तनहुँको म्याग्दे गाउँपालिकामा सयपत्री फूलखेती विस्तार भएको छ। गाउँपालिकाले किसानलाई ७५ प्रतिशत अनुदान दिएर फूलखेतीमा प्रोत्साहन गरेपछि चालु वर्ष गाउँपालिकाका विभिन्न वडामा २० रोपनीभन्दा बढी क्षेत्रफलमा सयपत्री फूलखेती गरिएको हो।
गाउँपालिकाभित्र आवश्यक पर्ने फूल स्थानीयस्तरमा उत्पादन गरी बाहिरबाट आयात हुने फूलको निर्भरता घटाउने उद्देश्यले अनुदान कार्यक्रम सञ्चालन गरिएको गाउँपालिका अध्यक्ष श्रीप्रसाद श्रेष्ठले बताए। स्थानीय किसानलाई फूलखेतीतर्फ आकर्षित गर्दै उत्पादन वृद्धि गर्ने, आयआर्जनका अवसर बढाउने र यहाँ उत्पादित फूलको उपयोग बढाउने लक्ष्य राखिएको उनको भनाइ छ।
Read full story at source ( nagariknews.nagariknetwork.com )