Trending
Prev Story
Next Story

बाह्र कट्ठामा प्रेमले फुलाए दस क्विन्टल सयपत्री

Ekantipur •
November 10, 2026 • 01:02 PM
1
1 reads 0 reactions

दोधारा चाँदनीका प्रेम रोकायाले चार वर्षदेखि गर्दै आएको फूल खेतीबाट यस वर्ष १० क्विन्टल हाराहारी उत्पादन गरेका छन् । उनले महेन्द्रनगर बजारमा प्रतिकिलो ३५० देखि ४०० रुपैयाँसम्ममा सयपत्री बिक्री गरिरहेका छन् ।

बाह्र कट्ठामा प्रेमले फुलाए दस क्विन्टल सयपत्री

दोधारा चाँदनीका प्रेम रोकायाले चार वर्षदेखि गर्दै आएको फूल खेतीबाट यस वर्ष १० क्विन्टल हाराहारी उत्पादन गरेका छन् । उनले महेन्द्रनगर बजारमा प्रतिकिलो ३५० देखि ४०० रुपैयाँसम्ममा सयपत्री बिक्री गरिरहेका छन् ।

कञ्चनपुर — कञ्चनपुरको दोधारा चाँदनी नगरपालिका–८ सुन्दरनगरका प्रेम रोकाया मंगलबार बिहानैदेखि महेन्द्रनगर बजारमा सयपत्री फूल बिक्री गर्दै हिँडेका छन् । विद्युतीय अटोमा फूल बोकेर उनी बजारका गल्लीसँगै आवासीय क्षेत्रमा समेत पुगिरहेका थिए ।

‘फूल आयो, माला आयो, ताजा ताजा फूल आयो’ यही भाकामा उनी ग्राहकलाई लोभ्याइरहेका थिए । उनले एकै दिन ६ क्विन्टलसम्म फूल बिक्री गरेको बताए ।

‘घरमा बारीबाटै पनि बिक्री भइरहेको छ,’ रोकायाले भने, ‘दोधारा चाँदनी र महेन्द्रनगरमा पनि बिहानैदेखि बिक्री भइरहेको छ ।’ उनले थोकमा साढे ३ सय प्रतिकिलो र फुटकरमा ४ सय रुपैयाँमा बिक्री गरिरहेका छन् । यसैगरी माला ८० देखि १ सय रुपैयाँसम्ममा बिक्री भइरहेको बताए ।

‘भाइटीकाको दिन पनि बिहान बिक्री हुन्छ,’ उनले भने, ‘त्यसपछि अन्य कार्यक्रम र विवाह आदिका लागि पनि फूल तयार भइरहेका छन् ।’ उनले दसैंका बेला पनि दुई/तीन क्विन्टल फूल बिक्री गरेका थिए ।

एक दशक अघिसम्म उनी भारतमा काम गर्थे । घर फर्केर तरकारी खेती सुरु गरेका उनले अहिले फूल खेती पनि थालेका छन् । उनले ४ वर्षदेखि निरन्तर फूल खेती गरिरहेका छन् । यस पटक १२ कट्ठामा फूल रोपेका छन् । त्यसमा १० क्विन्टल हाराहारी फूल उत्पादन भएको उनले बताए ।

भवानी भट्ट कान्तिपुरका कञ्चनपुर संवाददाता हुन् ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 3 other independent news outlets reported on this story.

3 Publications
Hamro Patro News
5d ago
तिहार भित्रिएसँगै बिक्रीका लागि सयपत्री फूल टिप्न भ्याइनभ्याई

तिहार भित्रिएसँगै बिक्रीका लागि सयपत्री फूल टिप्न भ्याइनभ्याई

तिहार भित्रिएसँगै बिक्रीका लागि सयपत्री फूल टिप्न भ्याइनभ्याई कृषिमै आत्मनिर्भर भएका उनले चार वर्षअघिदेखि तिहार र छठ पर्वलाई लक्षित गरेर व्यावसायिक सयपत्री फूल खेती गर्दै आएका छन् । कार्तिक २२, २...

#फूल #सयपत्री #बिक्री
Compare →
Nagarik News
2d ago
कृषि पढेका युवाले गरे ११ क्विन्टल फूल उत्पादन

कृषि पढेका युवाले गरे ११ क्विन्टल फूल उत्पादन

तिहारका लागि ११ क्विन्टल फूल उत्पादन गरेर बेचबिखन गरेका छन् । त्यसबाट उनीहरूले फूल बिक्री गरेर रु चार लाखभन्दा बढी आम्दानी गरेका छन् ।

#फूल #क्विन्टल
Compare →
Onlinekhabar
5d ago
विदेशबाट फर्किएर गाउँमै भविष्य खोज्दै गोकर्ण, पाँच रोपनीमा ढकमक्क सयपत्री फूल

विदेशबाट फर्किएर गाउँमै भविष्य खोज्दै गोकर्ण, पाँच रोपनीमा ढकमक्क सयपत्री फूल

२२ कात्तिक, गुल्मी । मेहनत, लगनशीलता र नयाँ सोच भए आफ्नै गाउँमा पनि राम्रो सम्भावना सिर्जना गर्न सकिन्छ भन्ने उदाहरण बनेका छन् गुल्मीको इस्मा गाउँपालिका–३ का युवा उद्यमी गोकर्ण नेपाली । तिहार नजिकिँदै गर्दा उनले …

#फूल #सयपत्री
Compare →

Related Stories

Business & Economy
Build #2611