तानसेन : पत्रकारितामा दुई दशकभन्दा बढी समय बिताएका बगनासकाली गाउँपालिका–७, खानीगाउँका पदम गैरे पछिल्लो समय पत्रकारितासँगै फूल खेतीमा सक्रिय भएका छन्। लामो समयदेखि समाचार लेखनमा सक्रिय गैरे पछिल्लो समय फूल खेतीमा जुटेका छन्। तानसेन नगरपालिका–७, काजीपौवामा बाँझो जग्गा भाडामा लिएर पत्रकार गैरेले व्यावसायिक फूल खेती गर्दै आएका छन् । पत्रकारिताको अनुभवसँगै नयाँ व्यवसायमा हात हालेका गैरेले काजीपौवामा १० रोपनी बाँझो जग्गा भाडामा लिएका छन्।
१० रोपनी बाझो जग्गा मध्ये पाँच रोपनी क्षेत्रफलमा गैरेले व्यावसायिक रूपमा फूल खेती गरेका छन्। लामो समयदेखि प्रयोगविहीन अवस्थामा रहेको जमिनलाई खन जोत गरेर उनले फूल खेतीबाट राम्रो आम्दानी लिन थालेका छन्। फूल तथा माला चाडो नविग्रिने, ठुलो थुंगा हुने भएकोले गैरेले टेनिस बल जातको फूल रोजेको बताए। पछिल्लो समय बजारमा फूल तथा मालाको माग बढ्दै गएको र व्यावसायिक रूपमा खेती गर्न सके राम्रो आम्दानी लिन सकिने सम्भावना देखेपछि फूल खेतीमा आकर्षित भएको गैरे बताए। विगतका बर्षहरुमा बजारभरी पलाष्टिकका मालाहरु भेटिन्थे भने अहिले फूलै फूलका मालाले बजारहरु भरिएका छन खुसी लागेको छ, यसै गरी बजार विस्तार भएकोमा पाल्पाका पुष्प व्यबसायीहरु उत्साहित भएको गैरेले बताए।
Read full story at source ( annapurnapost.com )