Trending
Prev Story
Next Story

गुलरियाको खैरीमा खेतबाटै बिक्यो १० क्विन्टल सयपत्री

Ekantipur •
November 11, 2026 • 06:02 AM
1
1 reads 0 reactions

पहिले तोरी, मकै र मुगफली खेती गर्ने थारु परिवारले फूलबाट राम्रो आम्दानी पाएपछि चार वर्षदेखि व्यावसायिक सयपत्री खेतीलाई निरन्तरता दिएको छ।

गुलरियाको खैरीमा खेतबाटै बिक्यो १० क्विन्टल सयपत्री

पहिले तोरी, मकै र मुगफली खेती गर्ने थारु परिवारले फूलबाट राम्रो आम्दानी पाएपछि चार वर्षदेखि व्यावसायिक सयपत्री खेतीलाई निरन्तरता दिएको छ।

बर्दिया — गुलरिया नगरपालिका–३ खैरीकी आशा कुमारी थारुले विगत चार वर्षदेखि सयपत्री फूलखेती गर्दै आएकी छन्। उनले एक बिघा (२० कठ्ठा) जग्गामा सयपत्री लगाएकी छन् ।

यसपालि तिहारमा जिल्लामै फूलको माग धान्न उनलाई हम्मेहम्मे पर्‍यो । अन्य वर्ष चितवन, सुर्खेत, नेपालगन्ज, कैलालीको टीकापुर र महेन्द्रनगरसम्म फूल पठाउने गरेकी उनी यस वर्ष भने अन्य जिल्लाबाट अर्डर आए पनि पुर्‍याउन सकिनन् । फूल लिन ग्राहक खेतबारीमै आएर आफूले रोजेर टिप्दै लगे ।

‘यसपालि धेरै ग्राहक फूल लिन खेतमै आए । ढकमक्क फुलेको सयपत्री खेतीमा टिकटक बनाएर रमाए, आफूले रोजेर फूल पनि किनेर लगे,’ उनले भनिन्, ‘यसपालि जिल्लामै फूल खपत भएकाले अन्य जिल्लामा पठाउन परेन ।’

मंगलबारसम्म खेतबाटै १० क्विन्टल सयपत्री फूल बिक्री भएको उनले बताइन् । ‘पहिला तोरी, मुगफली र मकै खेती गर्थ्यौं,’ उनले भनिन्, ‘छोरीकै पहलमा फूलखेती सुरु गरेका हौं । पहिलो वर्ष चार कठ्ठामा मात्रै सयपत्री लगाएका थियौं । अन्य खेतीभन्दा फूलखेतीबाट राम्रो आम्दानी भएपछि निरन्तरता दिइरहेका छौं ।’ उनले प्रतिकिलोग्राम चार सय रुपैयाँमा फूल बिक्री गरिरहेको बताइन् ।

‘गत वर्ष दुई लाख ५० हजार रुपैयाँको सयपत्री फूल बिक्री गरेका थियौं,’ उनले भनिन्, ‘फूल लामो समयसम्म सुरक्षित राख्न कोल्डस्टोर नहुँदा समस्या भइरहेको छ । बाँकेको कोहलपुरमा फूल राख्ने कोल्डस्टोर छ । त्यहाँ लैजान र ल्याउन भाडामै बढी खर्च हुन्छ ।’

वार्षिक प्रतिकठ्ठा एक हजार रुपैयाँका दरले एक बिघा खेत लिजमा लिएर फूलखेती गरिरहेको आशाका श्रीमान् रामचरण थारुले बताए । ‘चितवनबाट २० हजार रुपैयाँमा एक सय ग्राम ‘टेनिस बल’ जातको सयपत्री फूलको बीउ ल्याएर बेर्ना तयार गरी रोपेका थियौं,’ उनले भने, ‘बेर्नासमेत बिक्री गर्‍यौं ।’

