Trending
Prev Story
Next Story

नेपाल संवत सबै नेपालीको मौलिक संवत हो : सांसद श्रेष्ठ

Onlinekhabar •
November 10, 2026 • 07:00 AM
1
1 reads 0 reactions

२४ कात्तिक, काठमाडौं । नेपाली कांग्रेसका सांसद मदनकृष्ण श्रेष्ठले नेपाल संवत नेवार समुदायको मात्र नभई सम्पूर्ण नेपालीको मौलिक संवत भएको बताएका छन् । मंगलबार भक्तपुरमा राष्ट्रिय विभूति शङ्खधर साख्वाः प्रतिष्ठानले नेपाल संवत ११४७ नयाँ वर्षको अवसरमा …

नेपाल संवत सबै नेपालीको मौलिक संवत हो : सांसद श्रेष्ठ

२४ कात्तिक, काठमाडौं । नेपाली कांग्रेसका सांसद मदनकृष्ण श्रेष्ठले नेपाल संवत नेवार समुदायको मात्र नभई सम्पूर्ण नेपालीको मौलिक संवत भएको बताएका छन् ।

मंगलबार भक्तपुरमा राष्ट्रिय विभूति शङ्खधर साख्वाः प्रतिष्ठानले नेपाल संवत ११४७ नयाँ वर्षको अवसरमा आयोजना गरेको कार्यक्रममा बोल्दै उनले नेपाल संवत नेपालको मौलिक पहिचान र राष्ट्रिय स्वाभिमानसँग जोडिएको बताएका हुन् ।

उनले नेपाल संवतका प्रवर्तक राष्ट्रिय विभूति शङ्खधर साख्वाले सर्वसाधारण जनतालाई ऋणमुक्त गराएर मानवता र परोपकारको उत्कृष्ट उदाहरण प्रश्तुत गरेको उल्लेख गरे । साख्वाको योगदानलाई आर्थिक तथा सामाजिक क्रान्तिका रूपमा लिनुपर्ने उनको भनाइ छ ।

‘शङ्खधर साख्वाःले ऋणमा डुबेका सर्वसाधारण जनतालाई ऋणमुक्त गराई मानवता, परोपकार र सामाजिक न्यायको अनुपम उदाहरण प्रश्तुत गर्नुभयो । उहाँले कुनै शासकको नाममा नभई नेपाल देशकै नाममा नेपाल सम्वत प्रचलनमा ल्याउनु हाम्रो राष्ट्रिय गौरव र मौलिक पहिचानको विषय हो,’ उनले भने ।

श्रेष्ठले नेपाल संवत प्रारम्भ भएको दिनलाई जनताको ऋणमुक्तिको दिन अर्थात मुक्ति दिवसका रूपमा समेत लिन सकिने बताए । कुनै राजा वा शासकले नभई एक सामान्य नेपाली नागरिक तथा व्यापारीले जनताको हितका लागि आफ्नो नाममा नभई देशकै नाममा संवत स्थापना गर्नु गौरवको विषय भएको उनले उल्लेख गरे ।

उनले पञ्चायतकालमा नेपाल संवत र शङ्खधर साख्वालाई लोकतान्त्रिक आन्दोलनको प्रतीकका रूपमा अघि सारिएको स्मरण गर्दै त्यसैका कारण नेपाल संवत् नेवार समुदायको मात्र हो भन्ने भ्रम सिर्जना भएको बताए । नेपाल संवत सम्पूर्ण नेपालीका लागि स्थापना भएको मौलिक संवत् भएकाले यसको संरक्षण र प्रवद्र्धनमा सबैको दायित्व रहेको उनको भनाइ छ ।

