६ वर्षीय बालकको नदीमा नुहाउने क्रममा डुबेर मृत्यु भएको प्रहरीले जनाएको छ ।
दाङ — देउखुरीस्थित राप्ती नदीमा डुबेर मंगलबार एक बालकको मृत्यु भएको छ । तुलसीपुर उपमहानगरपालिका–६ गोलौराका खडक सिंह डाँगीका ६ वर्षीय छोरा किशन डाँगीको नदीमा नुहाउने क्रममा डुबेर मृत्यु भएको हो ।
जिल्ला प्रहरी कार्यालय दाङका अनुसार राजपुर गाउँपालिका–७ हाटबासस्थित मामाको घरमा गएका बेला उनी राप्ती नदीमा नुहाउन गएका थिए । नदीमा डुबेर अचेत भएका बालकलाई लमही अस्पताल पुर्याइएको थियो । अस्पताल पुर्याएलगत्तै चिकित्सकले उनलाई मृत घोषणा गरेका थिए ।
दुर्गालाल केसी कान्तिपुरका दाङ संवाददाता हुन् ।