Trending
Prev Story
Next Story

पढाइसँगै व्यावसायिक सयपत्री खेतीमा रमाउँदै नवीन

Ekantipur •
November 10, 2026 • 01:32 PM
1
1 reads 0 reactions

बैतडीको सोटीगाउँका कृषि विद्यार्थी नवीनराज जोशीले पढाइसँगै व्यावसायिक सयपत्री खेती सुरु गरेका छन् । ५ हजार रुपैयाँ लगानीमा सुरु गरेको फूल खेतीबाट दसैं र तिहारमा ७५ हजार रुपैयाँभन्दा बढी आम्दानी हुने उनको अपेक्षा छ ।

पढाइसँगै व्यावसायिक सयपत्री खेतीमा रमाउँदै नवीन

बैतडीको सोटीगाउँका कृषि विद्यार्थी नवीनराज जोशीले पढाइसँगै व्यावसायिक सयपत्री खेती सुरु गरेका छन् । ५ हजार रुपैयाँ लगानीमा सुरु गरेको फूल खेतीबाट दसैं र तिहारमा ७५ हजार रुपैयाँभन्दा बढी आम्दानी हुने उनको अपेक्षा छ ।

बैतडी — नेपालले भारतबाट आयात हुने फूलमा प्रतिबन्ध लगाएसँगै स्थानीयस्तरमै व्यावसायिक फूल खेती गर्ने क्रम बढ्न थालेको छ । भारतसँग सीमा जोडिएका बैतडी र दार्चुलामा पनि फूलको माग पूरा गर्न स्थानीय किसान व्यावसायिक खेतीतर्फ आकर्षित हुन थालेका छन् ।

बैतडीको डिलाशैनी गाउँपालिका–५ सेटीगाउँका कृषि विषय अध्ययनरत एक युवक बजारको मागलाई ध्यानमा राख्दै व्यावसायिक सयपत्री फूल खेतीमा लागेका छन् ।

गोकुलेश्वर कृषि तथा पशु विज्ञान कलेजमा बीएस्सी छैटौँ सेमेस्टरमा अध्ययनरत नवीनराज जोशी पढाइसँगै फूल खेतीमा रमाउन थालेका हुन् । तीन वर्षदेखि पढाइसँगै व्यावसायिक तरकारी खेती गर्दै आएका जोशीले यस वर्षदेखि सयपत्री फूल खेतीसमेत सुरु गरेका हुन् ।

बजारमा सयपत्री फूलको माग बढ्ने अनुमान गर्दै उनले तीन सय बोट ‘कर्मा ५५५’ जातको सयपत्री लगाएका थिए । दसैँअघि नै फूल्न थालेका सयपत्री अहिले उनको बगैँचामा लटरम्म फुलेका छन् ।

प्रतिकिलो तीन सय रुपैयाँका दरले फूल बिक्री गर्दै आएका जोशीले दसैँमा मात्रै १६ हजार रुपैयाँको फूल बिक्री गरेको बताए । ‘सयपत्री फूलको बजार राम्रो रहेछ । अहिले बैतडी मात्रै नभएर दार्चुलाका व्यापारीले समेत माग गरिरहेका छन्,’ उनले भने, ‘सुरुवात मात्रै गरेकाले मागअनुसार फूल पुर्‍याउन सकेको छैन ।’

खेती सुरु गरेकै पहिलो वर्ष फूलको माग बढ्न थालेपछि आगामी दिनमा अन्य जातका फूलसमेत खेती गर्ने उनको योजना छ । यस वर्ष दसैँ र तिहारमा मात्रै ७५ हजार रुपैयाँभन्दा बढीको फूल बिक्री हुने उनको अनुमान छ । पाँच हजार रुपैयाँ लगानीबाट जोशीले ७५ हजार आम्दानी हुने अपेक्षा गरेका छन् ।

अहिले उनको उत्पादन दार्चुलाको सदरमुकाम खलंगा, गोकुलेश्वर बजार तथा बैतडीका गोकुलेश्वर र पन्ज्युनया, डडिया, खोचलेक क्षेत्रका बजारमा बिक्री भइरहेको छ । स्थानीय बजारसँगै दार्चुलाबाट समेत माग आउन थालेपछि फूल खेती विस्तार गर्ने हौसला मिलेको उनले बताए ।

जोशी अहिले हिउँदमा फुल्ने फूल खेतीको तयारीमा समेत जुटेका छन् । हिउँदका लागि उनले गमलामा फुल्ने होचा जातका फूलको बीउ उमारिसकेका छन् । गमलासहित फूल बिक्री गर्ने उद्देश्यले त्यस्ता फूलको खेती गर्न लागेको उनले बताए ।

तरकारी खेतीसँगै व्यावसायिक फूल खेतीलाई पनि निरन्तरता दिने जोशीको योजना छ । कृषि विषय अध्ययन गरिरहेका उनले आफूले पढेको ज्ञानलाई व्यवहारमा प्रयोग गर्न तरकारी र फूल खेती सुरु गरेको बताए ।

कृषि पेसाबाटै आत्मनिर्भर बन्न सकिने भएकाले आफू यस क्षेत्रमा लागेको उनको भनाइ छ ।

मोहन चन्द कान्तिपुरका बैतडी संवाददाता हुन् ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 4 other independent news outlets reported on this story.

4 Publications
Hamro Patro News
3d ago
पढाइसँगै व्यावसायिक सयपत्री खेतीमा रमाउँदै नवीन

पढाइसँगै व्यावसायिक सयपत्री खेतीमा रमाउँदै नवीन

पढाइसँगै व्यावसायिक सयपत्री खेतीमा रमाउँदै नवीन बैतडीको सोटीगाउँका कृषि विद्यार्थी नवीनराज जोशीले पढाइसँगै व्यावसायिक सयपत्री खेती सुरु गरेका छन् । ५ हजार रुपैयाँ लगानीमा सुरु गरेको फूल खेतीबाट दस...

#खेती #व्यावसायिक #सयपत्री
Compare →
Nagarik News
1w ago
राजनीतिसँगै सामूहिक सयपत्री फूलखेती

राजनीतिसँगै सामूहिक सयपत्री फूलखेती

दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–३ बाम्राङमा सामूहिक रूपमा लगाइएको सयपत्री फूलको व्यावसायिक खेतीले राम्रो उत्पादन दिएको छ।

#व्यावसायिक #फूल #सयपत्री
Compare →
Onlinekhabar
5d ago
बाँझो जमिनमा फूल खेतीले दिएको खुसी

बाँझो जमिनमा फूल खेतीले दिएको खुसी

२२ कात्तिक, गुल्मी । बढ्दो बसाइँसराइका कारण पछिल्लो समयमा गाउँघरमा खेतबारी बाँझिँदै गएका छन् । रोजगारी र अवसरको खोजीमा युवा पुस्ता विदेशिने क्रम बढ्दो छ । तर, छत्रकोट गाउँपालिका–२ ग्वाघाकी ५२ वर्षीया लक्ष्मी महत्राले भने अरूले …

#खेती #फूल
Compare →
Bizshala
1w ago
सयपत्री हाइड्रोपावरको १५ हजार कित्ता संस्थापक सेयर बिक्रीमा

सयपत्री हाइड्रोपावरको १५ हजार कित्ता संस्थापक सेयर बिक्रीमा

काठमाण्डौ । सयपत्री हाइड्रोपावर लिमिटेडको संस्थापक समूहको १५ हजार कित्ता सेयर बिक्रीमा राखिएको छ।कम्पनीका संस्थापक...

#सयपत्री
Compare →

Related Stories

Business & Economy
Build #2611