Trending
Prev Story
Next Story

नेपाल संवत् र म्हः पूजाको शुभकामना दिँदै प्रधानमन्त्रीले भने– यो परम्पराले आत्मशुद्धि र चेतनाको बोध गराउँछ

Onlinekhabar •
November 10, 2026 • 02:01 AM
1
1 reads 0 reactions

२४ कात्तिक, काठमाडौं । नेपाल संवत् ११४७ (न्हूदँया भिन्तुना) तथा म्ह पूजाको अवसरमा प्रधानमनत्री बालेन शाहले शुभकामना व्यक्त गरेका छन् । सामाजिक सञ्जालमार्फत शुभकामना व्यक्त गर्दै उनले राष्ट्रिय विभूति शङ्खधर साख्वाःले देशभरका जनतालाई ऋणमुक्त पारेर सुरु …

नेपाल संवत् र म्हः पूजाको शुभकामना दिँदै प्रधानमन्त्रीले भने– यो परम्पराले आत्मशुद्धि र चेतनाको बोध गराउँछ

२४ कात्तिक, काठमाडौं । नेपाल संवत् ११४७ (न्हूदँया भिन्तुना) तथा म्ह पूजाको अवसरमा प्रधानमनत्री बालेन शाहले शुभकामना व्यक्त गरेका छन् ।

सामाजिक सञ्जालमार्फत शुभकामना व्यक्त गर्दै उनले राष्ट्रिय विभूति शङ्खधर साख्वाःले देशभरका जनतालाई ऋणमुक्त पारेर सुरु गरेको नेपाल संवत् चन्द्रमामा आधारित हाम्रो मौलिक समयचक्र र पहिचान भएको बताएका छन् ।

‘आजैका दिन नेवार समुदायमा हर्षोल्लासपूर्वक मनाइने ‘म्ह पूजा’ को मर्म अति गहिरो छ; ‘म्ह’ अर्थात् आफ्नै देह र शरीरभित्रको चेतनालाई साक्षी राखेर, अष्टचिरञ्जीवीको प्रतीक मण्डपमा आफैँले आफैँलाई पूजा गर्ने यस परम्पराले आत्मशुद्धि र चेतनाको बोध गराउँछ,’ प्रधानमन्त्री शाहले भनेका छन् ।

साथै यो मौलिक परम्पराले नेवार समुदायभित्र आपसी सद्भाव, आत्मबल र पुख्र्यौली संस्कृतिको जगेर्ना गर्दै जातीय एकतालाई अझ प्रगाढ बनाउने गरेको छ, जुन हाम्रा लागि गौरवको विषय रहेको उनको भनाइ थियो ।

‘आजैका दिन भगवान् श्रीकृष्णले गोवर्धन पर्वत उठाएर द्वारिकावासीलाई बचाउनुभएको पौराणिक मान्यतासँगै, कृषिकर्मका सहयात्री गोरुलाई पिठो, नुन र बावर खुवाइन्छ तथा हलो, फालीसहितका कृषि औजारहरूको पूजा गरी गोवर्धन पूजा तथा हली तिहार मनाइन्छ,’ प्रधानमन्त्री शाहले भनेका छन् ।

हिजो भैलोका मीठा भाका र आज देउसेहरूको उल्लासमय आशीर्वादले छरछिमेकमा आपसी आत्मीयता र सद्भाव थप्ने उनको विश्वास छ ।

‘हाम्रा यी मौलिक चाडपर्वहरूले रिसराग सबै भुलेर हामीबीचको सामाजिक एकता र सहिष्णुताको भावनालाई सधैँ बलियो बनाउन प्रेरित गरून्,’ उनले भनेका छन् ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 3 other independent news outlets reported on this story.

3 Publications
Hamro Patro News
3d ago
कांग्रेस सभापति थापाद्वारा नेपाल संवत् र म्हः पूजाको शुभकामना

कांग्रेस सभापति थापाद्वारा नेपाल संवत् र म्हः पूजाको शुभकामना

काठमाडौँ। नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले नेपाल संवत् ११४७ र नेवारी परम्पराको म्ह पूजाका अवसरमा सम्पूर्ण नेपालीलाई शुभकामना दिएका छन्। शुभकामना सन्देशमा उनले नेपाल संवत्लाई ‘हाम्रो मौलिक ...

#म्ह #पूजा #शुभकामना
Compare →
Ekantipur
3d ago
महाबौद्धको म्ह:पूजा [तस्बिरहरू]

महाबौद्धको म्ह:पूजा [तस्बिरहरू]

नेपाल भाषामा ‘म्ह:’ को अर्थ शरीर हो । त्यसैले म्ह:पूजालाई आफ्नै शरीर अर्थात् आत्माको पूजा गर्ने पर्वका रूपमा लिइन्छ । यस दिन मानिसले आफ्नो शरीर, स्वास्थ्य र दीर्घायुको कामना गर्दै पूजा गर्ने परम्परा छ ।

#म्ह #पूजा
Compare →
Nagarik News
3d ago
मुख्यमन्त्री कार्कीले दिए नेपाल संवत् ११४७ को शुभकामना

मुख्यमन्त्री कार्कीले दिए नेपाल संवत् ११४७ को शुभकामना

कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले नेपाल संवत् ११४७ तथा नयाँ वर्षका अवसरमा सम्पूर्ण नेपालीमा सुख, शान्ति, समृद्धि र सुस्वास्थ्यको शुभकामना व्यक्त गरेका छन्।

#शुभकामना #संवत्
Compare →

Related Stories

Politics & Governance
Build #2611