कपुरकोटको घंघारीचौरमा हुने प्रतियोगितामा उत्कृष्ट तीन टोलीले क्रमशः ५०, ३० र २० हजार रुपैयाँ पुरस्कार पाउनेछन्।
सल्यान — सल्यानमा कात्तिक ३० गतेदेखि खुला भलिबल प्रतियोगिता सञ्चालन हुने भएको छ । राष्ट्रिय युवा संघ नेपाल, जिल्ला कमिटी सल्यानको आयोजनामा कपुरकोट गाउँपालिका, ४ स्थित घँघारीचौर खेल मैदानमा प्रतियोगिता सञ्चालन हुने भएको हो ।
प्रतियोगिता मंसिर २ गतेसम्म सञ्चालन हुनेछ । युवापुस्तालाई भलिबल खेल तर्फ उत्साहित गर्न खुल्ला भलिबल प्रतियोगिताको आयोजना गरिएएको युवा संघ सल्यानका जिल्ला अध्यक्ष प्रेम घर्तीले बताए।
प्रतियोगितामा प्रथम हुने टिमले ५० हजार, द्वितीयले ३० हजार र तृतीय हुने टिमले २० हजार रुपैयाँ पुरस्कार प्राप्त गर्ने अध्यक्ष घर्तीले बताए । प्रतियोगितामा सहभागी हुन इच्छुक टिमले कात्तिक ३० गते बिहान ११ बजेसम्म नाम दर्ता गर्न उनले आग्रह गरे।
विप्लव महर्जन कान्तिपुरका सल्यान संवाददाता हुन् ।