Trending
Prev Story
Next Story

राजनीतिसँगै सामूहिक सयपत्री फूलखेती

Nagarik News •
November 06, 2026 • 03:21 AM
1
1 reads 0 reactions

दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–३ बाम्राङमा सामूहिक रूपमा लगाइएको सयपत्री फूलको व्यावसायिक खेतीले राम्रो उत्पादन दिएको छ।

राजनीतिसँगै सामूहिक सयपत्री फूलखेती

दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–३ बाम्राङमा सामूहिक रूपमा लगाइएको सयपत्री फूलको व्यावसायिक खेतीले राम्रो उत्पादन दिएको छ।

राजनीतिमा सक्रिय स्थानीय तीन युवाको सामूहिक लगानीमा ‘खोटाङ एग्रो इन्डस्ट्री फार्म’ दर्ता गरेर बाम्राङमा करिब ४० रोपनी जग्गा भाडामा लिएर सयपत्री फूलको व्यावसायिक खेती गरिएको हो। राजनीतिसँगै व्यावसायिक कृषि पेसामा लागेका दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–३ बाम्राङका लेखबहादुर रम्तेल, सोही ठाउँका बालकृष्ण कटवाल र वडा नं ४ खाल्लेका चन्द्र केसीलाई आजभोलि बारीभरि पहेँलपुर फुलेका सयपत्री फूल टिप्न र माला उन्ने कामदार खोज्ने चटारो छ।

फूलैफूलको चाड भनेर चिनिने तिहार नजिकै आइसकेकाले बारीभरि ढकमक्क फुलेका सयपत्री फूल टिपेर बजारसम्म पुर्याउन उनीहरूलाई भ्याइनभ्याइ भएको हो। तिहारमा यस वर्ष सयपत्री फूलको करिब १२ हजार माला तयार गर्ने लक्ष्य राखिएको योङ कम्युनिष्ट लिग (वाइसीएल) दिक्तेल रुपाकोट मझुवागढी नगरका नेतासमेत रहेका सञ्चालक रम्तेलले जानकारी दिए।

'पहिलोपटक सञ्चालन गरिएको फार्ममा यसपटक करिब रु ३० देखि रु ३६ लाख आम्दानी गर्न सकिने अनुमान गरिएको छ। तिहारमा करिब १२ हजार माला बिक्री गर्ने लक्ष्य छ। यसमध्ये नौ हजार काठमाडौंमा र तीन हजार जिल्लामै खपत हुन्छ भन्ने लागेको छ', उनले भने, 'फूल टिप्न र माला उन्न दैनिक २५ जना कामदार खटाइएको छ। सयपत्री फूलको माला उन्नेलाई प्रतिमाला रु सातका दरले पारिश्रमिक दिने गरेका छौँ।'

एक जना कामदारले एक दिनमा १०० वटाभन्दा बढी सयपत्री फूलका माला तयार गर्न सक्ने भएकाले उनीहरूको आम्दानी पनि राम्रो हुने गरेको सञ्चालकले बताएका छन्। तीन युवाको सामूहिक लगानीमा सञ्चालित फार्ममा उत्पादित सयपत्री फूलको माला उन्ने कामले स्थानीय महिलालाई रोजगारी दिएको छ।

बाम्राङमा सञ्चालित कृषि फार्ममा उत्पादित सयपत्री फूललाई केही दिन काठमाडौंमा भण्डारण गरेर राख्ने र त्यसपछि बजारमा बेच्ने तयारी गरिएको सञ्चालक केसीले बताए। 'तिहारका लागि फूलको बजार केही दिनपछि मात्र सुरु हुन्छ। त्यसबेलासम्म भण्डारण गरेर राख्नुपर्ने हुन्छ', उनले भने, 'सयपत्री फूलको व्यवसाय सुरु गरेको यो पहिलोपटक हो। पहिलो पटकमै राम्रो उत्पादन भएको छ। आगामी दिनमा फूलखेतीबाटै राम्रो आम्दानी गर्न सकिन्छ भन्ने आशा जागेको छ।'

नेपाली कांग्रेसका युवा नेता केसीसहित फरकफरक पार्टीमा आबद्ध तीन युवाले तीन वर्षअघिदेखि बाम्राङमा अकबरे खुर्सानी तथा व्यावसायिक भैँसीपालन व्यवसाय सञ्चालन गर्दै आएका छन्। दूध उत्पादनका लागि यस वर्ष २० वटा लैनौ भैँसी पाल्नेगरी १०० रोपनी जग्गा भाडामा लिएर घाँसखेतीसमेत गरिएको छ।

