चितवन जिल्ला प्रहरी कार्यालयबाट प्राप्त विवरण अनुसार बुधबार भरतपुर महानगरपालिका-४ त्रिचोकमा श्रीमान्को कुटपिटबाट सपना मगरको निधन भएको हो ।
चितवन — श्रीमान्को कुटपिटले भरतपुरमा महिलाको ज्यान गएको छ । चितवन जिल्ला प्रहरी कार्यालयबाट प्राप्त विवरण अनुसार बुधबार भरतपुर महानगरपालिका-४ त्रिचोकमा श्रीमान्को कुटपिटबाट सपना मगरको निधन भएको हो ।
स्याङ्जा चापाकोट गाउँपालिका-६ स्थायी घर भएका सुमन मगर श्रीमती सपनासहित त्रिचोकमा डेरा गरेर बस्थे । घरायसी विवादमा श्रीमतीको टाउकोमा रडले हानेका कारण डेरामै उनको निधन भएको चितवन जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डिएसपी चन्द्र भुसन यादवले बताए ।
बुधबर बिहान साढे आठ बजे तिर प्रहरीले घटनाका बारेमा जानकारी पाएको थियो । मृतकका श्रीमान् सुमनलाई नियन्त्रणमा लिएर थप अनुसन्धान भइरहेको डिएसपी यादवले बताए ।
रमेशकुमार पौडेल कान्तिपुरका चितवन संवाददाता हुन् । उनी दुई दशकदेखि पत्रकारिता गरिरहेका छन् ।