Trending
Prev Story
Next Story

आइतबारदेखि वर्षा र हिमपातको सम्भावना, धानबाली भित्र्याउन मौसमविद्को सुझाव

Ekantipur •
November 13, 2026 • 08:31 AM
1
1 reads 0 reactions

आइताबर विशेषगरी सुदूरपश्चिम र कर्णाली प्रदेशका पहाडी तथा हिमाली भूभागका थोरै स्थानमा वर्षाको सम्भावना छ । यसको प्रभाव गण्डकी प्रदेशसम्म विस्तार हुनसक्ने मौसमविद्‌को भनाइ छ ।

आइतबारदेखि वर्षा र हिमपातको सम्भावना, धानबाली भित्र्याउन मौसमविद्को सुझाव

आइताबर विशेषगरी सुदूरपश्चिम र कर्णाली प्रदेशका पहाडी तथा हिमाली भूभागका थोरै स्थानमा वर्षाको सम्भावना छ । यसको प्रभाव गण्डकी प्रदेशसम्म विस्तार हुनसक्ने मौसमविद्‌को भनाइ छ ।

काठमाडौँ — पश्चिमी वायुको प्रभाव विस्तारै बढ्दै जाँदा आइतबारदेखि सुदूरपश्चिम, कर्णाली र गण्डकी प्रदेशका पहाडी तथा हिमाली भूभागमा वर्षा र हिमपातको सम्भावना रहेको नेपाल मौसम विभागले जनाएको छ ।

केही स्थानमा मेघगर्जन, चट्याङ तथा असिनासमेत पर्नसक्ने भएकाले काट्न बाँकी रहेको धानबाली सुरक्षित गर्न मौसमविद्ले सुझाव दिएका छन् ।

विभागकी मौसमविद् विभूति पोखरेलका अनुसार शुक्रबार र शनिबार देशभरको मौसम सामान्यतया सफा रहनेछ । यी दुई दिन पहाडी तथा हिमाली भूभागका एक–दुई स्थानमा हल्का वर्षा भए पनि ठूलो मौसमी परिवर्तनको सम्भावना छैन । तर आइतबारदेखि पश्चिमी वायुको प्रभावका कारण मौसममा परिवर्तन आउने देखिएको छ ।

आइतबार विशेषगरी सुदूरपश्चिम र कर्णाली प्रदेशका पहाडी तथा हिमाली भूभागका थोरै स्थानमा वर्षाको सम्भावना छ । यसको प्रभाव गण्डकी प्रदेशसम्म विस्तार हुनसक्ने मौसमविद् पोखरेलले बताइन् । त्यस्तै बागमती र कोशी प्रदेशका पहाडी भूभागका एक–दुई स्थानमा पनि वर्षा हुन सक्ने अनुमान गरिएको छ ।

विशेषगरी अहिले खेतमा रहेको धानबाली र काटेर सुकाउन राखिएको परालमा वर्षा तथा असिनाले क्षति पुर्‍याउन सक्ने भएकाले किसानले सावधानी अपनाउनुपर्ने देखिन्छ ।

मौसमविद् पोखरेलका अनुसार आगामी दिनमा पश्चिमी न्यूनचापीय प्रणाली सक्रिय भएमा पहाडी तथा हिमाली क्षेत्रमा वर्षा र हिमपात गराउन सक्छ । यद्यपि अहिले देखिएको प्रणाली ठूलो र व्यापक प्रभाव पार्ने खालको भने छैन । यसबाट भारी वर्षाको सम्भावना नरहेको र अधिकांश स्थानमा मध्यमसम्मको वर्षा हुनसक्ने अनुमान गरिएको छ ।

उच्च पहाडी तथा हिमाली भूभागमा मध्यमसम्म हिमपात हुनसक्ने सम्भावना रहे पनि यसलाई असामान्य मौसमी जोखिमका रूपमा लिनुपर्ने अवस्था नरहेको उनले स्पष्ट पारिन् । हिउँदको समयमा हुने वर्षा र हिमपातले हिउँदे बालीका लागि आवश्यक चिस्यान उपलब्ध गराउने भएकाले कृषि उत्पादनका दृष्टिले यसलाई सकारात्मक रूपमा पनि लिन सकिने उनको भनाइ छ ।

उनका अनुसार पश्चिमी वायुबाट विकसित हुने न्युनचापीय प्रणाली छिटो गतिमा एक स्थानबाट अर्को स्थानतर्फ सर्ने प्रकृतिको हुन्छ । त्यसैले यस्तो प्रणाली सक्रिय हुँदा केही समय वर्षा गराएर पार हुने गर्छ । असिनासमेत सबै क्षेत्रमा पर्ने नभई निश्चित स्थानमा मात्रै सिमित हुने सम्भावना रहन्छ । यस वर्ष मनसुनका समयमा एल निनोको प्रभावका कारण कम वर्षा हुन सक्ने आकलन गरिए पनि नेपालमा अपेक्षाकृत नियमित वर्षा भएको मौसमविद् पोखरेलले बताइन् । त्यसमा पश्चिमी वायुको समेत प्रभाव देखिएको उनको भनाइ छ ।

एल निनोको प्रभाव मनसुन र हिउँदमा फरक हुने भएकाले मनसुनमा जस्तै हिउँदमा पनि सुक्खा नै हुन्छ भन्ने निष्कर्ष निकाल्न नमिल्ने उनले बताइन् ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 3 other independent news outlets reported on this story.

3 Publications
Bizshala
4h ago
आइतबारदेखि फेरि मौसम बिग्रिने संकेत: पाँच प्रदेशमा वर्षा र हिमपातको सम्भावना, धानबाली जोगाउन किसानलाई सुझाव

आइतबारदेखि फेरि मौसम बिग्रिने संकेत: पाँच प्रदेशमा वर्षा र हिमपातको सम्भावना, धानबाली जोगाउन किसानलाई सुझाव

काठमाण्डौ । तिहारको भाइटीकाका दिन वर्षा भएपछि चिसो बढेको देशका विभिन्न भागमा आइतबारदेखि फेरि मौसम बदली हुने सम्भावना...

#वर्षा #सम्भावना #आइतबार
Compare →
Hamro Patro News
9h ago
आइतबार असिना-चट्याङसहित मध्यम वर्षा र हिमपातको सम्भावना

आइतबार असिना-चट्याङसहित मध्यम वर्षा र हिमपातको सम्भावना

आइतबार असिना-चट्याङसहित मध्यम वर्षा र हिमपातको सम्भावना ५ मिनेट अघि काठमाडौं : पश्चिमी न्यूनचापीय प्रणालीको आंशिक प्रभावका कारण आगामी आइतबार (कात्तिक २९) देशका अधिकांश पहाडी तथा हिमाली भूभागमा मौ...

#वर्षा #सम्भावना #आइतबार
Compare →
Onlinekhabar
16h ago
हिमाली भेगका एक दुई स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना

हिमाली भेगका एक दुई स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना

२७ कात्तिक, काठमाडौं । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । देशको हिमाली र पहाडी भू-भागमा आंशिक बादल लागेको छ भने तराई भू-भागमा मौसम मुख्यतया सफा रहेको छ । नेपाल मौसम विज्ञान विभाग मौसम पूर्वानुमान …

#वर्षा #हिमपात #सम्भावना
Compare →

Related Stories

Business & Economy
Build #2611