Trending
Prev Story
Next Story

यु–१९ एसिया कप क्रिकेट : नेपाल पाकिस्तानसँग पराजित

Ekantipur •
November 10, 2026 • 01:02 PM
1
1 reads 0 reactions

ओमानको अल अमिरात क्रिकेट मैदानमा मंगलबार भएको समूह चरणको अन्तिम खेलमा नेपाल पाकिस्तानसँग १०१ रनले पराजित भएको हो ।

यु–१९ एसिया कप क्रिकेट : नेपाल पाकिस्तानसँग पराजित

ओमानको अल अमिरात क्रिकेट मैदानमा मंगलबार भएको समूह चरणको अन्तिम खेलमा नेपाल पाकिस्तानसँग १०१ रनले पराजित भएको हो ।

काठमाडौं — ओमानमा जारी यु–१९ एसिया कप  क्रिकेट प्रतियोगितामा नेपाल पाकिस्तानसँग पराजित भएको छ ।

ओमानको अल अमिरात क्रिकेट मैदानमा मंगलबार भएको समूह चरणको अन्तिम खेलमा नेपाल पाकिस्तानसँग १०१ रनले पराजित भएको हो । पाकिस्तानले दिएको २७६ रनको लक्ष्य पछ्याउने क्रममा नेपाल ४३ दशमलव ४ ओभरमा सबै विकेट गुमाउदै १७४ रनमा समेटियो ।

नेपालका लागि रोहित चन्दले सर्वाधिक ३७ रन बनाए । उनले ५४ बलमा ३ चौका प्रहार गरे । निरजकुमार यादवले ५९ बलमा २९ रन बनाए भने अभय यादवले १६ बलमा २३ रन जोडे । सूर्यांशु कोइरालाले २२ र दर्श सोनारले २० रन बनाए । यस्तै सोहेल कुँवरले १४, रोशन शाहीले ७ तथा आशिष लुहारले ६ रन बनाए । कप्तान विपिन शर्मा एक रनमा अविजित रहे ।

बलिङतर्फ पाकिस्तानका अहमद हुसेनले १० ओभरमा ३५ रन खर्चेर ४ विकेट लिए । त्यस्तै मोहम्मद हुजैफा र मोहम्मद सय्यमले २ दुई विकेट तथा जहांगिर बिलाल र रिजवानुल्लाहले समान १-१ विकेट लिए ।

त्यसअघि टस हारेर पहिला ब्याटिङको निम्तो पाएको पाकिस्तानले  निर्धारित ५० ओभरमा ७ विकेट गुमाउँदै २७५ रनको योगफल बनाएको थियो । पाकिस्तानका लागि अहमद हुसेनले उत्कृष्ट ब्याटिङ गर्दै ७३ बलमा सर्वाधिक ८९ रनको योगफल बनाए । उनले ७ चौका र २ छक्का प्रहार गरे । यस्तै कप्तान फरहान युसुफले ९५ बलमा ७४ रनको योगदान दिए । उनले ६ चौका र ३ छक्का प्रहार गरे । हसनैन अब्बास दारले २५, जहाँगीर बिलालले २२ तथा उस्मान खानले १९ रन बनाए ।

बलिङतर्फ नेपालका लागि विपिन शर्माले १० ओभरमा ५८ रन खर्चेर ३ विकेट लिए । त्यस्तै सुशिल रावलले दुई तथा सचिन भट्ट र अभय यादवले समान १-१ विकेट लिए । पाकिस्तानसँगको हारसँगै नेपाल एसिया कपबाट बाहिरिएको छ । नेपाल यसअघि भारतसँग १० विकेटले तथा यूएईसँग ७ विकेटले पराजित भएको थियो ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 5 other independent news outlets reported on this story.

5 Publications
Hamro Patro News
3d ago
यु-१९ एसिया कप क्रिकेट: नेपाल पाकिस्तानसँग पराजित

यु-१९ एसिया कप क्रिकेट: नेपाल पाकिस्तानसँग पराजित

काठमाडौँ । ओमानमा जारी यु-१९ एसिया कप क्रिकेट प्रतियोगितामा नेपाल पाकिस्तानसँग पराजित भएको छ । ओमानको अल अमिरात क्रिकेट मैदानमा आज भएको समूह चरणको अन्तिम खेलमा नेपाल पाकिस्तानसँग १०१ रनले पराजित भ...

#पाकिस्तान #क्रिकेट #पराजित
Compare →
Nagarik News
3d ago
पाकिस्तानले नेपाललाई दियो २७६ रनको लक्ष्य

पाकिस्तानले नेपाललाई दियो २७६ रनको लक्ष्य

ओमानमा जारी यु-१९ एसिया कप क्रिकेट प्रतियोगितामा पाकिस्तानले नेपाललाई जितको लागि २७६ रनको विशाल लक्ष्य दिएको छ।

#पाकिस्तान #ओमान
Compare →
Onlinekhabar
10h ago
उत्तरी पाकिस्तानमा यात्रुवाहक भ्यान दुर्घटना, ११ जनाको मृत्यु

उत्तरी पाकिस्तानमा यात्रुवाहक भ्यान दुर्घटना, ११ जनाको मृत्यु

२७ कात्तिक, इस्लामावाद (रासस/एपी)। उत्तरी पाकिस्तानमा एउटा यात्रुवाहक भ्यान सडकबाट नदीमा खसेर दुर्घटनाग्रस्त हुँदा ११ जनाको मृत्यु हुनुका साथै अन्य तीन जना घाइते भएको उद्धार अधिकारी तथा प्रहरीले शुक्रबार जनाएको छ । बिहीबार राति गिलगिट–बाल्टिस्तान क्षेत्रमा …

#पाकिस्तान
Compare →
Arthasansar
11h ago
एनपीएल क्रिकेट : टस जितेर काठमान्डु बलिङमा, सुदूरपश्चिम ब्याटिङ गर्दै

एनपीएल क्रिकेट : टस जितेर काठमान्डु बलिङमा, सुदूरपश्चिम ब्याटिङ गर्दै

नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेट अन्तर्गत शुक्रबारको पहिलो खेलमा काठमान्डु गोर्खाज र सुदूरपश्चिम रोयल्सबीच खेल हुँदैछ । काठमान्डुले टस जितेर...

#क्रिकेट
Compare →
Bizshala
4d ago
पाकिस्तानमा १५ हजारको ग्यास सिलिन्डर २५ हजारसम्म किन पुग्यो ?

पाकिस्तानमा १५ हजारको ग्यास सिलिन्डर २५ हजारसम्म किन पुग्यो ?

काठमाण्डौ। पाकिस्तानमा खाना पकाउने ग्यासको सरकारी दर र बजार मूल्यबीच ठूलो अन्तर देखिएको छ। त्यहाँको तेल तथा ग्यास...

#पाकिस्तान
Compare →

Related Stories

Sports
Build #2611