Trending
Prev Story
Next Story

सल्यान र रुकुमका चार हजार मौलिक शब्द समेटिएको पुस्तक ‘बकचालो’

Ekantipur •
November 08, 2026 • 06:32 AM
1
1 reads 0 reactions

हराउँदै गएको स्थानीय भाषा र मौलिक शब्दको संरक्षण तथा अभिलेखीकरण गर्ने उद्देश्यले पुस्तक तयार पारिएको लेखक हिरालाल केसीले बताए।

सल्यान र रुकुमका चार हजार मौलिक शब्द समेटिएको पुस्तक ‘बकचालो’

हराउँदै गएको स्थानीय भाषा र मौलिक शब्दको संरक्षण तथा अभिलेखीकरण गर्ने उद्देश्यले पुस्तक तयार पारिएको लेखक हिरालाल केसीले बताए।

सल्यान — सल्यान र रुकुमका विभिन्न क्षेत्रमा प्रचलनमा रहेका चार हजार मौलिक शब्द समेटिएको पुस्तक ‘बकचालो’ विमोचन गरिएको छ। लेखक तथा पत्रकार हिरालाल केसीद्वारा लिखित पुस्तकको शनिबार शारदा नगरपालिका–१, श्रीनगरमा प्रतिनिधिसभा सदस्य रमेश मल्ल र सल्यानका प्रमुख जिल्ला अधिकारी वन्धना केसिले  विमोचन गरेका हुन्।

हराउँदै गएको स्थानीय भाषा र मौलिक शब्दको संरक्षण तथा अभिलेखीकरण गर्ने उद्देश्यले पुस्तक तयार पारिएको लेखक केसीले बताए। त्यसका लागि गाउँगाउँ पुगेर अग्रज पुस्तासँग संवाद गर्दै उनीहरूले प्रयोग गर्ने र स्थानीय जनजीवनमा प्रचलित शब्दहरू सङ्कलन गरिएको उनले जानकारी दिए। तीन महिनाको अवधिमा पुस्तक तयार पारिएको उनको भनाइ छ।

पुस्तकमा सल्यानका दार्मा र कुमाख गाउँपालिका तथा बागचौर नगरपालिकाका साथै रुकुमका त्रिवेणी गाउँपालिका, चौरजहारी नगरपालिका र सानीभेरी गाउँपालिमा प्रचलनमा रहेका मौलिक शब्द समेटिएका छन्। स्थानीय भाषा, शब्द, उखानटुक्का र अभिव्यक्तिहरूलाई पुस्तकमा सङ्ग्रह गरिएको छ।

पुस्तक विमोचन गर्दै प्रतिनिधिसभा सदस्य मल्लले मौलिक भाषा संरक्षणका लागि सबैले चासो दिनुपर्ने बताए। विशेषगरी युवा पुस्ताले स्थानीय भाषाको संरक्षणमा रुचि देखाउनुपर्ने उनको भनाइ थियो। स्थानीय मौलिक भाषालाई जीवन्त राख्न सके मात्रै भावी पुस्ताले आफ्नो भाषिक पहिचान र पुर्खाले प्रयोग गर्दै आएका शब्दबारे जानकारी पाउने उनले बताए।

कार्यक्रममा प्रमुख जिल्ला अधिकारी वन्दना केसीले भाषा पुर्खाको इतिहास भएको बताइन्। स्थानीय शब्दहरूको मौलिकता जोगाउनु सबैको साझा दायित्व भएको उल्लेख गर्दै उनले भाषिक सम्पदा संरक्षणमा सबैले योगदान पुर्‍याउनुपर्नेमा जोड दिइन्।

‘बकचालो’ स्थानीय मौलिक शब्दहरूको सङ्गालो मात्र नभई समाजको पहिचान, इतिहास, संस्कृति र सभ्यताको जीवन्त दस्तावेजका रूपमा प्रस्तुत गरिएको छ। भाषा, शब्द, उखानटुक्का र अभिव्यक्तिमा मानिसको अनुभव, ज्ञान, परम्परा र जीवनशैली प्रतिबिम्बित हुने भएकाले तिनको संरक्षण र अभिलेखीकरण आवश्यक रहेको पुस्तकको अवधारणा छ।

पछिल्लो समय नयाँ पुस्तामा स्थानीय भाषिका र मौलिक शब्दको प्रयोग घट्दै गइरहेका बेला पुस्तकले भाषिक तथा सांस्कृतिक सम्पदा संरक्षणमा योगदान पुर्‍याउने अपेक्षा गरिएको छ। कुमाख मिडिया ग्रुप प्रालिले प्रकाशन गरेको पुस्तकमा चार हजार मौलिक शब्द समेटिएका छन्।

सरिता चलाउने कान्तिपुरकी सल्यान संवाददाता हुन् ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 3 other independent news outlets reported on this story.

3 Publications
Hamro Patro News
1w ago
‘डम्फु सेलो शतक यात्रा’ पुस्तक लोकार्पण

‘डम्फु सेलो शतक यात्रा’ पुस्तक लोकार्पण

डम्फु सेलो शतक यात्रा’ नामक पुस्तक प्रकाशनमा आएको छ । पत्रकार तथा लेखक सुशीला तामाङले अध्ययन तथा अनुसन्धान गर्नुभएको पुस्तकको सम्पादन अनुसन्धादाता, अध्यता कैलाश राईले गर्नुभएको हो । ‘डम्फु सेलो’ क...

#पुस्तक #लेखक
Compare →
Nagarik News
3d ago
मौलिक संस्कार, संस्कृति र सभ्यता बिर्सन हुन्नः गृहमन्त्री गुरुङ

मौलिक संस्कार, संस्कृति र सभ्यता बिर्सन हुन्नः गृहमन्त्री गुरुङ

गृहमन्त्री सुधन गुरुङले नेपालको मौलिक कला, संस्कृति, परम्परा र संस्कार नयाँ पुस्ताले आत्मसात् गर्दै पुस्तान्तरण गर्नुपर्नेमा जोड दिएका छन्।

#मौलिक
Compare →
Onlinekhabar
3d ago
नेपाल संवत सबै नेपालीको मौलिक संवत हो : सांसद श्रेष्ठ

नेपाल संवत सबै नेपालीको मौलिक संवत हो : सांसद श्रेष्ठ

२४ कात्तिक, काठमाडौं । नेपाली कांग्रेसका सांसद मदनकृष्ण श्रेष्ठले नेपाल संवत नेवार समुदायको मात्र नभई सम्पूर्ण नेपालीको मौलिक संवत भएको बताएका छन् । मंगलबार भक्तपुरमा राष्ट्रिय विभूति शङ्खधर साख्वाः प्रतिष्ठानले नेपाल संवत ११४७ नयाँ वर्षको अवसरमा …

#मौलिक
Compare →

Related Stories

Education & Youth
Build #2611