Trending
Prev Story
Next Story

तिहारकाे दिन मात्रै खुल्ने बालगोपालेश्वर मन्दिर खुला

Arthasansar •
November 11, 2026 • 02:04 AM
2
2 reads 0 reactions

दिदीबहिनी र दाजुभाइ नहुनेहरूका लागि भाइटीकाका दिन काठमाडौँको रानीपोखरीस्थित बालगोपालेश्वर मन्दिर खुला गर्ने प्रचलन छ। वर्षमा एक पटक भाइटीकाका दिन मात्र...

तिहारकाे दिन मात्रै खुल्ने बालगोपालेश्वर मन्दिर खुला

दिदीबहिनी र दाजुभाइ नहुनेहरूका लागि भाइटीकाका दिन काठमाडौँको रानीपोखरीस्थित बालगोपालेश्वर मन्दिर खुला गर्ने प्रचलन छ। वर्षमा एक पटक भाइटीकाका दिन मात्र खुल्ने यस मन्दिरमा दिदीबहिनी वा दाजुभाइ नहुने व्यक्तिहरूले पूजा तथा दर्शन गरेर टीका लगाउने गर्छन्।

बुधबार बिहानैदेखि भक्तजनका लागि बालगोपालेश्वर मन्दिर खुला गर्न आवश्यक सबै तयारी पूरा भएको काठमाडौँ महानगरपालिकाका प्रवक्ता नवीन मानन्धरले जानकारी दिएका छन्। यसैगरी, जयवागेश्वरीमा रहेको खञ्जनेश्वर महादेव मन्दिरमा पनि दिदीबहिनी वा दाजुभाइ नहुनेहरूले पूजा र दर्शन गरी टीका लगाउने प्रचलन छ। संस्कृतिविद् एवम् गुठी संस्थानका अध्यक्ष डा गोविन्द टण्डनका अनुसार विसं २०३५ अघिसम्म रानीपोखरीमा हामफालेर बालगोपालेश्वर मन्दिर प्रवेश गर्ने समस्या देखिएपछि मन्दिर बन्द गरिन्थ्यो।

विसं २०३५ पछि रानीपोखरीभित्रको बालगोपालेश्वर मन्दिर नियमित रूपमा खुल्न थालेको हो। विसं २०७२ वैशाख १२ गतेको गोरखा भूकम्पले मन्दिर क्षतिग्रस्त भएपछि विसं २०७७ सम्म दिदीबहिनी तथा दाजुभाइ नहुने भक्तजन खञ्जनेश्वर महादेव मन्दिरमा जाने गरेका थिए। भूकम्पपछि पुनर्निर्माण गरिएको बालगोपालेश्वर मन्दिर विसं २०७७ देखि पुनः भक्तजनका लागि खुला गरिएको हो।

भाइटीकाको दिनलाई नेवार समुदायले किजापूजाका रूपमा मनाउँछन्। नेवार समुदायमा आफ्नो कुल परम्पराअनुसार कसैले आज त कसैले अघिल्लो दिन किजापूजा गर्छन्। भक्तपुरका अधिकांश नेवार समुदायले हिजो नै किजापूजा गरिसकेका छन्। त्यहाँको तलेजु मन्दिरका पुजारी र ज्योतिषीको निर्णय अनुसार भक्तपुरका नेवार समुदायले हिजो किजापूजा गरेको बताइएको छ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 3 other independent news outlets reported on this story.

3 Publications
Nagarik News
2d ago
वर्षाले बिगार्‍यो भाइटीकाको रौनक, बालगोपालेश्वर मन्दिरमा भक्तजनलाई सास्ती

वर्षाले बिगार्‍यो भाइटीकाको रौनक, बालगोपालेश्वर मन्दिरमा भक्तजनलाई सास्ती

बुधबार बिहानैदेखि बालगोपालेश्वर मन्दिरमा दाजुभाइ तथा दिदीबहिनी नहुनेहरूको भाइटीका लगाउने भीड थियो।

#मन्दिर #बालगोपालेश्वर #दिदीबहिनी
Compare →
Onlinekhabar
2d ago
रानीपोखरीको बालगोपालेश्वर मन्दिरमा भाइटिका (तस्वीरहरू)

रानीपोखरीको बालगोपालेश्वर मन्दिरमा भाइटिका (तस्वीरहरू)

२५ कात्तिक, काठमाडौं । प्रत्येक वर्ष कार्तिक शुक्ल द्वितीया अर्थात् भाइटीकाका दिनमात्र भक्तजनका लागि खुला गरिने रानीपोखरीबीचको बालगोपालेश्वर मन्दिरमा भाइटीका लगाइएको छ । भाइटीकाको अवसरमा बुधबार सर्वसाधरणका लागि मन्दिर खोलिएको थियो । बालगोपालेश्वर मन्दिर वर्षमा एक …

#मन्दिर #बालगोपालेश्वर #भाइटी
Compare →
Hamro Patro News
2d ago
वर्षाले बालगोपालेश्वरको भाइटीका प्रभावित

वर्षाले बालगोपालेश्वरको भाइटीका प्रभावित

काठमाडौँ- अकस्मातको वर्षाले काठमाडौँको रानीपोखरीस्थित बालगोपालेश्वरको भाइटीका प्रभावित भएको छ।बुधबार बिहानैदेखि बालगोपालेश्वर मन्दिमा दाजुभाई तथा दिदीबहिनी नहुनेहरुको भाइटीका लगाउने भीड थियो। अपरा...

#बालगोपालेश्वर #भाइटी
Compare →

Related Stories

Science & Climate
Build #2611