Trending
Prev Story
Next Story

सल्यानमा राउटे समुदायका महिला तथा बालबालिकासँग मन्त्री बादीको संवाद

Nagarik News •
November 06, 2026 • 03:29 AM
1
1 reads 0 reactions

महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षा मन्त्री सिता बादीले सल्यानको बनगाड कुपिण्डे नगरपालिकास्थित नाम्रा क्षेत्रमा बसोबास गर्दै आएका राउटे समुदायसँग भेटघाट तथा प्रत्यक्ष संवाद गरेकी छन्।

सल्यानमा राउटे समुदायका महिला तथा बालबालिकासँग मन्त्री बादीको संवाद

महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षा मन्त्री सिता बादीले सल्यानको बनगाड कुपिण्डे नगरपालिकास्थित नाम्रा क्षेत्रमा बसोबास गर्दै आएका राउटे समुदायसँग भेटघाट तथा प्रत्यक्ष संवाद गरेकी छन्।

भेटका क्रममा मन्त्री बादीले राउटे समुदायका महिला तथा बालबालिकासँग आत्मीय संवाद गर्दै उनीहरूको जीवनशैली, दैनिक आवश्यकता, जीविकोपार्जनका चुनौती तथा शिक्षा र स्वास्थ्यको अवस्थाबारे जानकारी लिएकी थिइन्। उनले समुदायका सदस्यहरूका समस्या र आवश्यकतालाई नजिकबाट बुझ्दै जीवनस्तर सुधार, संरक्षण र अवसर विस्तारका विषयमा चासो व्यक्त गरिन्।

संवादका क्रममा राउटे समुदायका सदस्यहरूले मन्त्री बादीलाई आफ्नै हातले निर्माण गरेका काठका तीनवटा परम्परागत भाँडासमेत मायाको चिनोस्वरूप प्रदान गरेका थिए। समुदायको मौलिक सीप, कला र परम्पराको प्रतिनिधित्व गर्ने ती सामग्री ग्रहण गर्दै मन्त्री बादीले राउटे समुदायका परम्परागत सीपको संरक्षण र प्रवर्द्धनसँगै तिनलाई आयआर्जनको माध्यम बनाउनुपर्नेमा जोड दिइन्।

राउटे समुदायले उत्पादन गर्दै आएका काठका भाँडाकुँडा तथा महिलाहरूले तयार गर्ने माला लगायतका हस्तकलाका सामग्रीको बजार प्रवर्द्धन र बजारीकरण गर्न सके समुदायको आर्थिक अवस्था सुधारमा सहयोग पुग्ने उनको भनाइ थियो। परम्परागत सीप र उत्पादनलाई उचित बजार तथा मूल्यसँग जोड्न आवश्यक रहेको उनले उल्लेख गरिन्।

मन्त्री बादीले राउटे बालबालिकाको शिक्षालाई विशेष प्राथमिकता दिनुपर्ने बताउँदै उनीहरूको सिकाइलाई निरन्तरता दिन आवश्यक वातावरण र सहयोगको व्यवस्था गर्नुपर्नेमा जोड दिइन्। समुदायको मौलिक संस्कृति, परम्परा र पहिचानको सम्मान गर्दै बालबालिकालाई शिक्षा, स्वास्थ्य तथा संरक्षणको पहुँचमा ल्याउनुपर्ने उनको धारणा थियो।

यसै क्रममा मन्त्री बादीले सामाजिक सेवा केन्द्र (सोसेक) नेपालद्वारा राउटे बालबालिकाका लागि सञ्चालित घुम्ती सिकाइ केन्द्रको अवलोकन गरिन्। उनले केन्द्रमा भइरहेको शिक्षण प्रक्रिया, बालबालिकाको सिकाइ अवस्था तथा शैक्षिक गतिविधिबारे जानकारी लिएकी थिइन्।

प्रकाशित: २० कार्तिक २०८३ ०९:१४ शुक्रबार

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 4 other independent news outlets reported on this story.

4 Publications
Hamro Patro News
1w ago
महिला, बालबालिका र सीमान्तकृत समुदायका समस्या प्राथमिकतामा राख्न मन्त्री सिता बादीको निर्देशन

महिला, बालबालिका र सीमान्तकृत समुदायका समस्या प्राथमिकतामा राख्न मन्त्री सिता बादीको निर्देशन

सल्यान । महिला, बालबालिका, ज्येष्ठ नागरिक, दलित तथा सीमान्तकृत समुदायका समस्या प्राथमिकताका साथ सम्बोधन गर्न महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षा मन्त्री सिता बादीले जि...

#बालबालिका #समुदायका #बादी
Compare →
Ekantipur
5d ago
सल्यान र रुकुमका चार हजार मौलिक शब्द समेटिएको पुस्तक ‘बकचालो’

सल्यान र रुकुमका चार हजार मौलिक शब्द समेटिएको पुस्तक ‘बकचालो’

हराउँदै गएको स्थानीय भाषा र मौलिक शब्दको संरक्षण तथा अभिलेखीकरण गर्ने उद्देश्यले पुस्तक तयार पारिएको लेखक हिरालाल केसीले बताए।

#सल्यान
Compare →
Onlinekhabar
1w ago
६ मंसिरमा ‘मिथिला सम्पदा संवाद शृङ्खला’ हुने

६ मंसिरमा ‘मिथिला सम्पदा संवाद शृङ्खला’ हुने

२० कात्तिक, जनकपुरधाम । मिथिलाको भाषा, दर्शन, संस्कृति र कलाको संरक्षण, संवर्द्धन तथा प्रवर्द्धन गर्ने उद्देश्यले राजर्षिजनक विश्वविद्यालय र नेपाल संस्कृत विश्वविद्यालयको संयुक्त आयोजनामा ‘मिथिला सम्पदा संवाद शृङ्खला’ आयोजना हुने भएको छ । आगामी ६ मंसिर …

#संवाद
Compare →
Bizshala
1w ago
आज र भोलि देशभर बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधि खुवाइँदै

आज र भोलि देशभर बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधि खुवाइँदै

काठमाण्डौ । सरकारले आज र भोलि देशभर बालबालिकालाई भिटामिन ‘ए’ क्याप्सुल र जुकाको औषधि खुवाउने अभियान सञ्चालन गरेको...

#बालबालिका
Compare →

Related Stories

Politics & Governance
Build #2611