Trending
Prev Story
Next Story

मृत्युको मुखबाट फर्किएका डेढ वर्षीय सुदीप

Nagarik News •
November 12, 2026 • 08:41 AM
1
1 reads 0 reactions

दुर्घटनामा डेढ वर्षीय बालक सुदीप यादव मृत्युको मुखबाट सकुशल फर्किएका छन्।

मृत्युको मुखबाट फर्किएका डेढ वर्षीय सुदीप

मकवानपुरको भीमफेदी गाउँपालिका–६ चिसापानीगढीमा बिहीबार बिहान भएको यात्रुवाहक विद्युतीय हाइस दुर्घटनामा डेढ वर्षीय बालक सुदीप यादव मृत्युको मुखबाट सकुशल फर्किएका छन्।

काठमाडौंबाट सर्लाहीतर्फ जाँदै गरेको मधेश प्रदेश ०३–००१ ज ०८८० नम्बरको ईभी हाइस बिहीबार बिहान करिब ५:४५ बजे भीमफेदी–कुलेखानी–काठमाडौं सडकखण्डअन्तर्गत चिसापानीगढीमा सडकबाट करिब ५०० मिटर तल भिरमा खसेको थियो।

दुर्घटनामा १० जनाले ज्यान गुमाए भने छ जना गम्भीर घाइते भएका छन्। तर, त्यही दुर्घटनाको कहालीलाग्दो दृश्यबीच डेढ वर्षीय सुदीपको सकुशल उद्धार हुनुलाई जीवनको चमत्कारपूर्ण पुनरागमनका रूपमा हेरिएको छ।

प्रहरीका अनुसार दुर्घटनाका बेला हाइसमा चालकसहित १४ देखि १५ जना सवार थिए। बिहान ५:५५ बजे दुर्घटनाको जानकारी प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय भीमफेदीबाट प्रहरी नायब निरीक्षक दीपेन्द्र ढकालको कमान्डमा सात सदस्यीय प्रहरी टोली घटनास्थल पुगेको थियो।

पाँच सय मिटर गहिरो भिरमा खसेको सवारी, वरिपरि मृत्यु र घाइतेको कहालीलाग्दो दृश्य थियो तर त्यही दुर्घटनाबाट डेढ वर्षीय सुदीपको सकुशल उद्धार हुनु अहिले सबैभन्दा भावुक र आशाको खबर बनेको छ।

प्रकाशित: २६ कार्तिक २०८३ १४:२६ बिहीबार

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 3 other independent news outlets reported on this story.

3 Publications
Hamro Patro News
4h ago
रुखबाट लडेर ६० वर्षीय लिम्बुको मृत्यु

रुखबाट लडेर ६० वर्षीय लिम्बुको मृत्यु

सङ्खुवासभाको सभापोखरी गाउँपालिका–२ देउराली हुत्तिखिममा चिउरीको रुखमा चढेर घाँस काट्ने क्रममा लडेर एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा स्थानीय ६० वर्षीय लेकबहादुर लिम्बु रहेका छन् । आज दिउँसो चि...

#वर्षीय #मृत्यु
Compare →
Ekantipur
8h ago
मिठाई ठानेर बम खाँदा भारतीय युवकको मृत्यु

मिठाई ठानेर बम खाँदा भारतीय युवकको मृत्यु

प्रहरीले शुक्रबार दिएको जानकारीअनुसार ३५ वर्षीय राजेन्द्र बरौतियाको उपचारका क्रममा मृत्यु भएको हो ।घटना मंगलबार डिन्डोरी जिल्लामा भएको थियो ।

#वर्षीय #मृत्यु
Compare →
Onlinekhabar
15h ago
यूएईमा एकै पटक २३ सवारीसाधन ठोक्किँदा १४ जनाको मृत्यु, ३० घाइते

यूएईमा एकै पटक २३ सवारीसाधन ठोक्किँदा १४ जनाको मृत्यु, ३० घाइते

२७ कात्तिक, काठमाडौं । संयुक्त अरब इमिरेट्स (यूएई) को फुजैराहमा १८ वटा कार र ५ वटा ट्रकहरू ठोक्किएर भएको ठूलो सवारी दुर्घटनामा कम्तीमा १४ जनाको मृत्यु भएको छ भने अन्य ३० जना घाइते भएका छन्। यूएईको …

#दुर्घटना #मृत्यु
Compare →

Related Stories

Technology
Build #2611