फार्ममा काम गर्ने दुई जना पूर्णकालीन कामदारलाई सञ्चालकले खाना तथा खाजासहित मासिक तलब उपलब्ध गराउँदै आएका छन्। पूर्णकालीनबाहेकका कामदारलाई सिजनअनुसार दैनिक रु ५०० देखि रु ८०० सम्म ज्याला उपलब्ध गराउने गरिएको जनाइएको छ।

फार्मबाट उत्पादित दूध तथा दूधबाट उत्पादित परिकार दिक्तेलबजारस्थित सालपा कृषि कम्पनीको ‘रैथाने कृषि मार्ट र रैथाने खाजा घर’मा खपत हुँदै आएको छ। रैथाने बाली प्रवर्द्धन, उत्पादन तथा बजारीकरण गर्ने उद्देश्यले दिक्तेलमा स्थापना गरिएको सालपा कृषि कम्पनीले जिल्लामा उत्पादित सबै प्रकारका कृषि उपज खरिद गरेर प्रशोधनगरी राजधानी काठमाडौंलगायतका सहरमा बिक्री गर्दै आएको छ।

राजनीति गर्ने व्यक्तिलाई आम्दानीको वैकल्पिक स्रोत अनिवार्य हुनुपर्ने भएकाले सामूहिक लगानीमा कृषि व्यवसाय सुरु गरेको उनीहरूले जानकारी दिए। तीन युवाको सामूहिक लगानीमा सञ्चालन गरिएको कृषि फार्म धेरैका लागि उदाहरणीय भएको छ। रासस

प्रकाशित: २० कार्तिक २०८३ ०९:०६ शुक्रबार

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 3 other independent news outlets reported on this story.

3 Publications
Ekantipur
3d ago
पढाइसँगै व्यावसायिक सयपत्री खेतीमा रमाउँदै नवीन

पढाइसँगै व्यावसायिक सयपत्री खेतीमा रमाउँदै नवीन

बैतडीको सोटीगाउँका कृषि विद्यार्थी नवीनराज जोशीले पढाइसँगै व्यावसायिक सयपत्री खेती सुरु गरेका छन् । ५ हजार रुपैयाँ लगानीमा सुरु गरेको फूल खेतीबाट दसैं र तिहारमा ७५ हजार रुपैयाँभन्दा बढी आम्दानी हुने उनको अपेक्षा छ ।

#सयपत्री #फूल #व्यावसायिक
Compare →
Hamro Patro News
6d ago
धनकुटामा सयपत्री फूलखेती फस्टाउँदै, तिहारले किसानलाई आम्दानीको आशा

धनकुटामा सयपत्री फूलखेती फस्टाउँदै, तिहारले किसानलाई आम्दानीको आशा

धनकुटा– धनकुटाका खेतबारी यतिबेला सयपत्री फूलले ढकमक्क भएका छन्। पहेँलो र सुन्तला रङका फूलले गाउँका पाखा तथा बारीको सौन्दर्य बढाउनुका साथै किसानमा आम्दानीको आशासमेत जगाएका छन्। तिहार नजिकिएसँगै धनक...

#सयपत्री #फूल #फूलखेती
Compare →
Onlinekhabar
5d ago
विदेशबाट फर्किएर गाउँमै भविष्य खोज्दै गोकर्ण, पाँच रोपनीमा ढकमक्क सयपत्री फूल

विदेशबाट फर्किएर गाउँमै भविष्य खोज्दै गोकर्ण, पाँच रोपनीमा ढकमक्क सयपत्री फूल

२२ कात्तिक, गुल्मी । मेहनत, लगनशीलता र नयाँ सोच भए आफ्नै गाउँमा पनि राम्रो सम्भावना सिर्जना गर्न सकिन्छ भन्ने उदाहरण बनेका छन् गुल्मीको इस्मा गाउँपालिका–३ का युवा उद्यमी गोकर्ण नेपाली । तिहार नजिकिँदै गर्दा उनले …

#सयपत्री #फूल
Compare →

Related Stories

Politics & Governance
Build #2611