गत वर्ष खुद्रामा प्रतिकिलोग्राम ५ सय ५० रुपैयाँ र थोकमा ३ देखि ४ सय रुपैयाँमा फूल बिक्री भएको थियो । यस वर्ष दसैंमा गुलरिया र नेपालगन्जमा गरी दुई क्विन्टल फूल बिक्री गरिसकेको उनले बताए । एक बिघामा फूलखेती गर्न बीउ, मल, जल र खेती लगाउने ज्यालासमेत गरी एक लाख रुपैयाँ खर्च लागेको उनले जानकारी दिए ।

‘हालसम्म दसैं र तिहारलाई लक्षित गरेर मात्रै फूलखेती गरिरहेका छौं,’ उनले भने, ‘अब अफ सिजनमा पनि फूलखेती गर्ने योजना छ । बजारीकरण र फूल भण्डारण गर्ने कोल्डस्टोरको समस्या भएकाले किसानको फूलखेतीतर्फ खासै चासो छैन ।’

स्वदेशमा पर्याप्त फूलखेती नहुँदा प्रत्येक वर्ष तिहारमा विदेशबाट फूल आयात हुने गरेको छ । स्थानीय सरकारले सहजीकरण गरेर किसानलाई फूलखेतीतर्फ आकर्षित गर्नुपर्ने उनको भनाइ छ ।

रामप्रसाद रामप्रसाद कान्तिपुरका बर्दिया संवाददाता हुन् । उनी समसामयिक विषयमा रिपाेर्टिङ गर्छन् ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 4 other independent news outlets reported on this story.

4 Publications
Hamro Patro News
2d ago
गुलरियाको खैरीमा खेतबाटै बिक्यो १० क्विन्टल सयपत्री

गुलरियाको खैरीमा खेतबाटै बिक्यो १० क्विन्टल सयपत्री

गुलरियाको खैरीमा खेतबाटै बिक्यो १० क्विन्टल सयपत्री पहिले तोरी, मकै र मुगफली खेती गर्ने थारु परिवारले फूलबाट राम्रो आम्दानी पाएपछि चार वर्षदेखि व्यावसायिक सयपत्री खेतीलाई निरन्तरता दिएको छ। कार्त...

#सयपत्री #खेती #गुलरिया
Compare →
Onlinekhabar
5d ago
विदेशबाट फर्किएर गाउँमै भविष्य खोज्दै गोकर्ण, पाँच रोपनीमा ढकमक्क सयपत्री फूल

विदेशबाट फर्किएर गाउँमै भविष्य खोज्दै गोकर्ण, पाँच रोपनीमा ढकमक्क सयपत्री फूल

२२ कात्तिक, गुल्मी । मेहनत, लगनशीलता र नयाँ सोच भए आफ्नै गाउँमा पनि राम्रो सम्भावना सिर्जना गर्न सकिन्छ भन्ने उदाहरण बनेका छन् गुल्मीको इस्मा गाउँपालिका–३ का युवा उद्यमी गोकर्ण नेपाली । तिहार नजिकिँदै गर्दा उनले …

#फूल #सयपत्री
Compare →
Nagarik News
6d ago
दिदीभाइको सम्बन्ध गाँस्दै सयपत्री

दिदीभाइको सम्बन्ध गाँस्दै सयपत्री

तिहारमा दिदीबहिनीले दाजुभाइका गलामा सयपत्री र मखमली फूलका माला पहि¥याएर दीर्घायु, सुख र समृद्धिको कामना गर्छन्।

#फूल #सयपत्री
Compare →
Bizshala
1w ago
सयपत्री हाइड्रोपावरको १५ हजार कित्ता संस्थापक सेयर बिक्रीमा

सयपत्री हाइड्रोपावरको १५ हजार कित्ता संस्थापक सेयर बिक्रीमा

काठमाण्डौ । सयपत्री हाइड्रोपावर लिमिटेडको संस्थापक समूहको १५ हजार कित्ता सेयर बिक्रीमा राखिएको छ।कम्पनीका संस्थापक...

#सयपत्री
Compare →

Related Stories

Technology
Build #2611