Trending
Prev Story
Next Story

यूएईमा एकै पटक २३ सवारीसाधन ठोक्किँदा १४ जनाको मृत्यु, ३० घाइते

Onlinekhabar •
November 13, 2026 • 02:01 AM
1
1 reads 0 reactions

२७ कात्तिक, काठमाडौं । संयुक्त अरब इमिरेट्स (यूएई) को फुजैराहमा १८ वटा कार र ५ वटा ट्रकहरू ठोक्किएर भएको ठूलो सवारी दुर्घटनामा कम्तीमा १४ जनाको मृत्यु भएको छ भने अन्य ३० जना घाइते भएका छन्। यूएईको …

यूएईमा एकै पटक २३ सवारीसाधन ठोक्किँदा १४ जनाको मृत्यु, ३० घाइते

२७ कात्तिक, काठमाडौं । संयुक्त अरब इमिरेट्स (यूएई) को फुजैराहमा १८ वटा कार र ५ वटा ट्रकहरू ठोक्किएर भएको ठूलो सवारी दुर्घटनामा कम्तीमा १४ जनाको मृत्यु भएको छ भने अन्य ३० जना घाइते भएका छन्।

यूएईको गृह मन्त्रालयका अनुसार ⁠⁠एक ट्रक चालकले गाडीको नियन्त्रण गुमाए अर्को गाडीसँग ठोक्किन पुग्दा सुस्त गतिमा चलिरहेका अन्य धेरै सवारी साधनहरूमा ठोक्किएर दुर्घटना भएको थियो । गृह मन्त्रालयका अनुसार दुर्घटनामा पाँच ट्रकसहित जम्मा २३ सवारीसाधन ठोक्किएका थिए ।

मध्यरातको केही समय अगाडि फुजैराह प्रवेशद्वारमा ट्राफिक सुस्त गतिमा चलिरहेको बेला दुर्घटना भएको थियो ।

मन्त्रालयले ठोक्किएपछि ट्रकमा आगो लागेको र नजिकै रहेका अन्य धेरै सवारी साधनहरूमा आगो फैलिएको र व्यापक मानवीय क्षति भएको जनाएको छ ।

फुजैराह प्रहरीले दुर्घटनामा घाइते भएका ३० जनालाई अस्पताल लगिएको बताएको छ । मृतकको पहिचान गर्न डीएनए परीक्षण भइरहेको छ।

प्रहरीका अनुसार मृत्यु हुनेमा केही यूएईका नागरिकहरू पनि छन् । यूएईस्थित भारतीय वाणिज्य दूतावासले दुर्घटनामा भारतीय नागरिकहरूको पनि मृत्यु भएको जनाएको छ ।

दूतावासले मृतकका परिवारसँग सम्पर्कमा रहेको र उनीहरूलाई आवश्यक सबै सहयोग प्रदान गर्न स्थानीय अधिकारीहरूसँग काम गरिरहेको बताएको छ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 4 other independent news outlets reported on this story.

4 Publications
Hamro Patro News
10h ago
यूएईमा ट्रकले २३ वटा गाडीलाई ठक्कर दिँदा १४ जनाको मृत्यु, ३० जना घाइते

यूएईमा ट्रकले २३ वटा गाडीलाई ठक्कर दिँदा १४ जनाको मृत्यु, ३० जना घाइते

संयुक्त अरब इमिरेट्स (यूएई) को फुजैराहमा अनियन्त्रित ट्रकले २३ वटा सवारीसाधनलाई ठक्कर दिँदा तीन भारतीयसहित १४ जनाको मृत्यु भएको छ। दुर्घटनामा ३० जना घाइते भएका छन्। मृत्यु हुने भारतीयहरू केरलाको म...

#यूएई #वटा #ट्रक
Compare →
Nagarik News
15h ago
युएईमा १८ कार र पाँच ट्रक ठोक्किँदा १४ जनाको मृ’त्यु, ३० घाइते

युएईमा १८ कार र पाँच ट्रक ठोक्किँदा १४ जनाको मृ’त्यु, ३० घाइते

संयुक्त अरब इमिरेट्स (युएई) को फुजैराहमा १८ वटा कार र पाँचवटा ट्रक एक आपसमा ठोक्किएर दुर्घटना भएको छ।

#दुर्घटना #ट्रक #ठोक्किँदा
Compare →
Ekantipur
10h ago
गाडी दुर्घटनामा एउटै वडाका १३ जनाको मृत्यु भएपछि चक्रघट्टामा शोक बिदा, मृतक परिवारलाई ५० हजार सहयोग

गाडी दुर्घटनामा एउटै वडाका १३ जनाको मृत्यु भएपछि चक्रघट्टामा शोक बिदा, मृतक परिवारलाई ५० हजार सहयोग

छठ पर्व मनाउन घर फर्किंदै गरेका यात्रु सवार गाडी दुर्घटनामा पर्दा सर्लाहीको चक्रघट्टा गाउँपालिका–४, सुन्दरपुरका १३ जनाको मृत्यु भएको थियो । मृतकको अन्तिम संस्कार तथा काजकिरियामा सहयोग पुर्‍याउन पीडित परिवारलाई तत्काल जनही ५० हजार रुपैयाँ आर्थिक सहयोग उपलब्ध गराउने निर्णय गरेको हो ।

#दुर्घटना #मृत्यु #जनाको
Compare →
Arthasansar
12h ago
आवासीय विवादमा चिकित्सकद्वारा ह्वाइट हाउस नजिकै अन्धाधुन्ध गोली प्रहार : एक जनाको मृत्यु, चार घाइते

आवासीय विवादमा चिकित्सकद्वारा ह्वाइट हाउस नजिकै अन्धाधुन्ध गोली प्रहार : एक जनाको मृत्यु, चार घाइते

अमेरिकाको राजधानी वासिङ्टन डिसीको मध्यभागमा रहेको एक व्यस्त क्षेत्रमा बिहीबार बिहान एक बन्दुकधारीले पाँच जनामाथि गोली प्रहार गर्दा एक जनाको...

#जनाको #मृत्यु #घाइते
Compare →

Related Stories

National (Nepal)
Build #2611