कप्तान हरमित सिंहले उत्कृष्ट बलिङ गरेपछि जनकपुर बोल्ट्सले नेपाल प्रिमियर लिग क्रिकेटमा मंगलबार सुदूरपश्चिम रोयल्सलाई १ सय २० रनमा रोकेको छ । टस जितेर ब्याटिङमा आएको सुदूरपश्चिमले त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदान कीर्तिपुरमा निर्धारित २० ओभरमा ९ विकेट गुमाई १ सय २० रनमात्र बनाउन सक्यो ।
काठमाडौँ — कप्तान हरमित सिंहले उत्कृष्ट बलिङ गरेपछि जनकपुर बोल्ट्सले नेपाल प्रिमियर लिग क्रिकेटमा मंगलबार सुदूरपश्चिम रोयल्सलाई १ सय २० रनमा रोकेको छ । टस जितेर ब्याटिङमा आएको सुदूरपश्चिमले त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदान कीर्तिपुरमा निर्धारित २० ओभरमा ९ विकेट गुमाई १ सय २० रनमात्र बनाउन सक्यो ।
पहिलो पटक सुदूरपश्चिम रोयल्सविरुद्ध खेलिरहेका हरमितले ४ ओभरमा १७ रनमात्र खर्चेर ४ विकेट लिएका हुन् । अघिल्लो दुई सिजन हरमितले सुदूरपश्चिमबाट खेलेका थिए र आफ्नो प्रभावशाली प्रदर्शनमा दुबै पटक टोलीलाई फाइनलमा पुर्याएका थिए । दुई वर्ष अघि पहिलो सिजनमा जनकपुरले सुदूरपश्चिमलाई फाइनलमा पराजित गर्दै उपाधि जितेको थियो ।
पहिलो पटक प्रतियोगितामा खेलिरहेका आइरिस अलराउन्डर हृयारी ट्रक्टरले ४ ओभरमा ९ रनमात्र खर्चेर १ विकेट लिए । आदित्य महता, अभिषेक तिवारी र राहुल यादवले पनि १–१ विकेट लिए ।
ललित राजवंशीको सिधा थ्रोमा ओपनर विनोद भण्डारी १० रन बनाई रनआउट हुनु सुदूरपश्चिमका लागि दुर्भाग्य बन्यो । राहुल यादवले अर्का ओपनर सैफ जैबलाई १० रनमा बोल्ड गरी जनकपुरलाई दोस्रो सफलता दिलाए ।
इशान पाण्डेलाई कप्तान हरमितले ३ रनमा बोल्ड गरे । कप्तान दीपेन्द्रसिंह ऐरी १ रनमात्र बनाई आदित्य महताको बलमा कट एन्ड बोल्ड भए । ब्रान्डन म्याकमुलेनले सुदूरपश्चिमबाट सर्वाधिक ३३ रन बनाए । उनले २३ बल खेली समान २ चौका र छक्का प्रहार गरे ।
आरिफ शेखले १६ बल खेली २ चौकासहित ११ रन बनाए । स्कट कुग्लेन ६ रनमा पेभेलियन फर्किए । कुग्लेनलाई आउट गरेपछि हरमितले लगातार बलमा अनिल खरेललाई ३ रन र हेमन्त धामीलाई शुन्यमा आउट गरे । थारिन्दु रत्नायके २७ रनमा अविजित रहे । उनले २८ बल खेली १ चौका र २ छक्का प्रहार गरे । अविनाश बोहरा २ बलमा २ रन बनाई अविजित रहे ।
शीर्ष चारमा परेर प्ले अफ पुग्नका लागि दुबैका लागि यो खेल जित्नै पर्ने दबाब रहेको छ । २–२ खेल खेल्न बाँकी रहेको अवस्थामा सुदूरपश्चिमको ६ र जनकपुरको ४ अंक छ । पराजय बेहोर्ने टोली बाहिरिने अवस्थामा पुग्न सक्छन् । यस खेल जितेमा सुदूरपश्चिम कम्तिामा दोस्रो स्थानमा पुग्ने छ भने जनकपुरको हकमा यो खेल जितेमा तेस्रो स्थानमा उक्लने छ ।
विनोद पाण्डे कान्तिपुरका खेलकुद ब्यूरो प्रमुख हुन् ।