‘नेपाल सम्वत कुनै एक जाति वा समुदायको मात्र नभई सम्पूर्ण नेपालीको साझा राष्ट्रिय संवत हो । यसको संरक्षण, संवर्द्धन र प्रवर्द्धन गर्नु हामी सबैको दायित्व हो । नेपाल सरकारले नेपाल सम्वतलाई राष्ट्रिय संवत् र शङ्खधर साख्वाःलाई राष्ट्रिय विभूतिको मान्यता दिनु ऐतिहासिक उपलब्धि हो,’ उनले भने ।

नेपाल सरकारले नेपाल संवत्लाई राष्ट्रिय संवत्का रूपमा घोषणा गर्नु र सरकारी कार्यालयका लेटरप्याडमा समेत यसको प्रयोग सुरु गर्नु सकारात्मक भएको उनले बताए ।

यद्यपि, नेपाल संवत्को प्रयोग र महत्वबारे आम नागरिकमा अझै पर्याप्त जानकारी नरहेको भन्दै यसको व्यापक प्रचारप्रसार आवश्यक रहेको उनले औल्याए । नेपाल संवतको प्रवद्र्धनका लागि शङ्खधर साख्वाको नाममा विश्वविद्यालय स्थापना गर्न, मुद्रा तथा पाठ्यपुस्तकमा नेपाल संवत्को मिति र तिथिलाई समावेश गर्न तथा विद्यालय तहदेखि नै यसको इतिहास र महत्वबारे अध्ययन गराउनुपर्ने प्रश्तावसमेत उनले राखे ।

‘अब विद्यालयका पाठ्यपुस्तक, सरकारी कामकाज र राष्ट्रिय दस्तावेजहरूमा यसको प्रयोग अझ व्यापक बनाउन आवश्यक छ । नयाँ पुस्तालाई शङ्खधर साख्वाःको योगदान र नेपाल सम्वत्को ऐतिहासिक महत्वबारे जानकारी गराउनु हाम्रो जिम्मेवारी हो,’ उनले भने ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 3 other independent news outlets reported on this story.

3 Publications
Hamro Patro News
3d ago
नेपाल संवतलाई नेपाली नोटमा अंकित गर्ने सरकारको प्रतिबद्धता स्वागतयोग्य : सांसद रञ्जित

नेपाल संवतलाई नेपाली नोटमा अंकित गर्ने सरकारको प्रतिबद्धता स्वागतयोग्य : सांसद रञ्जित

२४ कात्तिक, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का भक्तपुर क्षेत्र नम्बर १ का सांसद रुकेश रञ्जितले नेपाल संवतलाई नेपाली नोटमा समेत अङ्कित गर्ने सरकारको प्रतिबद्धता स्वागतयोग्य रहेको बता...

#संवत #सांसद
Compare →
Nagarik News
1d ago
बालेन सरकारले ५ वर्ष पूरा गर्नुपर्छ: अमरेश

बालेन सरकारले ५ वर्ष पूरा गर्नुपर्छ: अमरेश

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद अमरेशकुमार सिंहले न्यायालयले समेत न्याय माग्नुपर्ने अवस्था सिर्जना हुनु लोकतन्त्रका लागि चिन्ताको विषय भएको बताएका छन्। बिहीबार सामाजिक सञ्जालमा लेख्दै उनले यस्तो बताएका हुन्।

#सांसद #बताए
Compare →
Ekantipur
6h ago
रास्वपाका २० सांसद चीन जाँदै, बीआरआईदेखि आर्थिक सहयोगसम्मका एजेन्डा राख्न प्रधानमन्त्रीको निर्देशन

रास्वपाका २० सांसद चीन जाँदै, बीआरआईदेखि आर्थिक सहयोगसम्मका एजेन्डा राख्न प्रधानमन्त्रीको निर्देशन

बीआरआईमार्फत ऋणका रूपमा विमानस्थललगायतका आयोजनाका लागि दिइएका रकमलाई अनुदानमा कसरी परिवर्तन गर्न सकिन्छ, त्यो विषय राख्नुहोला : वालेन्द्र शाह, प्रधानमन्त्री

#सांसद
Compare →

Related Stories

National (Nepal)
Build #2612