Trending
Prev Story
Next Story

झाँकी र लाखे नाचसहित फिदिममा नेपाल संवत्‌को स्वागत

Ekantipur •
November 10, 2026 • 01:02 PM
1
1 reads 0 reactions

नेपाल संवत् ११४७ को अवसरमा नेवाः देय् दबू पाँचथरले फिदिममा प्रभातफेरी र शुभकामना आदानप्रदान कार्यक्रम आयोजना गरेको हो ।

झाँकी र लाखे नाचसहित फिदिममा नेपाल संवत्‌को स्वागत

नेपाल संवत् ११४७ को अवसरमा नेवाः देय् दबू पाँचथरले फिदिममा प्रभातफेरी र शुभकामना आदानप्रदान कार्यक्रम आयोजना गरेको हो ।

पाँचथर — पाँचथरमा नेपाल संवत् ११४७ को स्वागत गरिएको छ ।

नेवाः देय् दबू जिल्ला समिति पाँचथरले मंगलबार फिदिममा शुभकामना आदानप्रदान र प्रभातफेरी कार्यक्रम आयोजना गर्दै नेपाल संवत्को स्वागत गरेको हो ।

कार्यक्रमअघि नेवाः समुदायको सांस्कृतिक पहिचान झल्काउने झाँकी र लाखे नाचसहित फिदिम बजार परिक्रमा गरिएको थियो । बजार परिक्रमा गरी पाँचथर उद्योग वाणिज्य संघको सभाहलमा पुगेको टोलीले त्यहाँ शुभकामना आदानप्रदान कार्यक्रम गरेको थियो ।

शुभकामना आदानप्रदान कार्यक्रममा सहभागी वक्ताहरूले नेपाल संवत्को नयाँ वर्षले आपसी सद्भाव, एकता र सांस्कृतिक पहिचानको संरक्षणमा योगदान पुर्‍याउने विश्वास व्यक्त गर्दै नयाँ वर्षको शुभकामना साटासाट गरे ।

नेवाः देय् दबू जिल्ला समिति पाँचथरका अध्यक्ष रमेश भगवत प्रधानाङको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन सचिव सन्तोष श्रेष्ठले गरेका थिए ।

लक्ष्मी गौतम कान्तिपुरका पाँचथर संवाददाता हुन् ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 4 other independent news outlets reported on this story.

4 Publications
Hamro Patro News
3d ago
झाँकी र लाखे नाचसहित फिदिममा नेपाल संवत्‌को स्वागत

झाँकी र लाखे नाचसहित फिदिममा नेपाल संवत्‌को स्वागत

झाँकी र लाखे नाचसहित फिदिममा नेपाल संवत्‌को स्वागत नेपाल संवत् ११४७ को अवसरमा नेवाः देय् दबू पाँचथरले फिदिममा प्रभातफेरी र शुभकामना आदानप्रदान कार्यक्रम आयोजना गरेको हो । कार्तिक २४, २०८३ लक्ष्म...

#फिदिम #संवत् #झाँ
Compare →
Nagarik News
3d ago
मुख्यमन्त्री कार्कीले दिए नेपाल संवत् ११४७ को शुभकामना

मुख्यमन्त्री कार्कीले दिए नेपाल संवत् ११४७ को शुभकामना

कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले नेपाल संवत् ११४७ तथा नयाँ वर्षका अवसरमा सम्पूर्ण नेपालीमा सुख, शान्ति, समृद्धि र सुस्वास्थ्यको शुभकामना व्यक्त गरेका छन्।

#शुभकामना #संवत्
Compare →
Onlinekhabar
3d ago
नेपाल संवत् र म्हः पूजाको शुभकामना दिँदै प्रधानमन्त्रीले भने– यो परम्पराले आत्मशुद्धि र चेतनाको बोध गराउँछ

नेपाल संवत् र म्हः पूजाको शुभकामना दिँदै प्रधानमन्त्रीले भने– यो परम्पराले आत्मशुद्धि र चेतनाको बोध गराउँछ

२४ कात्तिक, काठमाडौं । नेपाल संवत् ११४७ (न्हूदँया भिन्तुना) तथा म्ह पूजाको अवसरमा प्रधानमनत्री बालेन शाहले शुभकामना व्यक्त गरेका छन् । सामाजिक सञ्जालमार्फत शुभकामना व्यक्त गर्दै उनले राष्ट्रिय विभूति शङ्खधर साख्वाःले देशभरका जनतालाई ऋणमुक्त पारेर सुरु …

#शुभकामना #संवत्
Compare →
Arthasansar
3d ago
नेपाल संवत् ११४७ सुरु, नेवार समुदायमा म्हः पूजा गरिँदै

नेपाल संवत् ११४७ सुरु, नेवार समुदायमा म्हः पूजा गरिँदै

आजदेखि नेपाल संवत् ११४७ सुरु भएको छ । यस अवसरमा नेवार समुदायले नयाँ वर्षका रूपमा नेपाल संवत् मनाउनुका साथै म्हः...

#संवत्
Compare →

Related Stories

National (Nepal)
Build #2611