। दूतावासका अधिकारीबाट सूचना पाएपछि नीमराना प्रहरी बिहान करिब ४ बजे घटनास्थल पुगेको थियो। प्रहरी बीबी बिल्डर्स सोसाइटीमा पुगेर युवक र महिलालाई प्रहरी चौकी लगेको थियो। प्रहरीले युवकसँग सोधपुछ गरिरहेको छ भने महिलालाई कोटपुतलीस्थित हेरचाह केन्द्रमा राखिएको छ।

नीमराना प्रहरी चौकीका अधिकारी सुरेन्द्र यादवका अनुसार करिब एक वर्षअघि हरियाणाको पानीपत निवासी सत्यनारायणका छोरा नितिनको डेटिङ एपमार्फत क्यानडाकी एक महिलासँग कुराकानी सुरु भएको थियो। बिस्तारै उनीहरू नजिकिए र दुवैले विवाह गर्ने सहमति जनाएका थिए।

त्यसपछि महिला पर्यटक भिसामा दिल्ली विमानस्थल आइपुगेकी थिइन्। युवक उनलाई लिन विमानस्थल पुगेका थिए। त्यहाँबाट उनले महिलालाई नीमरानास्थित बीबी बिल्डर्स सोसाइटीमा रहेको आफ्ना काकाको फ्ल्याटमा लगेका थिए।

महिला दुई दिनसम्म युवकसँगै उक्त सोसाइटीमा बसेको बताइएको छ।

यसैबिच, विवाहको कुरा अगाडि बढ्दा महिलाको उमेर करिब ६१ वर्ष भएको थाहा पाएपछि युवकले विवाह गर्न अस्वीकार गरे। यही विषयलाई लिएर दुवैबिच विवाद भएको थियो। त्यसपछि नोभेम्बर १३ (गत शुक्रबार) महिलाले क्यानेडियन दूतावासमा सम्पर्क गरेर घटनाबारे जानकारी गराएकी थिइन्। दूतावासबाट सूचना पाएपछि प्रहरी घटनास्थल पुगेर दुवैलाई प्रहरी चौकी लगेको थियो।

प्रहरीका अनुसार नितिन हरियाणाको पानीपत निवासी हुन्। उनी एक निजी विद्यालयमा शिक्षकका रूपमा काम गर्छन्। प्रहरीले घटनाबारे थप अनुसन्धान गरिरहेको जानकारी दिएको छ।

प्रकाशित: ३० कार्तिक २०८३ १०:०२ सोमबार

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 3 other independent news outlets reported on this story.

3 Publications
Hamro Patro News
3d ago
इन्गेजमेन्ट गरेको २४ घण्टा पनि टिकेन अनु परियारको सम्बन्ध! पाकिस्तानी प्रेमीमाथि गम्भीर आरोप लगाएपछि टिकटक लाइभमै गरिन् यस्तो घोषणा!

इन्गेजमेन्ट गरेको २४ घण्टा पनि टिकेन अनु परियारको सम्बन्ध! पाकिस्तानी प्रेमीमाथि गम्भीर आरोप लगाएपछि टिकटक लाइभमै गरिन् यस्तो घोषणा!

काठमाडौं । सामाजिक सञ्जालमा प्रेम, इन्गेजमेन्ट र व्यक्तिगत सम्बन्धका कारण चर्चामा आएकी टिकटक प्रयोगकर्ता अनु परियारको प्रेम सम्बन्धले अहिले नयाँ मोड लिएको छ। तिहारको भाइटीकाको दिन पाकिस्तानी युवकसँ...

#प्रेम #प्रेमी
Compare →
Onlinekhabar
1d ago
करातेमा उमेर हदको विवाद, अध्यक्ष र महासचिवबीच मतभेद

करातेमा उमेर हदको विवाद, अध्यक्ष र महासचिवबीच मतभेद

२८ कात्तिक, काठमाडौं । १२ असोजमा दशौं राष्ट्रिय खेलकुद प्राविधिक उपसमितिले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेल संघको नियमको आधारमा ३२ वटै खेलको उमेर हद कायम गर्‍यो । जसमा विश्व कराते महासंघको नियमअनुसार करातेतर्फ कातामा कम्तीमा १६ वर्ष …

#उमेर
Compare →
Ekantipur
5d ago
बाह्र कट्ठामा प्रेमले फुलाए दस क्विन्टल सयपत्री

बाह्र कट्ठामा प्रेमले फुलाए दस क्विन्टल सयपत्री

दोधारा चाँदनीका प्रेम रोकायाले चार वर्षदेखि गर्दै आएको फूल खेतीबाट यस वर्ष १० क्विन्टल हाराहारी उत्पादन गरेका छन् । उनले महेन्द्रनगर बजारमा प्रतिकिलो ३५० देखि ४०० रुपैयाँसम्ममा सयपत्री बिक्री गरिरहेका छन् ।

#प्रेम
Compare →

Related Stories

Technology
Build #2612